न्यूजमधेश डेस्क काठमाडौं ,१९ माघ।कोरोना संक्रमणकालिन लकडाउनको अवस्थामा विश्वभरको सबै काम प्रभावित भयो । यस क्रममा धेरै उत्पादन कम्पनी डुब्ने अवस्थामा पुगे । तर रोचक के छ भने विश्वका कैयौँ उत्पादन कम्पनी डुबेको बेला भारतमा भने कण्डम र आई पिल्सको बिक्री भने कैयौं गुणा बढेको खुलासा भएको छ । डुन्जो एडले गरेको सर्वे अनुसार भारतमा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१८ माघ। धनुषा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न गिरोहका पाँच जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार ६ वटा मोटरसाइकलसहित पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको हो । नियन्त्रणमा रहेका सिरहाको विष्णुपुर गाउँपालिका वडा ३ रजोखोरका रोहित कुमार यादव, विष्णुपुर गाउँपालिका वडा २ राजपुरका प्रमोद कुमार यादव, मनोज कुमार यादव, धनुषाको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१८ माघ।प्रदेश २ को मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको पुससम्ममा ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ । सो अवधिमा सबैभन्दा बढी डिजेल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । नेपालमा खपत हुने कूल परिमाणको पेट्रोलियम पदार्थको आधा हिस्सा वीरगञ्ज नाका हुँदै नेपाल भित्रिने गरेको छ । […]
न्यूजमधेश डेस्क काठमाडौं,१८ माघ। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई कांग्रेस केन्द्रीय कार्यसमितिले धेरैपटक ‘असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख कदम’ भनेको छ । त्यसविरुद्ध सडक संघर्ष पनि जारी छ तर संघर्ष केका लागि भन्नेमा न पार्टी स्पष्ट छ न त नेताहरूका सार्वजनिक अभिव्यक्तिमै एकरूपता छ । पार्टी निर्णयमा ‘प्रतिनिधिसभा पुनःस्थापना’ को शब्द अहिलेसम्म परेको छैन । निर्वाचनमा जानुपर्छ […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१८ माघ।प्रदेश २ का सिरहा जिल्लामा २१ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ११ हजार छ पुरुष र १० हजार चार महिला गरी २१ हजार १० नयाँ मतदाता थपिएका हुन् । सरकारले अगामी वैशाख १७ र २७ गरी दुई चरणमा निर्वाचन घोषणा गर्नु अघिल्लो दिनसम्म गरी मतदाता […]
न्यूजमधेश डेस्क जनकपुरधाम, १८ माघ।प्रदेश सरकारले स्थापना गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरु नियुक्त भएका छन । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमा डा. राम केवल साह, रजिष्टारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साहलाई नियुक्त गरिएको छ । मुख्यमन्त्री निवास मधेशभवनमा आयोजित एक कार्यक्रमका विच मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त पदाधिकारीहरुलाई नियुक्ती पत्र हस्तान्तरण गर्नु […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१८ माघ । महोत्तरीको भंहा नगरपालिकामा मेयर गोल्ड कपको उद्घाटन खेलमा आर्मी विजय भएको छ । शनिबार भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लव विजय भएको हो । त्रिभुवन आर्मी फुटवल क्लव र धरान फुटवल क्लव बीच भएको रोमाञ्चक खेलमा पेनाल्टी सुट आउटमा आर्मी ६–५ ले बिजय भएको हो । पेनाल्टीमा आर्मीका तर्फबाट ६ […]
न्यूजमधेश डेस्क काठमाडौं,१८ माघ।प्रतिनिधिसभा पुनःस्थापनाको माग राखेर समाजवादी युवा संघले जनकपुर, भैरहवा, इटहरीसहितका मुख्य सहरमा कार्यक्रम गरेलगत्तै राष्ट्रिय युवा संघले पनि त्यस्तै कार्यक्रम आइतबार जनकपुरमा राखेको छ । समाजवादी युवा संघ तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय युवा संघ तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का भ्रातृसंस्था हुन् । दुई पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) बनेको करिब […]