न्युजमधेस डेस्क धनुषा। धनुषामा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यू भएको छ । चालक धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ५ पतनुका बस्ने बर्ष ३० का मुकेश कापरको मृत्यू भएको हो । मुकेशको साथै पछाडी कमला नगरपालिका वडा नं. ४ साघारा बस्ने बर्ष २९ का विनोद साह पनि घाइते भएका छन । शनिबार बेलुकी करिब ८ः३० […]
धनुषा,१५ साउन। जनकपुरधाममा भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१५ श्रावण ।कमला नगरपालिकाका युवाहरुको साझा संगठन कमला युवा संजालले वडा स्तरीय क्रीकेट र फुटबलको टुनामेच गर्ने निर्णय गरेको छ। शनिबार कमला नगरपालिका – ९ का वडा कार्यलयमा कमला युवा संजालका सचिव चन्द्रदीप यादवको अध्यक्षतामा बसेको बैठकबाट यस्तो निर्णय गरेका हुन। सो बैठकमा विगतमा गरेका कार्यक्रमहरुको बारेमा समिक्षा गर्दै संजालको आफ्नै भवन निर्माण […]
न्युजमधेस डेस्क धरान,१४ श्रावण। सुनसरी धरानका नगरप्रमुख हर्क साम्पाङ देशकै निम्ति मर्न सकूँ भन्दै रोएका छन् । धरानस्थित निशाने खोलामा आज बिहान रुख रोप्न पुगेका उनी धरान ब्युटी कन्टेस्टमा भाग लिने युवतीहरूलाई सम्बोधन गर्ने क्रममा रोएका हुन् । उनको यो भिडियो अहिले भाइरल बनेको छ । धरानको स्थानीय मिडियामा प्रसारित भिडियोमा उनी आफूले लेखेको देशभक्तिपूर्ण गीत […]
न्यूजमधेश डेस्क वीरगञ्ज,१४ श्रावण । पर्साको वीरगञ्जमा करिब एक हजार जना अटाउने होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। पूर्वाधारको सबै काम सम्पन्न भइसकेको छ भने एक सय श्ययामा अक्सिजन जडानको काम मात्र बाँकी छ। निर्माणको जिम्मा पाएको हनुमान कन्सट्रक्सनका इञ्चार्ज विशाल दाहालका अनुसार गत वर्ष कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सीमानाकाबाट नेपाल भित्रिनेलाई […]
न्युजमधेस डेस्क नयाँ दिल्ली। भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा २० हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ४०८ जना नयाँ सङ्क्रमित भएका हुन् । संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिलेसम्म चार करोड ४० लाख १३८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाएको छ । ती […]
न्युजमधेस डेस्क जनकपुरधाम,१४ श्रावण। धानखेती गरेका कञ्चनपुरका किसानलाई युरिया मल अभाव भएको छ । युरिया मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा दोब्बर तिरेर खेतमा हाल्नुपर्ने बाध्यता भएको छ । कृष्णपुर नगरपालिका–५ का किसान जग्गु चौधरीले युरिया मल नपाइदा एक हजार ६०० बढी तिरेर भारतबाट अवैधरूपले ल्याइएको मल खेतबारीमा हाल्नुपरेको बताए । ‘अनुदानको मल पाइएन’, उनले भने, […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१४ श्रावण । आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रदेश सांसदमा नेकपा एमालेका नेता कमल देव यादवले पनि चुनाव लड्ने भएको छ। नेता यादवले न्यूजमधेशसंग कुरा गर्दै उनले भने,’धनुषाको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट आफुले उम्मेदवारी दिने बताएको छ । पुर्व प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपा एमाले पार्टीमा सक्रिय रहँदै आएका […]