१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

समाचार

सही विचारले नै पार्टी अगाडि बढ्छ : अध्यक्ष दाहाल

न्यूजमधेश डेस्क काठमाडौं,२३ माघ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका अध्यक्ष प्रचण्डले जनपक्षीय पार्टीको विकासका लागि विचार, नीति र कार्यदिशामा नै सही हुनुपर्ने बताउनुभएको छ । ललितपुरमा आज आयोजना गरिएको जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “एउटा पार्टी राम्रो हुँदै जान्छ वा नराम्रो हुँदै जान्छ । […]

न्यूजमधेश डेस्क बुटवल ,२३ माघ । रुपन्देहीको तिलोत्तमामा ९ वटा सहकारी संस्थाहरु एकीकरण ९मर्ज० हुने भएका छन् । नगरपालिकाका ५ वटा वडामा सञ्चालित दुई वटा बहुउद्देश्यीय र ७ वटा बचत तथा ऋण सहकारी संस्था एकीकरण हुन थालेका हुन् । विभिन्न प्रकृतिका चार हजार बढी सहकारी रहेका लुम्बिनी प्रदेशमा एकैपटक यति धेरै सहकारी संस्थाहरु मर्ज हुन […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ माघ । आफ्नै आँगनबाट बेपत्ता भएका सिरहाको दुई वर्षीय बालकलाई ७२ घण्टापछि प्रहरीले भारतको मधुवनीबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ । आफ्नै घरआँगनमा खेलिरहेका बेला गत मङ्गलबार साँझ सिरहा नगरपालिका–१ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव बेपत्ता भएको थिए । बालक घरबाटै बेपत्ता भएको सूचना पाएर खोजतलासमा जुटेको […]

किशोर विश्वकर्मा विराटनगर,२२ माघ । संवैधानिक परिषद्का पदाधिकारीको नियुक्तिको विरोधमा नेकपा प्रचण्ड(नेपाल समूहले आह्वान गरेको बन्दका क्रममा विभिन्न ठाउँमा तोडफोड भएको छ । शान्तिपूर्ण बन्द भनिए पनि आन्दोलनकारीले विराटनगरसहित प्रदेश १ का विभिन्न स्थानमा दर्जनौँ सवारी साधन र पसलमा तोडफोड गरेका छन् । प्रचण्ड(नेपाल समूहले बिहीबारका लागि आह्वान गरेको आमहडताल शान्तिपूर्ण हुने भनिए पनि व्यवहारमा […]

न्यूजमधेश डेस्क महोत्तरी ,२२ माघ । पछिल्ला चार दिनयता पारिलो घाम लाग्न थालेपछि जाडोबाट राहत मिलेको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत सोमबारयता लगातार घाम लागेर आङ तात्दै गए पनि सर्वसाधारण किसान भने मन खुलाएर खुशी देखिँदैनन् । यसपालि पानी नै नपरी हिउँद सकिन लागेपछि किसानमा खुशी छाउन नसकेको हो । “ल हेर्नोस्, अब पारिलो […]

न्यूजमधेश डेस्क सुनसरी,२२ माघ । सुनसरीको धरानमा बन्दकर्ता र मजदुरबीच झडप भएको छ । नेकपाको दाहाल-नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा बिहीबार बिहान धरानको भानुचोकमा मजदुर र बन्दकर्ताबीच झडप भएको हो । बन्दकर्ताले टेम्पू रोकेर लात्त हानेपछि भएको विवाद सामान्य झडपमा परिणत भएको थियो । अहिले सो क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

न्यूजमधेश डेस्क काठमाडौं,२२ माघ । नेकपा प्रचण्ड–नेपाल समूहले गरेको बन्दका क्रममा काठमाडौंको कोटेश्वरमा बन्दकर्ता र प्रहरीबीच ठेलमठेल भएको छ । बन्दकर्ताले सडकमै खान खान जोखेपछि प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो । त्यस क्रममा बन्दकर्ता र प्रहरीबीच ठेलमठेल भएको हो । कोटेश्वरमा लिलामणि पौडेलले बन्दकर्ताको नेतृत्व गरेका छन् ।

न्यूजमधेश डेस्क काठमाडौं,२२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा संसद् विघटन गरेपछि कांग्रेसले तत्कालै भन्यो, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक छ । प्रधानमन्त्री ओलीको यो कदम अधिनायकवादको आकांक्षाबाट प्रेरित र सर्वसत्तावादउन्मुख छ ।’ प्रतिनिधिसभा विघटनलगत्तै औपचारिक रूपमै पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको कांग्रेसले त्यसको भोलिपल्ट ६ पुसमा सर्वदलीय बैठक […]