न्यूजमधेश डेस्क काठमाडौं ,१७ जेष्ठ। भारतमा भयावह रुपमा फैलिएको कोरोनाभाइरसको दोस्रो लहर केही दिन यता घट्दै गएको देखिएको छ। संक्रमण घटेपनि मृत्यु दर घट्न सकेको थिएन तर दुई,तिन दिन यता मृत्युदर पनि घट्दै गएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार अनुसार गएको साता भारतमा विगत १२ सातामै कम संक्रमितले ज्यान गुमाएका छन्। मे २४ देखि ३० […]
न्यूजमधेश डेस्क काठमाडौं,१७ जेष्ठ। धन देखेपछि महादेवको पनि तेस्रो नेत्र खुल्छ भन्ने उखान नेपाली समाजमा प्रख्यात छ । समकालीन नेपाली राजनीतिमा यो उखान अरु धेरैका लागि पनि उनको विशेषत भनेकै जसरी भएपनि पैसा कमाउने नै रहेको छ । रक्षा मन्त्री भएका बेला पूर्व राजपरिवारको सम्पति आङछिरिङ शेर्पाको यति समूहलाई दिन ज्यान फालेर लाग्ने मध्येका एक […]
न्यूजमधेश डेस्क काठमाडौं ,१७ जेष्ठ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुरु भएको प्रारम्भिक बहस मोडिएर न्यायाधीशको निष्पक्षतामाथि केन्द्रित भएको छ । सर्वोच्चमा विघटित प्रतिनिधिसभाका १ सय ४६ सांसदले दर्ता गरेको निवेदनमा बहस गर्ने पालो आएपछि कानुन व्यवसायीहरूले इजलासमा बसेका न्यायाधीश बमकुमार श्रेष्ठसहित अरू दुई न्यायाधीशमाथि प्रश्न गरेका छन् । सवालजवाफ बढेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर […]
नानीमैया कटवाल राजविराज ,१६ जेष्ठ । सप्तरीको राजविराज नगरपालिका–४ स्थित भलुवाही किनारका डेरी बस्ने ६० वर्षीय इस्लामलाई चियामा भुजा (मुरही) भिजाएर खान असाध्यै मन पर्छ ।छोरी ४० वर्षीया प्रवीणा खातुनले कालो चियामा भुजा नहालेर ल्याएमा उहाँ चियामात्रै पिउनुहुन्न । दुःखको कुरा, हिजोआज इस्लामले चिया र भुजा खाएर नै पेट भर्ने गर्नुहुन्छ । लकडाउन अघिसम्म दाल, […]
न्यूजमधेश डेस्क काठमाडौं,१६ जेष्ठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट पूर्णरुपमा कार्यान्वयन हुने भएकाले त्यसमा कुनै पनि प्रकारको शङ्का उपशङ्का गर्न जरुरी नभएको बताउनुभएको छ । उहाँले बजेट कार्यान्वयनका लागि ल्याइएको भन्दै कुनै पनि आशङ्का नगर्न आग्रह गर्नुभयो । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो “बजेट सुनाउनका लागि होइन, कार्यान्वयनका लागि […]
सोम दियाली जनकपुरधाम,१६ जेष्ठ ।अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेको बजेटमा धनुषाका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट जनकपुरधाम उपमहानरपालिकाले पाएको छ । घोषित बजेट अनुसार जनकपुरधाम उपमहानगरपालिकाका लागि ९० करोड ८० लाख बजेट छुट्याइएको छ । जुन प्रदेश २ का तीन उपमहानगरपालिकामध्ये सबैभन्दा धेरै हो । प्रदेश २ को कलैया उपमहानगरपालिकाले ८१ करोड ८८ लाख […]
न्यूजमधेश डेस्क साना, १६ जेष्ठ । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको दक्षिणी सीमावर्ती क्षेत्रको किङ खालिद एयर बेस (हवाई अखडा) मा आइतबार बिहानै बम जडित ड्रोन मार्फत आक्रमण गरेको छ । यमनसँग सीमा जोडिएको साउदी अरेबियाको सीमावर्ती खामिस मुशाएट शहरमा रहेको हवाई अखडामा बम आक्रमण गरिएको हुथी विद्रोहीले जनाएका छन् । हुथी समूहका सैनिक प्रवक्ता […]
न्यूजमधेश डेस्क टोकियो, १६ जेष्ठ । जापानमा फाइजरको कोरोनाभाइरस विरुद्धको खोप १२ देखि १५ बर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरुको समूहले फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो । फाइजरको खोप प्रयोगका लागि यो उमेर समूहलाई अहिले थप गरिएको हो । १६ बर्ष वा सोभन्दा बढी उमेरका […]