न्यूजमधेश डेस्क जनकपुरधाम,७ फागुन । मधेश सरकारले रेखदेख गर्दै आएको जनकपुधरामस्थित प्रादेशिक अस्पतालमा प्रसुति गराएकी एक महिलाको ज्यान गएको छ । सामान्य तरिकाले प्रसुति भएकी धनुषाको मुखियापट्टि मुसरनिया गाउँपालिका वडा नं.५ लवटोलीका ३० वर्षीया आरती यादवको मृत्यु भएको हो । अस्पतालका चिकित्सकको लापर्वाहीका कारण उनको ज्यान गएको परिवारजनले आरोप लगाएका छन् । प्रसव पिडा लागेकी […]
अनिल कुमार ईसर राजविराज, ७ फागुन । सप्तरीमा जनमत पार्टी अन्तर्गत रहेको भातृ संगठन समाज कल्याण विभागको जिल्ला कार्य समिति एक कार्यक्रमबीच गठन गरिएको छ । पार्टीका नेता संजय यादवको नेतृत्वमा आज (शनिवार) राजविराज स्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा २१ सदस्य समिति गठन गरेको हो । उक्त समितिको उपाध्यक्षमा सरोदेवी यादव, सचिव उदय मण्डल, […]
न्यूजमधेश डेस्क सप्तरी ,४ फागुन।सप्तरीको रुपनी गाउँपालिकामा दर्जनौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। बुधबार रुपनी गाउँपालिका ६ मा एक कार्यक्रम बिच विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। नव प्रवेशीहरुलाई जनमत पार्टीकी राष्ट्रिय उपाध्यक्ष बबिता इशरले अबिर लगाएर पार्टीमा भित्र्याएको छ। उनिहरुलाई जनमत पार्टीका सदस्यता समेत प्रदान गरेको […]
न्यूजमधेश डेस्क काठमाडौं,४ फागुन । नेपालमै पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि बिक्रीवितरण सुरु भएको छ । टिजिग फर्माले उत्पादन गरेको क्यान्सरविरुद्धको औषधि बिक्रीवितरण गर्न थालिएको हो । टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले नेपाल औषधिमा आत्मनिर्भर बनाउनका लागि आफूहरूले क्यान्सरको औषधि पहिलोपटक उत्पादन गरेर बिक्रीवितरण सुरु गरेको जानकारी दिए । टिजिग क्यान्सर रोगविरुद्धको औषधि उत्पादन गर्ने […]
न्यूजमधेश डेस्क काठमाडौं,४ फागुन । भारतीय चलचित्र जगतका दिग्गज गायक तथा संगीतकार बप्पी लहरीको आज बिहान ७० वर्षको उमेरमा निधन भएको छ । एक महिनाको उपचारपछि गएको सोमबार मात्रै लहरी अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो । तर फेरि स्वास्थ्यमा समस्या देखिएपछि हिजो राति उहाँलाई अस्पताल लगिएको थियो । उपचारको क्रममा मुम्बईको एक अस्पतालमा निधन भएको भारतीय […]
न्यूजमधेश डेस्क काठमाडौं,४ फागुन। दुईपटक स्थगित प्रतिनिधिसभाको बैठक आज बस्दै छ। प्रतिनिधिसभा बैठकमा सरकारका तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि पेश गर्ने तयारी गरेका हुन्। कांग्रेसले संसदीय दलको बैठकबाट एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गराइसकेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एमसीसी सम्झौता संसदमा पेस गर्ने निर्णयबाट पछि नहट्ने प्रष्ट पारिसकेका […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,३ फागुन। मधेश सरकारले प्रदेशको नामाकरण र स्थायी राजधानी तोकिएको कार्यलाई महत्वपूर्ण राजनीति उपलब्धिको सूचीमा राखेको छ । प्रदेश सरकारको चार वर्षे कार्यकाल पूरा गरेपछि आफ्नो उपलब्धि सार्वजनिक गर्दै मधेश सरकारले प्रदेशको नामाकरण मधेश प्रदेश र राजधानी जनकपुरधाम कायम गराउन सफल भएको कार्यलाई महत्वपूर्ण राजनीतिक उपलब्धिको रुपमा लिएको उल्लेख गरेको छ । […]