न्यूजमधेश डेस्क जनकपुरधाम ,२० भाद्र । प्रतिनिधिसभामा विचाराधीन नागरिकता विधेयक चाँडो पारित गर्न माग गर्दै नवलपरासीमा नागरिकता विहिन नागरिकहरुले प्रदर्शन गरेका छन् । जन्मसिद्ध नागरिकता पाएका अभिभावकका सन्तानलाई चाँडो वंशजका आधारमा नागरिकता दिलाउन विधेयक पारित गराउन माग गर्दै नागरिकता विहिनहरुले आइतबार प्रदर्शन गरेका हुन् । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउन गएका […]
न्यूजमधेश डेस्क काठमाडौं ,२० भाद्र । सशस्त्र प्रहरी बलको पोशाक खरिदमा करोडौं घोटाला भएको पाइएको छ । महालेखा परिक्षकको ५८ औँ प्रतिवेदनमा यस वर्षभित्र भएका पोशाक खरिद प्रक्रिया र अनियमितताको विषयमा व्यापक घोटाला भएको पाइएको हो। महालेखाका अनुसार यो वर्ष कार्यालय सामान, जिप, बुट, चुस्ता, स्लिपिङ ब्याग, उद्दार सामग्रीलगायत विभिन्न ३६ वटा बोलपत्र र शिलवन्दी […]
न्यूजमधेश डेस्क बाँके,२० भाद्र । जिल्ला प्रहरी कार्यालय बाँकेले आफूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को इन्स्पेक्टर भन्दै मान्छेलाई धम्क्याउने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान जिल्ला दार्माकोट गापा २ बस्ने ३२ बर्षीय दिपेन्द्र रोकाया रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरले शनिबार बाँके बसपार्क एरियाबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेका रोकायाले […]
न्यूजमधेश डेस्क वीरगञ्ज ,२० भाद्र। पर्साको ठोरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पर्सा हेल्थ क्लिनिकको आयोजना सञ्चालित शिविरमा ३ सयभन्दा बढीले स्वास्थ्य जाँच गराएका छन् । शिविरमा बालकदेखि ९२ वर्षका वृद्धसम्मले स्वास्थ्य जाँच गराएको शिविरको संयोजन गरेका पत्रकार नवराज फुयाँलले बताए । फुयाँलका अनुसार शिविरमा स्वास्थ्य जाँच गराएकाहरुलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो […]
न्यूजमधेश डेस्क महोत्तरी ,२० भाद्र। महोत्तरीमा रुखबाट लडेर ६२ वर्षीय वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–३ मा घर भएका स्थानीय ६२ वर्षीय खोबारी खानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । उहाँले आफ्नै बारीकोे रुखको हाँगा काट्नेक्रममा अचानक लड्दा खान गम्भीर घाइते भएको र जिल्ला […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२० भाद्र । डा . सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन ‘विद्यार्थी जनमत संघ’ को केन्द्रीय कार्यकारणी र केन्द्रीय समितिलाई विघटन गरेको छ । जनमत पार्टीका केन्द्रीय उप-महासचिव ई .इन्द्रजित यादवले आज एक प्रेस विज्ञप्ति निकालेर जानकारी गराएका छन ।उनले ‘विद्यार्थी जनमत संघ’ को तदर्थ केन्द्रीय कार्यकारणी र केन्द्रीय समिति आजैको […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२० भाद्र । महोत्तरीको मनरा सिसवा नगरपालिकामा जनमत पार्टीको नगर अधिवेशन सम्पन्न भएको छ । सोही नगरपालिकाका वडा नम्बर ५ स्थित कटैया बजारमा नगरपालिकाको अधिवेशन शनिबार आयोजना गरिएको थियो । उक्त अधिवेशनबाट नगर अध्यक्षमा सत्रोहन सहनी ,उपाध्क्षमा लक्ष्मी देवी ,सचिवमा अरुण साह ,सहसचिवमा अमित शर्मा र कोषाध्यक्ष धिरेन्द्र कुमार सरनलाई चयन गरेको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२० भाद्र।प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाह पञ्चमी मनाइन्छ। भारतको अयोध्याबाट ठूलो संख्यामा जन्ती आउँछन्। नेपालकै ठूलो धार्मिक महोत्सवमा सर्वसाधारणको खचाखच भीड लाग्छ। तर, स्वयंवरको दृश्य भने सबैले हेर्न पाउँदैनन्। भारतबाट आउने जन्तीले मण्डप क्षेत्रमा बाससमेत पाउँदैनन्। यसको कारण हो, गुठीको जग्गा भूमाफियाको कब्जामा पर्दै जानु। जानकी मन्दिरका पूर्वमहन्थ स्व।रामशरणदास वैष्णवले गुठी र मन्दिरको […]