२९ चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

समाचार

२०७९ असार ३० गते बिहीबारको राशिफल

न्युजमधेस डेस्क राशिफल, ३० असार। तपाईँको आजको दिन कस्तो रहनेछ? यस्तो छ आजको फलादेश: मेष : बोलीकै कारण साथीभाइ टाढिने सम्भावना छ। बोल्दा ख्याल गर्नुहोला। खर्च बढ्नेछ। वृष : आम्दानी बढ्नेछ। शिक्षा र स्वास्थ्यमा राम्रो नतिजा मिल्नेछ। आफ्नो तर्कमा अडिएर लागेमा काममा सफलता मिल्नेछ। पुराना मित्रसँग भेट हुनेछ। मिथुन : आम्दानी बढ्नेछ। मनमा अशान्ति मिल्नेछ। […]

न्युजमधेस डेस्क असार २९ , जनकपुरधाम। धनुषामा प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गरिएको छ। जिल्लाको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीमाथि कार्यालयमै कुटपिट भएको छ। गाउँपालिकाकै कर्मचारी र उपभोक्ता समितिका प्रतिनिधिले उनलाई सोमबार कार्यकक्षमै कुटपिट गरेका हुन्। अभद्र गाली गरेपछि कार्यालयकै केही कर्मचारी र उपभोक्ता समितिका प्रतिनिधिले प्रशासकीय अधिकृत जोमाथि कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्। ती […]

न्यूजमधेश डेस्क काठमाडौं,२९ असार । माछा मार्ने क्रममा बागमती नदीको रौतहट खण्डमा डल्फिन भेटिएको छ । पिपरा भलोहिया गाउँका राजकुमार सहनी मल्लाहले माछा मार्ने क्रममा पिपरा घाटमा गत मंगलबार डल्फिन भेटाएका हुन् । ‘माछा मार्न बागमतीमा जाल हान्न गएको थिएँ तर अनौठो खालको माछा जालमा पर्‍यो,’ सहनीले भने, ‘जालमा परेको माछा लिएर पिपरा बजारमा ल्याएपछि […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२९ असार । धनुषाको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी आफ्नै कर्मचारीबाट पिटिएका छन् । बुधबार दिउँसो गाउँपालिकामा कार्यरत करार कर्मचारीले जोशीमाथि हातपात गरेको गाउँपालिका अध्यक्ष रामअशिष महतोले जानकारी दिए । उनका अनुसार ३ जना करार कर्मचारीले एक्कासी उनीमाथि हातपात गरेका छन् । ‘म एउटा काम लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगर गएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२९ असार । स्थानीय राज रंगशाला स्तरन्नोति कार्यमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजविराज नगरपालिकाका मेयर भीमराज यादवसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेके छ । आर्थिक बर्ष २०७४/०७५ मा भएको रंगशाला स्तरन्नोति कार्यमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मेयर यादवसहित सात जनाबिरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता […]

न्यूजमधेश डेस्क सप्तरी ,२९ असार।सप्तरीको बलाल बिहुल गाउँपालिकाले साउन १ गतेदेखि करारका कर्मचारीहरुको करार अवधि नथप्ने निर्णय गरेको छ। असार ६ गते बसेको कार्यपालिका बैठकबाट करारका कर्मचारीहरुलाई साउन १ गतेबाट करार अवधी नथप्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष खेम चन्द्र यादवले जानकारी दिए । शिक्षक तथा विद्यालय कर्मचारी र गाउँपालिकामा कार्यरत करार कर्मचारीहरुको म्याद अर्को सूचना […]

न्यूजमधेश डेस्क काठमाडौं ,२९ असार। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक कार्यालयले वार्षिक प्रतिवेदन पेश गरेको छ । महालेखापरीक्षक टङ्कमणि शर्मा दंगालले आज शीतलनिवासस्थित राष्ट्रपतिको कार्यालयमा सो प्रतिवेदन हस्तान्तरण गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७७–७८ को महालेखापरीक्षकको उनन्साठीऔं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष दंगालले पेश गरेका […]

न्यूजमधेश डेस्क कैलाली,२९ असार । कैलालीमा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । गौरीगङ्गा नगरपालिका–९ शङ्करपुरमा गए राति सुपप्र ०१–००९ प ७८९१ र से७प ११४७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा से७प ११४७ नम्बरको मोटरसाइकलका चालक रामअवतार कठरियाको मृत्यु भएको हो । उनको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरीले […]