न्यूजमधेश डेस्क काठमाडौं ,११ जेष्ठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४०४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४ हजार ८८७ पुगेको छ । निको हुने दर ७६.६ प्रतिशत […]
न्यूजमधेश डेस्क काठमाडौं ,११ जेष्ठ । कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा १६९ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा ६,७०० जनाले ज्यान गुमाइसकेका छन्। नेपालमा कूल कोरोना सङ्क्रमितमध्ये १.२७ प्रतिशतले ज्यान गुमाएका छन्। केही दिनयता यो प्रतिशत बढ्दो क्रममा छ।
न्यूजमधेश डेस्क काठमाडौं ,११ जेष्ठ । एलोपेथी पद्धतिमाथि आक्रामक भारतीय योगगुरु रामदेवलाई इन्डियन मेडिकल एसोसिएसनका महासचिव डा. जयेश एम लेलेले चुप रहन आग्रह गरेका छन्। एक टेलिभिजिन कार्यक्रममा डा. लेलेले उनलाई ‘किप क्वाइट’ भनेका हुन्। कार्यक्रममा रामदेवले एलोपेथीमा गम्भीर बिरामी ठीक पार्ने कुनै औषधि नभएको र आयुर्वेदमा सबै रोगको उपचार सम्भव रहेको बताएका थिए। आफूले […]
न्यूजमधेश डेस्क काठमाडौं ,१० जेष्ठ । सत्तारुढ नेकपा (एमाले) को आजको स्थायी कमिटी बैठकले पार्टीका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावलसहित ११ जना नेता तथा निवर्तमान सांसदलाई पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने र विपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन दलीय […]
न्यूजमधेश डेस्क कैलाली ,१० जेष्ठ । जिल्ला प्रहरी कार्यालयले होम आइसोलेशनमा रहेका कोभिड –१९ सङ्क्रमितलाई लक्षित कल सेन्टर सञ्चालनमा ल्याएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको समन्वयमा सङ्क्रमितलाई आवश्यक परामर्श तथा समन्वय गर्न कल सेन्टर सञ्चालनमा ल्याइएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार कल सेन्टरबाट आइसोलेशनमा […]
न्यूजमधेश डेस्क काठमाडौं ,१० जेष्ठ ।यसअघि सीमित कर्मचारी राखेर सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाका सीमित शाखा मात्र सञ्चालन हुने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै सीमित शाखा मात्र आलोपालो सञ्चालन गर्न निर्देशन दिएको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै लगाइएको निषेधाज्ञाको समयमा थप जोखिम भएको […]
न्यूजमधेश डेस्क काठमाडौं ,१० जेष्ठ । सरकारले थप १२ अस्पताललाई कोरोना भाइरसको रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरीद गर्न रकम निकासा गरेको छ । अर्थ मन्त्रालले अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडियू जडान र पिसिआर मेसिन खरीद लागि थप १२ अस्पतालका लागि आज रु ८ करोड १० लाख निकासा दिएको हो । यसरी […]
नानीमैया कटवाल सप्तरी ,१० जेष्ठ । मध्याह्नको समय कोही खाना खाएर आराम गरिरहेका थिए त कोही घरमा खाना खाइरहेका थिए । डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुर टोलमा आइतबार अचानक आगोलागी भयो । स्थानीयबासी भरत चौधरीको परालको टालबाट सल्केको आगोले गाउँको पाँचवटा घर जल्यो । क्षणभरमै भरतसहित बन्हु चौधरी, शोभाकान्त चौधरी, उमाकान्त चौधरी र लक्ष्मीकान्त चौधरीका घर ध्वस्त […]