ओमप्रकाश ठाकुर सर्लाही ,९ जेष्ठ।सर्लाहीको बरहथवा नगरपालिकाको मेयर तथा उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेकी उम्मेदवार कल्पनाकुमारी कटुवालले नेकपा माओवादी केन्द्रका उम्मेदवार समेत रहेका निवर्तमान मेयर देवानन्द महतोलाई ५ हजार ६ सय ७ मतले हराउँदै विजयी भइन् । कटुवालले १२ हजार २ सय ७३ मत ल्याउँदा महतोले ६ हजार ६ सय ६६ […]
न्यूजमधेश डेस्क काठमाडौँ,९ जेष्ठ । नेपाल सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ। सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी तलब बढाउने तयारी गरेको हो। अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत कर्मचारीको तलब बढाउने तयारी भइरहेको छ। यति बेला अर्थ मन्त्रालयमा नयाँ बजेट निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ। पछिल्लो […]
न्यूजमधेश डेस्क कपिलवस्तु,९ जेष्ठ। कृष्णनगर नगरपालिका- ११ सौनहवामा हिजो बेलुका दुई वटा मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा चार जना घाइते भएका छन्। कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु७५प ४१३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको तीन जना सवार लु८प १५०२ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे आपसमा ठोकिएका हुन्। […]
न्यूजमधेश डेस्क काठमाडौं ,९ जेष्ठ। नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका अन्य भू-भागमा आंशिकदेखि सामान्यता सफा रहेको छ । साथै बागमती प्रदेश र गण्डकी प्रदेशका […]
न्यूजमधेश डेस्क राजविराज ,९ जेष्ठ ।सप्तरीको बलान बिहुल गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष खेमचन्द्र यादवले एम्बुलेन्स खरिद गर्ने निर्णय गरेका छन् । आइतबार गाउँपालिकाको कार्यलयमा पदभार ग्रहण गर्दै अध्यक्ष यादवले बिरामी र अशक्तलाई उपचारका लागि ओसारपोसार गर्न एम्बुलेन्स खरिद गरि नि: शुल्क सेवा दिने निर्णय गरेका छन् । उनले पालिकाभित्र एम्बुलेन्स नपाउने वातावरणको अन्त्यका लागि यस्तो निर्णय […]
न्यूजमधेश डेस्क झापा ,८ जेष्ठ । झापाको गौरीगन्जमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिला निर्वाचित भएका छन् । अध्यक्षमा कांग्रेसकी फूलवती राजवंशी विजयी भइन् भने उपाध्यक्षमा एमालेकी पूजन न्यौपाने कुँवर विजयी भइन् । फूलवती ०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाका बाबुराजा श्रेष्ठसँग पराजित भएकी थिइन् । यसपटक श्रेष्ठ तेस्रो स्थानमा पुगे । फूलवतीले ५ […]
न्यूजमधेश डेस्क काठमाडाै ,८ जेष्ठ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि बढेकाे छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँकाे दरले बढेको हाे । अब पेट्रोल १८० रूपैयाँ, डिजेल र मट्टितेल १६३ रूपैयाँ पुगेकाे छ । खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँले बढेको छ । अब एक सिलिण्डर ग्यास १८०० […]
न्यूजमधेश डेस्क सप्तरी ,८ जेष्ठ । सप्तरीको बलान बिहुल गाउँपालिका प्रमुखमा निर्वाचित खेमचन्द्र यादवले पदभार ग्रहण गरेका छन् । गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनबाट बलान बिहुल गाउँपालिका प्रमुखमा निर्वाचित यादवले आज एक कार्यक्रमविच पदभार ग्रहण गरेका हुन् । प्रमुख यादवले सदेव जनताको सेवामा समर्पित रहनेछु भन्दै उनले बलान बिहुल गाउँपालिकाबासीलाई धन्यावादसमेत दिएको […]