न्यूजमधेश डेस्क जनकपुरधाम,१९ माघ।प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकाे विशेष सल्लाहकारमा नियुक्त भएका ध्रुब नारायण यादवलाई साेमबार जनकपुर विमान स्थलमा भव्य स्वागत गरिएकाे छ। गत माघ १४ गते प्रदेश २ काे मन्त्रीस्तरीय निर्णय बमोजिम यादवलाई विशेष सल्लाहकारमा नियुक्त गरेको खुसीमा युवाहरुले जनकपुर विमान स्थलमा उनलाई फुलमाला लगाएर स्वागत गरेका हुन। नियुक्त हुने […]
न्यूजमधेश डेस्क सप्तरी,१९ माघ । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितका ३८ वर्षीय बुवालाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले आफ्नै घरकोठामा गत शुक्रबार नाबालिका छोरीलाई बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा आइतबार उजुरी दिएकी थिइन् । कानूनबमोजिम कारवाही गर्न माग भएपछि पीडितको गजेन्द्रनारायण सिंह […]
न्यूजमधेश डेस्क सिरहा ,१९ माघ। प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहा सदरमुकामस्थित शहिद स्वर्गिय हेमनारायण यादवको शालिकमा माल्यार्पण गरेका छन् । १७ औं स्मृति दिवसको अवसरमा कडा सुरक्षाबीच उनले शालिकमा माल्यार्पण गरेका हुन् । माल्यार्पण अघि शहिद यादवका छोरा डा। नविन यादव, श्रीमती पारोदेवी र नेता कार्यकर्ताले प्रधानमन्त्री ओलीलाई फूलमाला लगाएर स्वागत गरेका थिए ।
न्यूजमधेश डेस्क जनकपुरधाम,१९ माघ।धनुषाको मिथिला नगरपालिका वडा नम्बर ७ स्थित ढल्केवरमा निर्माण भएको देशकै ठूलो र पहिलो ४ सय केभी ढल्केवर सबस्टेसन प्रधानमन्त्री केपि ओलि शर्माले उद्घाटन गरेको छ। सोमबार ढल्केवरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले १३ बिघा जमिनमा फैलिएको ४००/२२० केभी सबस्टेसनको उद्घाटन गरेका हुन् । नेपाल सरकार र विद्युत् प्राधिकरणको करिब २ अर्ब २० […]
न्यूजमधेश डेस्क काठमाडौं ,१९ माघ।कोरोना संक्रमणकालिन लकडाउनको अवस्थामा विश्वभरको सबै काम प्रभावित भयो । यस क्रममा धेरै उत्पादन कम्पनी डुब्ने अवस्थामा पुगे । तर रोचक के छ भने विश्वका कैयौँ उत्पादन कम्पनी डुबेको बेला भारतमा भने कण्डम र आई पिल्सको बिक्री भने कैयौं गुणा बढेको खुलासा भएको छ । डुन्जो एडले गरेको सर्वे अनुसार भारतमा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१८ माघ। धनुषा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न गिरोहका पाँच जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार ६ वटा मोटरसाइकलसहित पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको हो । नियन्त्रणमा रहेका सिरहाको विष्णुपुर गाउँपालिका वडा ३ रजोखोरका रोहित कुमार यादव, विष्णुपुर गाउँपालिका वडा २ राजपुरका प्रमोद कुमार यादव, मनोज कुमार यादव, धनुषाको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१८ माघ।प्रदेश २ को मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको पुससम्ममा ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ । सो अवधिमा सबैभन्दा बढी डिजेल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । नेपालमा खपत हुने कूल परिमाणको पेट्रोलियम पदार्थको आधा हिस्सा वीरगञ्ज नाका हुँदै नेपाल भित्रिने गरेको छ । […]
न्यूजमधेश डेस्क काठमाडौं,१८ माघ। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई कांग्रेस केन्द्रीय कार्यसमितिले धेरैपटक ‘असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख कदम’ भनेको छ । त्यसविरुद्ध सडक संघर्ष पनि जारी छ तर संघर्ष केका लागि भन्नेमा न पार्टी स्पष्ट छ न त नेताहरूका सार्वजनिक अभिव्यक्तिमै एकरूपता छ । पार्टी निर्णयमा ‘प्रतिनिधिसभा पुनःस्थापना’ को शब्द अहिलेसम्म परेको छैन । निर्वाचनमा जानुपर्छ […]