न्यूजमधेश डेस्क काठमाडौं,२५ फागुन । नेपाली राजनीतिमा नयाँ सरकार गठन गर्ने खेल सुरु भएको छ । सर्वोच्च अदालतले सत्तारुढ दल नेकपा खारेज गरेपछि संसदमा सरकारको स्पष्ट बहुमत गुमेको छ । अहिले संसदमा चार वटा दलले प्रतिनिधित्व गरेका छन् । यसअघि संसदमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) रहेका छन् । […]
न्यूजमधेश डेस्क जनकपुरधाम, २४ फागुन ।आज १११औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार आयोजना गरेको एक समारोहका बीच मुख्यमन्त्री लालबाबु राउतले धनुषा जिल्लाको २७ विद्यालयका १५२० छात्राहरुलाई साइकल वितरण गर्नुभयो । साइकल वितरण गर्दै […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ फागुन । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले प्रथम महाधिवेशनका लागि आर्थिक सहयोगको आह्वान गरेका छन्। डा. राउतले एक विज्ञप्ती जारी गर्दै जनकपुरमा ऐतिहासिक प्रथम महाधिवशन गर्न लागेको भन्दै आर्थिक सहयोगका लागि आह्वान गरेका हुन्। महाधिवेशनलाई भव्यताका साथ सफल पार्न आवश्यक सहयोगका लागि पार्टीका सम्पूर्ण सदस्य तथा आम जनसमुदायसंग अपिल […]
न्यूजमधेश डेस्क जलेश्वर ,२० फागुन । महोत्तरीको पश्चिम–दक्षिणस्थित भारतीय सीमानाकासँग जोडिएको मनराशिस्वा नगरपालिकामा एकै साथ पाँच दर्जन बढी निलगाई फेला परेका छन् । सो नगरपालिकाको वन क्षेत्रमा केही दिनदेखि एक्कासि लोपोन्मुख वन्यजन्तु निलगाई देखा पर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् । विभिन्न उमेर समूहका पाँच दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको निलगाई नगरपालिकाको वन क्षेत्र आसपासका खेतीबारीमा […]
न्यूजमधेश डेस्क लहान ,२० फागुन । पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति कार्यले तीव्रता पाएको छ । राजमार्गमा बढ्दो सवारी चापलाई दृष्टिगत पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नति गरी ६ र ४ लेनको सडक निर्माण गर्न लागिएको हो । सप्तरीको कञ्चनरुप नगरपालिकाबाट सिरहाको कमला नदीसम्मको सडकलाई चार र छ लेनमा स्तरोन्नति गर्ने काम अघि बढाइएको कञ्चनपुर–कमला सडक आयोजनाले जनाएको छ । […]
न्यूजमधेश डेस्क काठमाडौं,१९ फागुन । आफ्नै ३ महिनाको छोरा लक्ष्मण चन्दको हत्या गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका ५ खनाडी बस्ने ४० वर्षीय राज बहादुर चन्दलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान महलमा मुद्दा दर्ता गरेको छ । राज बहादुरले आफ्नै घरमा छोरा लक्ष्मणलाई लछार पछार गरी कुटपिट गर्दा बालकको घटनास्थलमै मृत्यु भएको र उनका बुबा ७० वर्षीय […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१८ फागुन । भारतको पश्चिम बंगाल राज्य अन्तर्गत सिक्किमी सर्मिष्ठा पोखरेलले झापाको भद्रपुर निवासी राजु तिमिल्सिनासँग २० बर्षअघि सामाजिक परम्परा अनुसार विवाह गरिन् । बिहेको केहि दिनपछि दुबै जना काठमाडौं आए । केहि दिन यहाँ बसेपछि राजु वैदेशिक रोजगारमा गए । श्रीमान् रोजगारका लागि खाडी मुलुक जाँदा सर्मिष्ठाले काठमाडौंमै होस्टेल संचालन गरिन् । […]
न्यूजमधेश डेस्क रौतहट,१७ फागुन । महाशिवरात्रिका अवसरमा मौलापुर नगरपालिकास्थित पतौरा पुरातात्विक महादेव मन्दिरमा मधानी महायज्ञ हुँदै छ । नगरपालिकाले मेला तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जनाइएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाले यही फागुन २७ गते शिवरात्रिमा मेला आयोजना गर्न लागेको उपप्रमुख गौरीशङ्कर जयसवालले बताउनुुभयो । सो अवसरमा नेपाली तथा […]