१३ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

समाचार

मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

न्यूजमधेश डेस्क काठमाडौं ,९ असार। मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् । सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन् । पदमुक्त भएका मन्त्रीहरूलाई प्रधानमन्त्री केपी ओलीले निवास नछोड्न भने पनि उनीहरू मन्त्री निवासबाट पनि बाहिरिन थालेका छन् । पदमुक्त भएका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले अदालतको पूर्ण आदेश […]

न्यूजमधेश डेस्क काठमाडौं,७ असार । वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने नेपाली कामदारसँग बढी भाडा असुल्ने ट्राभल एजेन्सीमाथि सरकारले कडा एक्सन लिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाको निर्देशनमा बढी भाडा लिने ट्राभल एजेन्सीविरुद्ध कानुनी कारवाही थाल्न नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रहरीलाई पत्र काटेको छ । काठमाडौंदेखि साउदी अरबको दमामसम्म नियमित उडानतर्फ […]

न्यूजमधेश डेस्क काठमाडौं, ६ असार। सरकारले एसिड आक्रमणमा परेका पीडितहरुको उपचार निःशुल्क गर्ने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार सरकारी अस्पताललाई तोकेको हो । मन्त्रालयले ‘एसिड आक्रमणमा परेका पीडितहरूको उपचार सम्बन्धी कार्यविधि, २०७८’ स्वीकृत गरेसँगै एसिड पिडितहरुले निस्शुल्क उपचार पाउने भएका हुन् । उनीहरुले काठमाडौंका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन […]

न्यूजमधेश डेस्क काठमाडौं ,६ असार । नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकारलाई कामबाट हटाउने कार्य तत्काल रोक्न आग्रह गरेको छ । महासङ्घले कोरोना संक्रमणलाई बहाना बनाउँदै केही सञ्चारगृहले श्रमजीवी पत्रकारलाई कामबाट हटाउने, पारिश्रमिक नदिने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिनेजस्ता क्रियाकलाप बढाएको बढाएको भन्दै त्यस्ता क्रियाकलाप रोक्न आग्रह गरेको छ । महासङ्घले आज विज्ञप्ति जारी जारी […]

न्यूजमधेश डेस्क कैलाली ,६ असार । सेती प्रादेशिक अस्पतालको ओपिडी सेवा आजबाट सञ्चालनमा आएको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरका कारण बन्द रहेको ओपिडी सेवा हाल सङ्क्रमणको दरमा केही कमी भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गर्ने गरी सञ्चालनमा आएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । ओपिडी सेवा साविकबमोजिम सञ्चालन हुने […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,६ असार । धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाकामा एकैपटक पोखरीमा डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई मुखियापट्टी मुसहरनीया गाउँपालिकाले जनही रु एक लाख ५१ हजार राहत उपलब्ध गराएको छ । पाँचै बालिकाका परिवारलाई गाउँपालिका अध्यक्ष मनोजकुमार यादव र उपाध्यक्ष मिरादेवी महतोले आज सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो । यसअघि प्रदेश सरकारले समेत […]

न्यूजमधेश डेस्क लहान ,६ असार । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले मुलुकमा उद्योगमैत्री वातावरण निर्माण गरी बेरोजगारी समस्या अन्त्य गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ । जिल्ला उद्योग वाणिज्य संघ, सिरहाद्वारा लहानमा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले भन्नुभयो,“मुलुकमा औद्योगिक विकास गर्न सकिए बेरोजगारी स्वतः न्यूनीकरण हुन्छ, यही नै […]

न्यूजमधेश डेस्क काठमाडौं ,६ असार । पशुपतिनाथ मन्दिर परिसरमा राम मन्दिर निर्माण हुने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले आइतवार उक्त मन्दिरको शिलान्यास गरेका छन्। शिलन्यासपछि मन्त्री अरगरियाले पुननिर्मित राम मन्दिरले धार्मिक पर्यटनमा थप टेवा पुग्ने बताए। उनले समयमै निर्माण कार्य सम्पन्न गर्न पनि निर्देशन दिए। मन्दिर पुरातत्व विभागको मापदण्डअनुसार परम्परागत शैलीमा […]