१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

समाचार

प्रदेश २ मा निजामती कर्मचारीको अवकाशका लागि उमेरको हद ६० वर्ष

न्यूजमधेश डेस्क जनकपुरधाम ,२९ माघ । प्रदेश नं २ सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको सन्दर्भमा उमेरको हदलाई ६० वर्ष कायम गरेको छ । प्रदेशसभाबाट २०७७ कात्तिक ३ गते पारित भई २०७७ माघ १६ गते प्रदेश प्रमुख कार्यालयमा दर्ता भएको विधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम बुधबार प्रदेश प्रमुख तिलक परियारले प्रमाणीकरण […]

न्यूजमधेश डेस्क काठमाडौं,२९ माघ। जनताले करिब दुई तिहाइ मत दिएर जिताएको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले यतिबेला तिनै जनतालाई सडकमा उतारेर आफ्नो शक्ति देखाउने होड चलाएको छ । प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको सरकार र आन्दोलनरत पक्ष दुवै समूहले आफ्नो पक्षमा ठूलो जनलहर रहेको देखाउन अनेकन रणनीति अपनाइराखेका छन् । उनीहरुले भनिरहेका छन्– देख्यौ तिम्रो भन्दा […]

नारायण अधिकारी चितवन, २७ माघ ।जिल्लाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अर्थाभावमा उधारोमा सामान खरिद गरी निर्माण जारी राखिएको छ । हालसम्म रु नौ करोड २५ लाख उधारोको बिल पेश भए पनि निर्माण भने रोकिएको छैन । रङ्गशाला निर्माणका लागि गत वर्ष गरिएको महायज्ञको बोलकबोलको रकमसमेत उठ्न नसक्दा उधारोमा काम गर्नुपरेको हो । रङ्गशाला […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२६ माघ। सामान्यतया महिला गर्भवति भएको ९ महिना पूरा भएपछि शिशुको जन्म हुन्छ। तर, कहिलेकाहिँ समय नपुग्दै शिशु जन्मन्छन्। नेपालमा पनि आमरुपमा ७ महिनामा जन्मेको बच्चालाई भाग्यमानी ठानिन्छ। यद्यपि त्यसको कुनै वैज्ञानिक कारण प्रष्ट छैन। त्यसको मनोसामाजिक अर्थ समय अगावै जन्मिएर बाँच्न सफल भएकोले भाग्यमानी ठानिएको हुनसक्छ। समय नपुग्दै जन्मेका शिशुको शारीरिक र […]

कमलेश ठाकुर जनकपुरधाम ,२६ माघ । ८ पुस २०७६ मा औरही गाउँपालिका–२ प्रवहा देउरी माविले एकजना कम्प्युटर विषयको शिक्षक माग गर्‍यो । विद्यालयको ‘लेटर प्याड’मा माग गरिए पनि पत्रपत्रिकामा विज्ञापन सार्वजनिक भएन । न कुनै माध्यमबाट सूचना सार्वजनिक गरियो । २८ पुस मा ‘गुपचुप’ तरिकाले वडाध्यक्ष अमितकुमार यादवले आफ्ना जेठा दाइ प्रविनकुमार यादवलाई नियुक्ति गरे […]

न्यूजमधेश डेस्क कञ्चनपुर,२५ माघ । बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल–भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुर्नवास नगरपालिका–६ का ४५ वर्षीय रमेश खाती र काठमाडौँ महानगरपालिका– १४ बौद्धका ३३ वर्षीय विष्णु भट्टलाई पक्राउ गरिएको […]

न्यूजमधेश डेस्क काठमाडौं,२४ माघ । मोरङ घर भएकी २२ वर्षीया सपना राजबंशीलाई करिब पाँच केजी गाँजासहित प्रहरीले पक्राउ गरेको छ । कागेश्‍वरी मनोहरा नगरपालिका ८ शिवचोक डेरा गरी बस्‍ने उनलाई पाँच केजी गाँजासहित प्रहरीले पक्राउ गरेको हो । उनको कोठामा लागुऔषध लुकाई राखेको भन्‍ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले कोठा तलासी […]

न्यूजमधेश डेस्क सप्तरी ,२४ माघ । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले पर्यटन क्षेत्रको अवस्था सुधारका लागि प्रदेश सरकारले आवश्यक सबै सहयोग गर्ने बताएका छन् । कोरोनाका कारण संकटमा परेको पर्यटन क्षेत्र र व्यवसायलाई उकास्ने उद्देश्यका साथ प्रदेश २ स्तरीय अभियान कार्यक्रमको शुक्रबारदेखि सप्तरीमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘पर्यटन […]