०३ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

समाचार

विश्वविद्यालयमा दुई महिनादेखि ताला

न्यूजमधेश डेस्क काठमाडौं ,६ असार। नेपाल संस्कृत विश्वविद्यालयको ताला खोल्न प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवा अनिच्छुक देखिएका छन्। विश्वविद्यालयमा ताला लागेको झण्डै दुई महिना बितिसक्दा पनि ताला खोल्न पहल गरेका छैनन्। नेपाल विद्यार्थी संघले ११ बुँदे माग राखी गएको वैशाख १९ गते दाङको बेलझण्डीस्थित विश्वविद्यालयको मुख्यालयमा तालाबन्दी गरेका थिए। तालाबन्दी गर्नुअघि नेपाली काँग्रेस निकट […]

न्यूजमधेश डेस्क सर्लाही ,५ असार। सर्लाही प्रहरीले हरिवन नगरपालिकास्थित बजार क्षेत्रको एक घरबाट लाखौँ रकमसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ । आइतबार साँझ इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले जुवा खालबाट छापा मारेको हो । जुवा खेलिरहेका उनीहरूको साथबाट मोटो रकम बरामद भएको प्रहरी श्रोतले जनाएको छ । तर, प्रहरीले पक्राउ परेकाहरूको विवरण […]

न्यूजमधेश डेस्क सर्लाही ,५ असार।सर्लाहीको धनकौलमा गएराति कार दुर्घटना हुँदा चार वर्षीय बालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्। धनकौल गाउँपालिका–५, छठीघाट पुलमा शनिबार मध्यराति नौ जना सबार बीआर ०५ एआर ५१३७ नम्वरको कार दुर्घटनामा परेको हो। सर्लाहीका छतौनाबाट छठियारको भोज खाएर रौतहटको वृन्दावनको हरैयातर्फ फर्किदै गरेका यात्रुहरु सवार कार शनिबार […]

न्यूजमधेश डेस्क महोत्तरी,५ असार। मोटरसाइकलले ठक्कर दिँदा एक जनाको साइकल यात्रीको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार गौशाला नगरपालिका–४ मगरटोल बस्ने ५० वर्षीय गणेशबहादुर थापामगरको गौशाला बजारबाट साइकलमा घर जाने क्रममा सोही दिशाबाट बर्दिबासतिर जाँदै गरेको ज १०प २०६६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते […]

न्यूजमधेश डेस्क काठमाडौं,५ असार । काठमाडौंको टोखा नगरपालिकामा कामदारहरूबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा मृत्यु हुनेमा टोखा नगरपालिका–१ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बु रहेका छन् । लिम्बुलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बुसहित तीन जनालाई शनिबार राति नै […]

न्यूजमधेश डेस्क न्युर्याेक,५ असार। अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान डेलावेयर राज्यमा आफ्नो समुद्र तटको घर नजिकै साइकल चलाउँदै गर्दा लडेका छन्। तर, उनलाई कुनै चोटपटक नलागेको बताइन्छ। ह्वाइट हाउसको टिमको तर्फबाट सार्वजनिक भएको एउटा भिडियोमा ७९ वर्षीय राष्ट्रपति लडेपछि तत्काल उठेका देख्न सकिन्छ। त्यसपछि उनले भने, ‘म राम्रो छु।’ उनी प्रथम महिला जिल बाइडेनसँग […]

न्यूजमधेश डेस्क जनकपुरधाम,४ असार।जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले शिक्षा क्षेत्रको विकासका लागि आफु प्रतिवद्ध रहेको बताएका छन । जनकपुरधाम उपमहानगरपालिका शिक्षा शाखाले शनिवार उपमहानगरपालिकाको सभाहलमा आयोजना गरेको परिचयात्मक कार्यक्रममा नगर प्रमुख साहले प्रविधिको विकासले शैक्षिक प्रणालीमा ठूलो परिवर्तन आउने भएकोले प्रविधिमैत्री शिक्षामा जोड दिएका छन । कोरोना महामारीको समयमा समेत भर्चुअल पठनपाठनलाई प्रभावकारी […]

न्यूजमधेश डेस्क दाङ,४ असार । दाङको बबई नदीमा बनाइएको पुलको संरचना भत्किएको छ । बबई गाउँपालिका–७ मठेउरादेखि रावततरा जोड्ने नवनिर्मित पुलको संरचना भत्किएको हो । पुलको सुरक्षाका लागि लगाइएको तारजाली सबै भत्किएको छ । मापदण्ड अनुसार तारजाली नलगाइँदा बनाइका संरचनाहरू भत्किएको स्थानीयको भनाई छ । मनसुन सुरु नहुँदै नवनिर्मित संरचनाहरू भत्किँदा वर्षायाममा जोखिम बढेको उनीहरूले […]