१२ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

समाचार

सङ्क्रमणको तेस्रो लहर आउन सक्छ, सजग रहन स्वास्थ्य मन्त्रालय आग्रह

न्यूजमधेश डेस्क काठमाडौं ,७ श्रावण । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने बताउनुभएको हो । तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शय््यालगायत पूर्वाधार […]

न्यूजमधेश डेस्क काठमाडौं, ७ श्रावण । राष्ट्रियसभा सदस्य डा। बिमला राई पौडेलले नागरिकता विधेयक पारित नगरेर ६ लाख युवालाई नागरिकताबिहीन बनाएर सांसदहले अपराध गरेको बताएकी छन्। राष्ट्रियसभाको बैठकमा उनले भनिन्, “कृपा गरेर नागरिकता विद्येयक पारित नहुन्जेसम्म उनीहरुले मौलिक अधिकारका सम्पूर्ण कुराहरु उपभोग पाउने गरी व्यवस्था गरौं। जो लेखेर दिनुपर्छ दिऔं।” उनले सो विधेयक अहिलेको प्रमुख […]

न्यूजमधेश डेस्क कंचनपुर ,७ श्रावण । भीमदत्त नगरपालिका– ९ ब्रम्हदेवमा चौबिसै घन्टा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीयवासी महिलालाई भारतीय निकटवर्ती बजारका अस्पतालमा प्रसूतिका लागि पुग्नुपर्ने झन्झट हटेको छ । गाँउमै बर्थिङ सेन्टर सञ्चालन भएपछि महिलालाई सुरक्षित रुपमा प्रसूति हुनका लागि सहज भएको हो । प्रसूति सेवाका लागि नगरपालिकाले औषधि, आवश्यक औजार र उपकरणसहित दक्ष जनशक्तिको […]

न्यूजमधेश डेस्क काठमाडौं,७ श्रावण । टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेहरुको भिड लागेको छ । प्रमाणपत्र लिन आएकाहरुको ठेलमठेल छ । वैदेशिक रोजगारीमा जानेहरुलाई कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र अनिवार्य गरिएको छ । त्यसैले टेकु अस्पतालमा भेला भएकाहरु पनि धेरैजसो विदेश जान लागेकाहरु छन् । उनीहरु मुख्य गेटबाहिर प्रमाणपत्र लिन प्रतिक्षा गरिरहेका छन् । एक […]

न्यूजमधेश डेस्क काठमाडौं ,६ श्रावण । प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटमा जसपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त गरेकामा बधाई ज्ञापन गर्दै प्रतिबद्धता जनाएअनुरुप मधेशका मुद्दालाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीसँगको भेटमा पार्टीले उठाएका […]

न्यूजमधेश डेस्क काठमाडौं ,६ श्रावण । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको एक साता बितिसकेको छ । आफू नियुक्त भएको एक साता बितिसक्दा पनि प्रधानमन्त्री देउवाले चार जना मन्त्री मात्र नियुक्त गरेर सरकार सञ्चालन गरिरहनु भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपालगायतका दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका […]

न्यूजमधेश डेस्क काठमाडौं ,६ श्रावण । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवस आज मनाईदैछ । विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भातृ संगठनले आज देशभर विभिन्न कार्यक्रम आयोजना गर्दैछन् । नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । उहाँले […]

न्यूजमधेश डेस्क काठमाडौं ,६ श्रावण ।नेपाली कांग्रेसका नेता गगन थापाले राज्यको ढुकुटीबाट विदेशमा उपचार गर्ने जोसुकैलाई उपचार खर्च ब्यहोर्ने कुरा गैर कानुनी रहेको बताएका छन् । दिल्लीमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय गरेपछि उनले समाजिक सञ्जाल मार्फत सरकारले कानुनविपरीत निर्णयको गरेको बताएका हुन् । ‘यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा […]