न्यूजमधेश डेस्क जनकपुरधाम,१३ फागुन । सर्लाहीको हरिपुर नगरपालिका–८ मा एक क्रसर उद्योगमा आगलागी भएको छ । बिहिबार बेलुका करिब ८ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो । सो आगलागीले अलकत्रा मिसाउने मेसिन जलेर नष्ट भएकाे सर्लाहीको हरिपुर नगरपालिका–८ का सूचना […]
न्यूजमधेश डेस्क काठमाडौं ,१३ फागुन। पछिल्लो विकसित राजनीतिक घटनाक्रमबाट गम्भीर देखिएको सत्तारुढ दल नेकपा माओवादी केन्द्र अन्तिम निर्णयकाे संघारमा उभिएकाे छ । अमेरिकी सहयोग परियोजना एमसिसीलाई लिएर प्रधानमन्त्री देउवाले विपक्षी दलसँग सत्ता सहकार्यको हात अगाडि बढाएपछि स्थायी कमिटी बैठक बोलाएको पूर्वस्थायी कमिटी मातृका यादवले जानकारी दिए । बैठक प्रचण्ड निवास खुमलटारमा बसिरहेको छ । आजको […]
न्यूजमधेश डेस्क दाङ,१२ फागुन। तुलसीपुर उपमहानगरपालिका–७ को पर्सेनीको एक पसलमा बिहीबार बिहान आगलागी हुँदा लाखौँ मूल्यका सामान जलेर नष्ट भएको छ। पसलकै घरमा जडान गरिएको बिजुलीको तार सर्ट भएर आगो लागेको बताइएको छ। बिहान करिब ३ः३० बजे स्थानीय सुमित्रा वलीको रिमा किराना पसलमा विद्युत् सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले […]
न्यूजमधेश डेस्क सप्तरी ,१२ फागुन। जिल्लाको डाक्नेश्वरी नगरपालिका–९, पत्थरगाढामा गएराति करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । स्थानीय ४२ वर्षीय महादेव साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनएको छ । घरनजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पठाउने क्रममा अचानक उनलाई करेन्ट लालेको थियो । करेन्ट लागेर घाइते भएका उनलाई तत्कालै उपचारका […]
न्यूजमधेश डेस्क काठमाडौं ,११ फागुन। संसदमा १३ सिट भएको लोकतान्त्रिक समाजवादी पार्टीले एमसिसीको पक्षमा मतदान गर्ने भएको छ । संसदीय दलको बैठकले संसदमा टेबल भएको एमसिसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । अध्यक्ष महन्थ ठाकुरले सरकारसँग भएको सम्झौताबाट पछि हट्दा नेपालको छविमा प्रश्न उठ्ने भन्दै एमसिसीको पक्षमा लोसपा उत्रिनुपर्ने प्रस्ताव बैठकमा गरेका थिए । […]
काठमाडौँ,१० फागुन । तीन वर्षअघि एक नाबालिकामाथि भएको जबर्जस्ती करणी मुद्दाको धनुषा जिल्ला अदालतमा मंगलबार रहेको पेशी २१ औं पटक स्थगित भएको छ । आगामी सुनुवाइ चैत १४ मा गरिने भएको छ । ३२ महिनाअघि धनुषाको महेन्द्रनगरस्थित आफ्नै घरमा छिमेकीबाट शारीरिक र मानसिक शोषण बेहोरका दिदीबहिनी न्याय खोज्दै काठमाडौंमा । तस्बिर : दीपेन्द्र रोक्का/कान्तिपुर २०७६ […]
न्यूजमधेश डेस्क राजविराज ,८ फागुन ।सप्तरीमा जनता समाजवादी पार्टीसहितका नेता कार्यकर्ताहरु धमाधम जनमत पार्टीमा प्रवेश गरिरहेको छ। शनिबार जिल्लाको डाक्नेश्वरी नगरपालिका-१० मा आयोजना गरिएको एक कार्यक्रममा जसपा र एमालेका नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको छ। पार्टी प्रवेश गर्नेमा नित्यानन्द माझी र प्रदीप साहको नेतृत्वमा ३१ जना जसपा र एमाले परित्याग गरि जनमत पार्टीमा प्रवेश […]
न्यूजमधेश डेस्क दाङ ,८फागुन। जिल्लाको तुलसीपुरका इँटा उद्योगले बालश्रमिक राख्ने गरेको पाइएको छ । उपमहानगरपालिकाभित्रका इँटा उद्योगमा साढे तीन सय हाराहारीमा बालश्रमिक रहेको पाइएको हो । बेस संस्थाअन्तर्गत रहेको सक्रिय परियोजनाले गरेको तथ्याङ्क सङ्कलनअनुसार ३४८ बालबालिका श्रममा रहेको खुलेको हो । उपमहानगरपालिकाभित्र रहेका १७ वटामध्ये १५ इँटा उद्योगमा गरिएको अध्ययनानुसार १८० बालक, १६८ बालिका रहेको […]