२८ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

समाचार

अनुगमन टोली पुग्दा व्यवासायी पसल बन्द गरी फरार

न्युजमधेस डेस्क जनकपुरधाम,१४ साउन। धनुषाको शहीदनगर नगरपालिकामा अनुमगनको लागि अनुगमन टोली पुग्दा व्यवासायी पसल बन्द गरी फरार भएका छन् । यदुकुहामा शुक्रवार हुने भनिएको बजार अनुगमनको सूचना बाहिरिएपछि व्यवसायीहरु फरार भएका कारण अनुगमन समिति रित्तो हात फर्केको छ । जिल्ला प्रशासन कार्यालय धनुषाको नेतृत्वमा यदुकुहामा अनुगमन टोली पुग्नु भन्दा पहिला साना देखि ठूला पुरै बजार […]

न्युजमधेस डेस्क महोत्तरी,१४ श्रावण। आठ वर्षीया बालिकालाई करणी गरेको आरोपमा आफ्नै काका पक्राउ परेका छन् । १० साउन राति १० बजे भतिजीलाई आफ्नो कोठामा बोलाई जबरजस्ती करणीको गरेको आरोप उनीमाथि लागेको छ । बर्दिबास नगरपालिका बस्ने बालिकाको परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका काकाको नाम भने प्रहरीले गोप्य […]

न्युजमधेस डेस्क धनुषा,१४ श्रावण। साउन दोस्रो साता बित्नै लाग्दा शुक्रबार साँझ परेको पानीले राहत दिएको छ । साउन लागिकन राम्रो वर्षा नहुँदा अचाक्ली बढेको गर्मीबाट तराइँका केही जिल्लामा शुक्रबार साँझ परेको लगातारको वर्षाले राहत दिएको हो । महोत्तरी, धनुषा र सर्लाही जिल्लाका पूर्वपश्चिम राजमार्ग आसपासमा वर्षा भएको हो । धान रोप्न पाइने गरी नपरे पनि […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ श्रावण । जनकपुर जेसीजले आफ्नो महासचिव र कोषाध्यक्षलाई निलम्बन गर्ने निर्णय गरेको छ ।महासचिव अजय गुप्ता र कोषाध्यक्ष उपेन्द्र साहलाई निलम्बन गरेको हो । बुधबार भएको साधारण सभाले गुप्ता र साहलाई निलम्बन गर्ने निर्णय गरेको जनकपुर जेसीजका अध्यक्ष राजकुमार साहले जानकारी दिए । अध्यक्ष साहले संस्थाको नाम जोडेर बोलाइएको साधारण सभा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ श्रावण । संघीय सरकारकी शिक्षा राज्यमन्त्री बोधमाया यादवकै जिल्लामा शिक्षा विकास तथा समन्वय इकाई धनुषामा बेथितिको चांग लाग्दैछ। उपसचिव र सिनियर शाखा अधिकृतलाई हटाएर शाखा अधिकृतकाई इकाई प्रमुख बनाउने भएपछि सरोकारवालाहरुले विरोध गरेका छन्। राज्यमन्त्री यादव नियुक्त भएपछि धनुषामा तीन जना कार्यालय प्रमुख फेरिएका छन्। मन्त्रीका आसेपासेहरुले कार्यालय प्रमुखसँग पैसा माग्दै दबाब […]

न्युजमधेस डेस्क जनकपुरधाम,१३ साउन। इलाका प्रहरी कार्यालयमा एक जना थुनुवा युवती प्रहरीबाटै यौन दुर्व्यवहारमा परेकी छन् । बाँकेको कोहलपुरमा बहुविवाह गरेको अरोपामा थुनामा रहेकी युवतीलाई हिरासत व्यवस्थापन अधिकृतसमेत रहेका कोहलपुर इलाका प्रहरीका असइ प्रविण चौलागाइँले आफ्नो कोठामा बोलाएर यौन दुर्व्यवहार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । रातको २ बजे हिरासतबाट बाहिर बोलाएर कोठमा लगि दुर्व्यवहार गरेको […]

न्यूजमधेश डेस्क वीरगञ्ज,१३ श्रावण । वीरगञ्जबाट सशस्त्र प्रहरीले भन्सार छलीको आशंकामा सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज–१४ गण्डक चोकबाट सशस्त्र प्रहरीले ना ६ ख ९९०५ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले ६० लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल १३ नं. गणका […]

न्युजमधेस डेस्क जनकपुरधाम, १३ साउन। करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । भक्तपुर र झापामा गरि दुई स्थानमा मृत्यु भएका छन्। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ स्थित निर्माणाधीन घरको रड काट्ने क्रममा मेशिनबाट करेन्ट लागेर रामेछाप घर भएका २६ वर्षीय रोसन बिकको बिहीबार मृत्यु भएको छ । करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको कोरियन अस्पतालमा […]