११ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

समाचार

झापाका ५५ वडामा सर्वसम्मत नेतृत्व चयन

न्यूजमधेश डेस्क झापा ,२० भाद्र । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्लामा ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । पार्टीका जिल्ला प्रचार विभाग प्रमुख कृष्ण हुमागाईँका अनुसार १३१ वडामध्ये ती वडामा क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सर्वसम्मत चुनिएको र अन्य वडामा अधिवेशन जारी रहेको छ । यहाँ ३३ हजार बढी क्रियाशील सदस्य छन् । […]

न्यूजमधेश डेस्क काठमाडौं ,१९ भाद्र । राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को आजको बैठकको सिफारिशका आधारमा राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदन यही भदौ २३ गते बुधबार ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ भाद्र । डा सीके राउत नेतृत्वको जनमत पार्टीले रौतहटमा महिला जनमत संघ गठन गरिएको छ । जनमत पार्टीको राष्ट्रिय उपाध्क्ष ई . बसन्त कुशवाहाको प्रमुख आतिथ्यमा भएको जिल्ला स्तरीय महिला भेला कार्यक्रमको विशिष्ट अतिथिमा विशिष्ट अतिथिमा केन्द्रीय सदस्य ललित मलिक  र डा . सुबन्त कुशवाहा रहेका थिए । सो भेलामा अनिता […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ भाद्र । धनुषाको ढल्केवरमा एक सुनचाँदी पसलबाट दिनदहाडै चोरी भएको छ ।मिथिला नगरपालिका–६ ढल्केवर स्थित गणेश लक्ष्मी ज्वेलर्सबाट चोरी भएको छ। चोरीमा संलग्न रहेको आरोपमा चाँदीको गहना सहित शनिवार दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रवार स्थानीय शिवजी साहले सञ्चालन गरेको उक्त सुनचाँदी पसलबाट चोरी भएको थियो ।पसलको सिसिटिभी फुटेजको सहयोगमा चोरीको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१९ भाद्र । दुई नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत घुमुवा प्रहरीले डिआईजीको नाममा असुली धन्दा चलाएको पाइएको छ । प्रदेश प्रहरी कार्यलायबाट पर्साको लागि खटाइएको प्रदेश घुमुवाहरुले चोरी तस्करी रोक्नुकोसाटो असुली धन्दा चलाएर तस्करी र तस्करलाई झन बढावा दिएको पर्सा प्रहरी स्रोत बताउँछ । तस्करीको सूचना दिन, सामान पक्राउ गर्न र अपराधीलाई पक्राउ […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ भाद्र । डा सीके राउत नेतृत्वको जनमत पार्टीले वडा वडामा संगठन निर्माण र विस्तारमा नेता कार्यकर्ताहरु लागिपरेको छ ।पछिल्लो समय जनमत पार्टीको संगठन विस्तार तीव्रगतिमा देखेर अरुपार्टीका नेताहरु छक परेका छन । यसक्रममा धनुषाको कमला नगरपालिका ५ लक्करमा संगठन विस्तार गरेको छ ।शनिबार एक कार्यक्रम विच दुई संगठन निर्माण गर्नुभएको हो […]

न्यूजमधेश डेस्क काठमाडौं ,१९ भाद्र । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य हुनुभएको छ । शुक्रबारदेखि उहाँमा सामान्य ज्वरो आएको उहाँका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो । उहाँका अनुसार सामान्य ज्वरो आएपछि अध्यक्ष ओलीले पार्टीका विभिन्न कार्यक्रम र भेटघाट हिजैदेखि रोकिएको छ । अहिले उहाँ बालकोटस्थित आफ्नै निवासमा नै आराम गरिरहनुभएको छ ।

न्यूजमधेश डेस्क काठमाडौं,१९ भाद्र । नेपाली चलचित्र क्षेत्रका अभिनेत्रीमध्ये ‘प्रतिभाशाली नायिका’को पहिचान बनाउन सफल छिन् केकी अधिकारी। अभिनयमा जस्तै उनको ‘बौद्धिकता’ विचार, विमर्श र विभिन्न रचनामा पनि देखिन्छ। फिल्मदेखि म्युजिक भिडियोमा देखिने केकीले आफ्नो ‘बौद्धिकता’ हालसालै आफ्नो एक कवितामार्फत पनि प्रस्तुत गरेकी छिन्। बुधबार उनले आफ्नो युट्युब च्यानलमार्फत ‘ए पुरुष’ शीर्षकको कविता सार्वजनिक गरेकी छन्। […]