२८ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

समाचार

एसईई: ग्रेड चित्त नबुझे पुनः परीक्षणका लागि निवेदन दिन सकिने

न्युजमधेस डेस्क काठमाडौ,१३ साउन। माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजामा ग्रेड चित्त नबुझे पुनः परीक्षणका लागि निवेदन दिन सकिने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज सार्वजनिक सुचना जारी गर्दै एसईई २०७८ को साधारण र प्राविधिकतर्फ नियमित तथा ग्रेडबृद्धि समूहबाट परीक्षामा सम्मिलित परीक्षार्थीले ग्रेड चित्त नबुझे पुनः परीक्षण (रि–टोटलिङ) गराउन सक्ने जनाएको छ । […]

न्युजमधेस डेस्क महोत्तरी,१३ साउन। महोत्तरीको जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा एकसय ८१ प्रतिशत राजस्व असुली गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७८/७९ को  साउनदेखि असार मसान्तसम्ममा एक अर्ब ७० करोड ७० लाख ७७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । भन्सारले सो अवधिमा तीन अर्ब नौ करोड ३४ लाख ७० हजार राजस्व असुली गरेको भन्सार अधिकृत एवं सूचना […]

न्यूजमधेश डेस्क महोत्तरी,१३ श्रावण । महोत्तरीको मनरासिस्वा नगरपालिका–५ स्थित नेपाल–भारत सीमा नजिकबाट प्रहरीले भारत लैजान लागेको रु १८ लाखको मदिरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कटैया गाउँमा सीमापारि चोरी तस्करी गर्ने उद्देश्यले लुकाइछिपाइ भण्डार गरी राखिएको मदिरा गए राति प्रहरीले बरामद गरेको हो । छ सय […]

न्यूजमधेश डेस्क काठमाडौं,१३ श्रावण । सांसदहरुले शिक्षामा रहेका विभिन्न किसिमका समस्या समाधान गरेर शैक्षिक गुणस्तर सुधारमा लाग्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समग्र विकासका लागि पहिले शिक्षामा सुधार गर्नुपर्ने औँल्याए । सांसद् नारायणप्रसाद खतिवडा अहिले एसइई परीक्षामा सामुदायिक र निजीमा फरक नतिजा देखिएकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारेर […]

न्यूजमधेश डेस्क काठमाडौँ,१३ श्रावण । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४७५ जना सवारी चालकलाई कारवाही गरेको छ। ट्राफिक नियम उल्लंघन गरेको कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गर्ने १४६, लने असुशासन पालना नगर्ने १३०, रेड लाइटको पालन नगर्ने ५३ र […]

न्युजमधेस डेस्क धनुषा(सबैला)। धनुषा प्रहरीले अवैध काठको गोलियासहित ट्याक्टर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले बुधबार अन्दाजी ५५ क्यूफिट जङ्गली काठका गोलियासहित ज १ त ९३४८ नम्बरको ट्याकटर प्रहरीले बरामद गरेको बताउनुभयो । लुकाइछिपाई ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरी टोलीले भठिहनबाट सो काठ […]

न्युजमधेस डेस्क काठमाडौ,१३ श्रावण।   गत पुस ७ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पेस गरेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ मन्त्रीस्तरीय निर्णयबाट पास भयो। यो निर्देशिकामा भएको व्यवस्थाअनुसार लेडर ग्रेडिङ निर्देशिका, २०७२ खारेज भई विद्यार्थीको मूल्यांकनको आधार ३५ अंक हुन पुग्यो। अर्थात्, ३५ भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीलाई अवर्गीकृत अर्थात् नट […]

  महतोलाई धनुषा बाहेकको क्षेत्रबाट निर्वाचन लड्न दबाब, भित्रि इच्छा धनुषा–३ बाटै लड्ने न्युजमधेस डेस्क जनकपुरधाम,१३ साउन। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा गर्ने दिन नजिकिँदै गर्दा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोलाई दबाब बढिरहेको छ । उनलाई धनुषा छाडेर विभिन्न चुनाव क्षेत्रबाट निर्वाचन लड्न दबाब आइरहेको छ । यसअघि धनुषा–३ बाट चुनाव […]