न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ फागुन।मधेश प्रदेशका सर्लाही जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बरहथवाबाट कौडेनातर्फ जाँदै गरेको प्र.२-०३-०१९प ३६०५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई धनकौल गाउँपालिका-२ मधुवनी नयाँरोड सडकखण्डस्थित लँगडा पुलमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक कौडेना गाउँपालिका-३ बस्ने ३५ वर्षका मनोज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१५ फागुन।धनुषाको मिथिला बिहारी नगरपालिका ४ कजरा रमौलमा विभिन्न पार्टी परित्याग गरि ५० जना जनमत पार्टीमा प्रवेश गरेको छ। शनिबार कजरा रमौलमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा नेपालि कांग्रेस ,एमाले,माओवादी र जसपा परित्याग गरि ५० जना नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। उनिहरुलाई जनमत पार्टीका युवा नेता चन्द्रदिप यादवलगाइतका नेताहरु अबिर लगाएर […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१५ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ का बर्ष ३४ का दीपक कुमार महरा रहेका छन । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ फुलबरिया टोलका ४६ वर्षिय प्रेमचन्द्र महराको हत्या अभियोगमा दिपक महरा पक्राउ परेका हुन । फुलबरिया टोलमा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१५ फागुन।बैदेशिक रोजगारीको क्रममा दुबईमा निधन भएका जिल्ला धनुषा सबैला नगरपालिका वडा नम्बर १२ का योगेन्द्र भेडिहरको लास व्यवस्थापनसहित परिवारलाई आर्थिक सहयोग पनि जनमत पार्टीले गरेको छ । कर्मचारी जनमत संघका राष्ट्रिय नेता एवं समाजसेवी विनोद पालको अध्यक्षतामा जनमत पार्टीकी सचिव अनिता साह , गैर आवासीय मधेशी संघका कोषाध्यक्ष सन्त साह र प्रेस […]
न्यूजमधेश डेस्क काठमाडौं,१४ फागुन। सर्वोच्च अदालतले बहालवाला न्यायाधीशमाथि अनुसन्धान र अभियोजन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नभएको ठहर गरेको छ । सर्वोच्चको सो ठहरपछि भ्रष्टाचार गर्ने न्यायाधीशहरूले उन्मुक्ति पाउने देखिएको छ । भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका न्यायाधीश विनोदकुमार गौतमको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले न्यायाधीशमाथि मुद्दा चलाउने अधिकार आयोगलाई नभएको बताएको हो । […]
न्यूजमधेश डेस्क काठमाडौं,१४ फागुन । जनता समाजवादी पार्टी (जसपा) एमसीसी विषयमा आज निर्णय गर्ने भएको छ । जसपाले अहिलेसम्म एमसीसीको पक्ष या विपक्षमा मतदान गर्ने भनेर औपचारिक निर्णय गरेको छैन । आज शनिबार भने एमसीसीको विषयमा घनिभुत छलफल गरि पार्टीको औपचारिक धारणा बनाउने नेताहरुले बताएका छन् । यद्यपि पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष […]
न्यूजमधेश डेस्क काठमाडौं, १४ फागुन।प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि एमालेका शीर्ष नेताहरुबीच छुट्टै छलफल भएको छ । शुक्रवार साँझ बालकोटबाट प्रधानमन्त्रीसहितका कांग्रेस नेताहरुलाई विदा गरेपछि एमालेको ‘कोर अफ दि लिडर’ बीच छलफल भएको हो । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटबाट देउवालाई विदा गरे लगत्तै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव विष्णु रिमाल पनि […]
न्यूजमधेश डेस्क नवलपरासी,१३ फागुन ।नवलपरासीको सरावल गाउँपालिकामा सयौं जना जनमत पार्टीमा प्रवेश गरेका छ्न। शुक्रबार गाउँपालिका -४ मा आयोजित पार्टी प्रवेश तथा संगठन विस्तार कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका हुन। नव प्रवेशीहरुलाई जनमत पार्टीका नेता कार्यकर्ताहरुले अबिर लगाएर पार्टीमा स्वागत गर्नुभएको हो। उनिहरुलाई पार्टीका सदस्यतासमेत प्रदान गर्नुभयो ।