न्यूजमधेश डेस्क काठमाडौं,२९ असार। काठमाडौं प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा रहेको ह्वील चियरको गोदाममा आगलागी भएको छ । बुधबार अपरान्ह लागेको आगो नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीसहितका व्यक्ति दमकलको सहायतामा निभाएका छन् । सुरक्षाकर्मी, स्थानीय तहका दमकलको सहायतामा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ । आगलागी नियन्त्रणका लागि नेपाली सेनाका चण्डीदल गणबाट खटिएको फायर फाईटीङ्ग टोली, […]
न्युजमधेस डेस्क काठमाडौ, २९असार। पछिल्लो तीन घण्टायता काठमाण्डौ उपत्यकासहित सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र नुवाकोट आसपासको क्षेत्रमा ठूलो पानी परिरहेको छ । ४ वटा जिल्लामा ठूलो पानी परिरहेकाले नदी तथा खोलामा पानीको बहाव बढेको छ । विशेष गरी खिम्ती खोला र सोलुखोलामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले आज राति ९ बजेसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह […]
न्युजमधेस डेस्क काठमाडौ, २९असार। भृकुटीमण्डपमा लागेको आगो झण्डै साढे दुई घण्टामा निभाइएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुर लगायतका विभिन्न ठाउँका दमकल, पानी ट्याङ्कर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी परिसर, काठमाण्डौका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो । भृकुटीमण्डपको बजारसँगै रहेको ह्वीलचेअरको गोदाममा आगो लागेको हो । आगलागीबाट गोदाममा रहेका सामान […]
न्यूजमधेश डेस्क काठमाडौँ ,२९ असार।जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव समूहको केन्द्रीय समिति बैठक वीरगन्जमा सुरु भएको छ । बुधबार दिउँसो वीरगन्जमा नेता यादवले बैठक उद्घाटन गरेका हुन् । विभाजनको तयारीमा रहेको जसपाका दुई प्रमुख नेता बाबुराम भट्टराई र उपेन्द्र यादवले छुट्टाछुट्टै बैठक र भेला गर्दै आएका छन् । यसअघि बाबुराम भट्टराईले मंगलबार काठमाडौंमा […]
न्यूजमधेश डेस्क काठमाडौं,२९ असार । तपाईले माथि देख्नु भएको ब्रह्माण्डको पहिलो रंगीन छवि नासाको जेम्स वेब टेलिस्कोपबाट लिइएको हो। चम्किलो ग्यालेक्सीहरूले भरिएको ब्रह्माण्डको सबै पहिले जारी गरिएका तस्बिरहरूमध्ये यो सबैभन्दा स्पष्ट तस्वीर हो। यो उच्च रिजोल्युसन तस्वीर हामी सम्म पुग्न धेरै अरब वर्ष लाग्यो। यो तस्विर अमेरिकी राष्ट्रपति जो बाइडेनलाई मंगलबार ह्वाइट हाउसमा ब्रीफिंगको क्रममा […]
न्युजमधेस डेस्क जनकपुरधाम,२९असार। कतिपय विद्यार्थीहरु यसै दिन आफ्ना आदरणीय गुरुहरुलाई फूलमाला टीका लगाई गुरुबाट आर्शिवाद लिने गर्दछन् भने कतिपय टाढा भएकाहरु विभिन्न मास मिडिया मार्फत आफ्ना गुरुहरुलाई सम्झने गर्दछन् । मानव जीवन निकै संघर्षपूर्ण छ । मानिसको जन्म क्रमदेखि मृत्युको काखमा नपुगेसम्म हर पाइलामा जो कोहीले पनि अनगिन्ती संघर्षका पहाडहरू चढेको हुन्छ । जीवनका […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२९असार । अदालतसम्म धाएर न्याय मागेपछि धनकुटाका ४ जनाले नागरिकता पाएका छन्। धनकुटा नगरपालिका ७ का नरेश तामाङ, ओम तामाङ र गणेश तामाङले आमा तारा तामाङको नामबाट वंशजको नागरिकता पाएका हुन्। यस्तै छथर जोरपाटी गाउँपालिका ५ कि गौरी लिम्बूले आमा दिलमाया लिम्बूको नामबाट वंशजको आधारमा नागरिकता पाएकी हुन्। जिल्ला प्रशासन कार्यालय धनकुटाले उनीहरुलाई […]
न्युजमधेस डेस्क जनकपुरधाम,२९ असार। एक पसलमा बिक्रीका लागि राखिएको सिल प्याक पानी बोतलमा माकुरो भेटिएको छ । कैलालीको टीकापुरमा आकाश गङ्गा वाटर एण्ड वेभरेज इन्ड्रस्टिज बर्दगोरिया कैलालीले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएको हो । टीकापुरमा रहेको बिभोर मेडिकलमा ग्राहकले पानीको बोतल मागेपछि बोतलमा माकुरो देखिएको मेडिकलका सञ्चालक सञ्जय भण्डारीले बताए । ‘एकजनाले पानीको बोतल माग्नुभयो, हामीले […]