१२ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

समाचार

धनुषाको किर्थपुरस्थित कमला नदीको बाँध भत्कियो

न्यूजमधेश डेस्क जनकपुरधाम ,६ श्रावण । सोमबार रातिको अविरल वर्षाका कारण भत्किन शुरु भएको धनुषाको किर्थपुरस्थित कमला नदीको बाँध पूर्ण रुपमा भत्किएको छ । सबैला नगरपालिका–१३ किरतपुरस्थित कमला नदीको पश्चिमतर्फको बाँध बुधबार बिहान पूर्ण रुपमा भत्किएको हो । बाँध भत्किन शुरु भएपछि सुरक्षाकर्मी तथा स्थानीय मिलेर नियन्त्रणको प्रयास गरेका थिए । तर नियन्त्रणको सबै प्रयास […]

बाल बिक्रम कार्की रौतहट ,६ श्रावण । युवा संघ रौतहटको विरोध प्रदर्शनलाई मध्यनजर गर्दै रौतहटमा रहेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको घरमा कडा सुरक्षामा राखिएको छ । रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको नेता नेपालको घरको सुरक्षाको लागि प्रहरी निरीक्षकको कमाण्डमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्दी […]

न्यूजमधेश डेस्क काठमाडौं ,५ श्रावण । जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका तयारी पूरा भएको छ । पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी भइसकेकाले अब नेपाल र भारतका सरकारबीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । हिजोआज नै रेल सञ्चालन गर्ने गरी तयारी गरिएकामा सरकार परिवर्तन भएकाले केही दिन लम्बिएको […]

गोेपालप्रसाद बराल महोत्तरी ,५ श्रावण । “हजुर, सहयोगी हात भेटेकी छु, अब छोराको उपचारले निरन्तरता पाउने आश जागेको छ”, महोत्तरीको बर्दिबास नगरपालिका–६ किसाननगरकी ४० वर्षीया रोमा कार्कीले गहभरि आँशु पार्दै भन्नुभयो । भारतको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा मस्तिष्कको नसासम्बन्धी उपचार भइराखेका १८ वर्षीय छोरा गौतम कार्कीको उपचारका लागि बर्दिबासमा सहयोगस्वरुप रु एक […]

न्यूजमधेश डेस्क लहान ,५ श्रावण । सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् । जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नंको बस पल्टिँदा बसमा सवार बरियारपट्टि गाँउपालिका–३ निवासी ३५ वर्षीय गणेश मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ । […]

न्यूजमधेश डेस्क इलाम ,५ श्रावण । इलाम नगरपालिका–१ नेपालटारमा एक घर जलेर नष्ट हुँदा रु ४४ लाखभन्दा बढीको क्षति भएको छ । नेपालटार बजारभन्दा दुई किमी पूवाखोलातर्फको डिपीडाँडामा रहेको घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको हो । मङ्गलबार साँझ आगलागी भएको हो । विद्युत् सर्ट भई आगलागी हुँदा तेजबहादुर गुरुङको घर जलेर नष्ट भएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,४ श्रावण । डा सीके राउत नेतृत्वको जनमत पार्टी रुपन्देहीले कोटहीमाई गाउपालिकामा सम्पर्क कार्यालय संचालनमा ल्याएको छ । मंगलबार जनमत पार्टीका कोटहीमाई गाउँपालिकाका अध्यक्ष सुभाषचन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले रिवन काटेर पार्टीको सम्पर्क कार्यालय उद्घाटन गरेको छ । सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि […]

न्यूजमधेश डेस्क काठमाडौं,४ श्रावण ।नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु साहले आइटी आर्मी नामको संगठन गठन गरेका छन् । एक सय ५१ सदस्यीय सो संगठनले आइटी क्षेत्रबाट पार्टीका गतिविधिहरु निगरानी गर्ने साहले बताएका छन् । आज (मंगलबार) दिउँसो भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट उक्त संगठन एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणा गर्ने एक नेताले जानकारी दिनुभयो […]