न्यूजमधेश डेस्क राजविराज ,१९ भाद्र । सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि खुल्ने भएको छ । सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो । सोहीअनुरुप राजविराज नगरपालिका नगर शिक्षा समितिले शुक्रबार एक […]
न्यूजमधेश डेस्क काठमाडौं,१८ भाद्र । गर्भवती भएपछि प्रियंकाको चमक नै अर्कै छ। कलाकारिता पनि बहुप्रतिभा भएकी उनी विगत केही महिनायता कला क्षेत्रसँग जोडिएको कुनै पनि बिदामा देखिएकी छैनन्। न उनले म्युजिक भिडियो नै खेलेकी छिन्, न कुनै सार्वजनिक कार्यक्रममा नै देखिएकी छिन्। गर्भवती प्रियंका अहिले देखिने भनेको सामाजिक सञ्जालमार्फत् हो। यही महिना आमा बन्ने प्रियंका […]
न्यूजमधेश डेस्क काठमाडौं ,१८ भाद्र । पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ। हरितालिका (तीज) को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ। मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग पनि परामर्श गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए। नयाँ […]
न्यूजमधेश डेस्क काठमाडौं ,१८ भाद्र। सार्वजनिक लाभको पद लिएका तथा पार्टीका विभिन्न समितिमा रहेका कांग्रेस कार्यकर्ताबाट मासिक शुल्क (लेबी) उठाउन केन्द्रीय कार्यालयलाई निकै समस्या हुने गरेको छ। पटकपटक ताकेता गर्दा पनि लेबी उठ्न नसकेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले गुनासो गरे। समयमा लेबी उठाउन पछिल्लोपटक भदौ ८ गते केन्द्रीय कार्यालयले ७७ वटै जिल्ला समितिलाई परिपत्र […]
न्यूजमधेश डेस्क काठमाडौं ,१८ भाद्र । नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ । टेलिकमले बिहीबार एक सूचना जारी गर्दै सो समस्या आएकाले मोबाइल फोनमा भएका अनावश्यक र शङ्कास्पद एप हटाउन आग्रह गरेको हो […]
न्यूजमधेश डेस्क काठमाडौं,१८ भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्ध सुधारलाई प्राथमिकतामा राखेर काम थालेका छन्। देउवाले एकातिर बैठक सुचारु गर्नुपर्ने अवस्था छ भने अर्कोतिर अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बाट प्राप्त ५० करोड अमेरिकी डलरको परियोजना संसद्बाट पारित गर्नुपर्ने छ। प्रमुख विपक्षी नेताका रूपमा देउवाले यसअघि […]
न्यूजमधेश डेस्क काठमाडौं,१८ भाद्र । नेपाली कांग्रेसभित्रको संस्थापनइतर मानिएको रामचन्द्र पौडेल समूहले पार्टीको आगामी १४औं महाधिवेशनमा संस्थापन पक्षविरुद्ध एक ढिक्का हुने घोषणा गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पौडेल समूहले १४औं महाधिवेशनमा आफ्नो समूह एक भएर सहमतिमा हालका सभापति देउवाविरुद्ध उम्मेदवारी दिने घोषणा गरेको हो । कांग्रेस महाधिवेशनका लागि विधानले […]
न्यूजमधेश डेस्क बर्दिया ,१७ भाद्र । ठाकुरबाबा नगरपालिकास्थित बगनाहामा रहेको चुरे क्याम्पसले विद्यार्थीलाई वन्यजन्तुको आक्रमणबाट सुरक्षित राख्न ठाकुरद्वाराबाट बगनाहा क्यामपससम्म बस सेवा सञ्चालनमा ल्याएको छ ।यसबाट विद्यार्थी तथा अभिभावक खुशी भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको यस क्याम्पसमा विद्यार्थीहरू छोटो बाटो प्रयोग गरी आउँदा जाँदा वन्यजन्तुको आक्रमणमा पर्न सक्ने भएकाले यस्तो व्यवस्था गरिएको […]