दुर्गा देवकोटा कैलाली ,११ जेष्ठ । कैलालीको जानकी गाउँपालिकाले कोरोना महामारीको समयमा गर्भवती तथा सुत्केरीलाई मोबाइलबाट परामर्श दिन थालेको छ । गाउँपालिकाले स्वास्थ्य संस्थामा सेवा लिन जान डराएका गर्भवतीको अवस्था बुझ्ने र उनीहरुको हौसला बढाउन मोबाइल सेवा दिइरहेको हो । गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकामार्फत् गर्भवतीलाई टेलिफोनबाट परामर्श दिने, उनीहरुको मनोबल बढाउने काम थालेको हो । […]
न्यूजमधेश डेस्क चितवन ,११ जेष्ठ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिडका बिरामीको उपचारमा अक्सिजन अभाव देखिएको छ । पर्याप्त अक्सिजन सहितका सिलिण्डर नहुँदा सङ्क्रमितको उपचारमा समस्या देखिएको हो । अस्पतालका अनुसार सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि दैनिक करिब १ सय ८० सिलिण्डर अक्सिजन खपत हुने गरेको छ । अस्पतालमको अक्सिजन प्लाण्टको ५० वटा मात्रै सिलिण्डर […]
न्यूजमधेश डेस्क काठमाडौं ,११ जेष्ठ । प्रधानमन्त्री एवं कोभिड–१९ रोकथाम तथा नियन्त्रण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज गर्न सकिने खोपका लागि पहल गर्न सम्बन्धित मन्त्रालय र केन्द्रका प्रमुखलाई विशेष निर्देशन दिनुभएको छ । कोभिड रोकथामसम्बन्धी अध्यादेश जारीपछिको समितिको पहिलो बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले […]
न्यूजमधेश डेस्क काठमाडौं, ११ जेष्ठ ।वैदेशिक रोजगारको सिलसिलामा दुबईमा बस्दै आइरहेका मधेशीहरुले “मधेशी एकता समाज” नामक सामाजिक संस्था गठन गरिएको छ। दुबईमा बस्दै आएका मधेशीहरुले एक कार्यक्रम बिच मुकेश झाको अध्यक्षतामा केन्द्रीय कार्यसमिति गठन गरेका हुन । विदेशमा भएपनि मधेश र मधेशी समुदायका लागि आवाज उठाउने, विभिन्न दु:खसुखमा साथ दिने उद्देश्यका साथ यो संस्थाको स्थापना […]
न्यूजमधेश डेस्क काठमाडौं ,११ जेष्ठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४०४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४ हजार ८८७ पुगेको छ । निको हुने दर ७६.६ प्रतिशत […]
न्यूजमधेश डेस्क काठमाडौं ,११ जेष्ठ । कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा १६९ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा ६,७०० जनाले ज्यान गुमाइसकेका छन्। नेपालमा कूल कोरोना सङ्क्रमितमध्ये १.२७ प्रतिशतले ज्यान गुमाएका छन्। केही दिनयता यो प्रतिशत बढ्दो क्रममा छ।
न्यूजमधेश डेस्क काठमाडौं ,११ जेष्ठ । एलोपेथी पद्धतिमाथि आक्रामक भारतीय योगगुरु रामदेवलाई इन्डियन मेडिकल एसोसिएसनका महासचिव डा. जयेश एम लेलेले चुप रहन आग्रह गरेका छन्। एक टेलिभिजिन कार्यक्रममा डा. लेलेले उनलाई ‘किप क्वाइट’ भनेका हुन्। कार्यक्रममा रामदेवले एलोपेथीमा गम्भीर बिरामी ठीक पार्ने कुनै औषधि नभएको र आयुर्वेदमा सबै रोगको उपचार सम्भव रहेको बताएका थिए। आफूले […]
न्यूजमधेश डेस्क काठमाडौं ,१० जेष्ठ । सत्तारुढ नेकपा (एमाले) को आजको स्थायी कमिटी बैठकले पार्टीका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावलसहित ११ जना नेता तथा निवर्तमान सांसदलाई पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने र विपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन दलीय […]