न्यूजमधेश डेस्क काठमाडौं,१२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो तीन वर्षमा विभिन्न सञ्चारमाध्यमलाई दिनुभएको अन्तरवार्ता सङ्ग्रह गरेर पुस्तकका रुपमा प्रकाशित भएको छ । अध्यक्ष प्रचण्डले २०७४ देखि २०७७ सम्म विभिन्न सञ्चारमाध्यममा दिनुभएको अन्तर्वार्ताहरुको सङ्ग्रहलाई ‘नयाँ राजनीतिक विश्लेषण’ नाम दिएर पुस्तकको रुपमा प्रज्ञा स्मृति प्रतिष्ठान, नेपालले प्रकाशन गरेको हो […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ मंसिर । मुख्यमन्त्री लालबाबु राउतले सरुवारोग तथा महामारी नियन्त्रण अस्पताल र ट्रमा सेन्टर निर्माण हुने स्थलको आज निरीक्षण गर्नुभएको छ । बाराको कलैया उपमहानगरपालिका–१६ झिटकैयामा ५० शय्याको सरुवारोग तथा महामारी नियन्त्रण अस्पताल र बाराकै पथलैयास्थित प्रादेशिक स्वास्थ्य तालीम केन्द्रमा ट्रमा सेन्टर निर्माण गर्ने नीतिअनुरुप सो स्थलको निरीक्षण कार्य गरिएको मुख्यमन्त्री तथा […]
न्यूजमधेश डेस्क जलेश्वर ,१२ मंसिर । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताउनुभयो । बिहीबार बिहान आपसी विवादमा भतिज ३५ वर्षीय विनोद मण्डलले काका खेलावनलाई कुटपिट गर्दा […]
न्यूजमधेश डेस्क विराटनगर,१० मंसिर । भारतमा डिजेल महँगो भएसँगै नेपालबाट यसको अवैध निकासी भइरहेको छ । विगत केही दिनदेखि तराई क्षेत्रका सीमावर्ती बजारबाट नेपाल प्रवेश गरेका भारतीय गाडी फिर्ता जाने क्रममा अत्यधिक डिजेल लिएर जाने गरेका छन् । नेपालभन्दा भारतमा डिजेल महँगो मूल्यमा बिक्री भइरहेकाले यसको अवैध निकासी बढेको हो । हिजोआज नेपालको सिमावर्ती क्षेत्रका […]
न्यूजमधेश डेस्क काठमाडौं,१० मंसिर । चालु आर्थिक वर्ष २०७७र७८ को पहिलो चार महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा भने वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको तथ्याङ्कअनुसार १० प्रतिशत आयातमा कमी आउँदा १० प्रतिशतले नै निर्यातमा वृद्धि भएको हो । भन्सार विभागको तथ्याङ्कमध्ये चालू आवको पहिलो चार महिनाको अवधिमा रु चार […]
न्यूजमधेश डेस्क सर्लाही,१० मंसिर । जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन । केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाडौँ पुगेका थिए । त्यसबेला उद्योगको केन्द्रीय कार्यालयमा रहेका अन्नपूर्णका उखु प्रबन्धकले छठअघि केही रकम किसानको खातामा पठाउने आश्वासन दिएको तर किसानले अहिलेसम्म पनि भुक्तानी पाएका […]
न्यूजमधेश डेस्क सप्तरी ,१० मंसिर । पौष्टिकतत्वयुक्त र स्वास्थ्यबद्र्धक मानिने च्याउको खेतीतर्फ सप्तरीका कृषकको आकर्षण बढेको छ । कृषकको आकर्षण बढेपछि च्याउखेतीलाई प्रोत्साहन गर्न कञ्चनरुप नगरपालिकाले नगरभित्रका कृषकलाई अनुदानमा च्याउको बीउ वितरण गर्न थालेको छ । नगरपालिकाको कृषि विकास शाखाले इच्छुक कृषकलाई ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण शुरु गरेको कृषि विकास शाखाका वेचन सढोक […]
न्यूजमधेश डेस्क रौतहट,९ मंसिर । रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ७ सखुअवा धमौराका १९ वर्षीय विकास पासवान र ५५ वर्षीय बिन्द पासवानलाई व्यक्ति हत्याको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । यी दुई व्यक्तिले अत्यधिक मदिरा सेवन गरी सोही ठाउँका अमिरी पासवानलाई गालीगलोज तथा कुटपिट गर्दै जोरले धक्का दिँदा लडेर उनको टाउकामा गम्भीर चोट लागेको […]