१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

समाचार

पूर्वपश्चिम राजमार्गको स्तरोन्नति तीव्र

न्यूजमधेश डेस्क लहान ,२० फागुन । पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति कार्यले तीव्रता पाएको छ । राजमार्गमा बढ्दो सवारी चापलाई दृष्टिगत पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नति गरी ६ र ४ लेनको सडक निर्माण गर्न लागिएको हो । सप्तरीको कञ्चनरुप नगरपालिकाबाट सिरहाको कमला नदीसम्मको सडकलाई चार र छ लेनमा स्तरोन्नति गर्ने काम अघि बढाइएको कञ्चनपुर–कमला सडक आयोजनाले जनाएको छ । […]

न्यूजमधेश डेस्क काठमाडौं,१९ फागुन । आफ्नै ३ महिनाको छोरा लक्ष्मण चन्दको हत्या गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका ५ खनाडी बस्ने ४० वर्षीय राज बहादुर चन्दलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान महलमा मुद्दा दर्ता गरेको छ । राज बहादुरले आफ्नै घरमा छोरा लक्ष्मणलाई लछार पछार गरी कुटपिट गर्दा बालकको घटनास्थलमै मृत्यु भएको र उनका बुबा ७० वर्षीय […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१८ फागुन । भारतको पश्चिम बंगाल राज्य अन्तर्गत सिक्किमी सर्मिष्ठा पोखरेलले झापाको भद्रपुर निवासी राजु तिमिल्सिनासँग २० बर्षअघि सामाजिक परम्परा अनुसार विवाह गरिन् । बिहेको केहि दिनपछि दुबै जना काठमाडौं आए । केहि दिन यहाँ बसेपछि राजु वैदेशिक रोजगारमा गए । श्रीमान् रोजगारका लागि खाडी मुलुक जाँदा सर्मिष्ठाले काठमाडौंमै होस्टेल संचालन गरिन् । […]

न्यूजमधेश डेस्क रौतहट,१७ फागुन । महाशिवरात्रिका अवसरमा मौलापुर नगरपालिकास्थित पतौरा पुरातात्विक महादेव मन्दिरमा मधानी महायज्ञ हुँदै छ । नगरपालिकाले मेला तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जनाइएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाले यही फागुन २७ गते शिवरात्रिमा मेला आयोजना गर्न लागेको उपप्रमुख गौरीशङ्कर जयसवालले बताउनुुभयो । सो अवसरमा नेपाली तथा […]

न्यूजमधेश डेस्क सर्लाही ,१७ फागुन । सर्लाही र रौतहटको सिमानामा रहेको वाग्मती नदी किनारमा पर्ने नूनथर क्षेत्रमा अझै अपेक्षाकृत विकास हुन नसकेको स्थानीयवासीको गुनासो छ । प्रदेश २ कै उत्कृष्ट पर्यटकीय गन्तव्य चन्द्रपुर नगरपालिका–१ मा पर्ने नूनथर क्षेत्रका लागि पटकपटक विभिन्न शीर्षकमा बजेट विनियोजन भएको भए पनि बजेटको सदुपयोग नभएको स्थानीयवासीले गुनासो गरेका छन् । […]

राकेश गुप्ता  सर्लाही ,१६ फागुन । जिल्लाको धनकौल गाउँपालिका वडा नम्बर १ सेखौना टोलमा सडक निमार्णमा कमसल सामग्री प्रयोग भएको भन्दै स्थानीयहरुले बिरोध गरेका छन् । गाउँपालिका अध्यक्ष रामअश्रय साहको कोषबाट करिब ९ लाखको लागतमा बन्दै गरेको ९०÷९५ मिटर लामो, १२ फिट चौडाई र ८ इन्च उचाई भएको सडक ढलानमा १ नम्बर ईट्टा लगाउनु पर्नेमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम, १५ फागुन । जनकपुरधाम उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदबारी दिने शिवम ट्रेडर्सका संचालक अम्भु प्रसाद साहले बताएका छन् । शनिबार नेपाल पत्रकार महासंघ धनुषाको सभा हलमा पत्रकार सम्मेलन गर्दै साहले उपाध्यक्षमा उम्मेदबारी दिने घोषणा गरेका हुन् । धनुषा जिल्लाका सम्पूर्ण उद्योगी, व्यापारी तथा व्यावसायीहरुको हकहितको संरक्षण तथा सम्वद्र्धन गर्दै […]

न्यूजमधेश डेस्क कैलाली ,१५ फागुन । गेटा आँखा अस्पताल नजिकै आज बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका–५ गेटा आँखा अस्पताल नजिकै सोही ठाउँका ३५ वर्षीय शिवचरण राना मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो । मृतक रानाको टाउकामा गम्भीर चोट रहेको प्रहरी नायब उपरीक्षक […]