न्यूजमधेश डेस्क सिरहा ,१८ जेष्ठ । सिरहाको लहान नगरपालिकास्थित उत्तरी क्षेत्रका दलित बस्तीमा पछिल्लो दुई सातादेखि रुघाखोकी र ज्वरोको प्रकोप देखिएपनि बिरामी परीक्षण नगराइ गाउँमै बस्दा सङ्क्रमण थप फैलिने जोखिम बढेको छ । ज्वरो र रुघाखोकीले थलिए पनि स्वास्थ्य चौकीमा जचाँउन जाँदा कोरोना सङ्क्रमण हुन सक्ने त्रासले बिरामी गाउँमै बसिरहेको स्थानीयहरुले बताएका छन् । स्वास्थ्य […]
न्यूजमधेश डेस्क काठमाडौं ,१८ जेष्ठ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन भएको छ। उपचारमा सम्लग्न एक चिकित्सकले थापाको निधन भएको पुष्टि गरे। ‘हामीले सकेजति कोसिस गरेका थियौ। तर, उहाँको आज उपचारका क्रममा निधन भयो,’ ती चिकित्सकले भने। दुई साताअघि कोरोना संक्रमित भएपछि उनलाई सुरुमा ह्याम्स अस्पताल भर्ना गरिएको थियो। त्यसपछि उनलाई ग्राण्डी अस्पताल […]
न्यूजमधेश डेस्क नवलपरासी ,१७ जेष्ठ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ उपलब्ध गराएको छ । नगरपालिकाले खुला टेण्डरमार्फत धानको बिउ खरिद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध गराएको हो । चालु आर्थिक वर्ष २०७७र७८ को नियमित कार्यक्रमअनुसार नगरपालिकाले नगरका सबै वडाका किसानलाई सावाँ धान, सावित्री धान र राम धानको […]
न्यूजमधेश डेस्क बर्दिया ,१७ जेष्ठ । बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो । बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उहाँलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो । खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका […]
न्यूजमधेश डेस्क काठमाडौं ,१८ जेष्ठ । विद्यालय तहको निर्णायक परिक्षा एसईई यो वर्ष पनि नहुने भएको छ । सरकारले यस वर्षको माध्यामिक शिक्षा परिक्षा एसईई आन्तरिक मुल्यांकनकै आधारमा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस वर्ष पनि गत वर्षझैँ आन्तरिक मूल्यांकनबाटै एसईई नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो […]
न्यूजमधेश डेस्क काठमाडौं ,१७ जेष्ठ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन हुनुभएको छ । सङ्घको आज भर्चुअल रुपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी दिनुभयो । सङ्घका अध्यक्ष बचनवहादुर सिंह उमेरहदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो । युवा सङ्घमा ४० […]
न्यूजमधेश डेस्क काठमाडौं ,१७ जेष्ठ । नर्भिक इन्टरनेशनल हस्पिटलले सस्तो दरको ‘पोष्ट कोभिड प्याकेज’ को घोषणा गरेको छ । पछिल्लो समय दोस्रो लहरको कोरोना निको भइसकेपछि पनि ज्यान गुमाउनेको सङ्ख्या बढ्न थालेको भन्दै अस्पतालले नेगेटिभ रिपोर्ट आएपछि देखापर्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै उक्त प्याकेज सार्वजनिक गरिएको जनाएको छ । अस्पतालले कोभिडपछिका स्वास्थ्य समस्या निदान गरी […]
न्यूजमधेश डेस्क सिरहा ,१७ जेष्ठ । प्रहरी आचरण विपरित कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षकसहित तीनजना प्रहरी कर्मचारीलाई निलम्बन गरी कारबाही अघि बढाएको छ । निषेधाज्ञाको समयमा लहान नगरपालिका–२३ गढिया चोकस्थित पूजा मदिरा पसलमा होहोल्ला गर्ने व्यक्तिलाई पक्राउ गर्न गएका बेला सो मदिरा पसलबाट प्रहरीले मदिरा चोरेको भन्दै सामाजिक सञ्जालमा फोटो […]