०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

समाचार

सुनसरीमा पटकासहित ४ जना पक्राउ

न्यूजमधेश सम्बादाता सुनसरी ,२२ कार्तिक । जिल्लाको इटहरी उपमहानगरपालिका–८ पुष्पलाल चोकबाट पटकासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा इनरुवा–९ का २२ वर्षीय सतम अन्सारी, हरिनगर–२ का २० वर्षीय दिनेश राम, इटहरी–१३ का ३० वर्षीय रञ्जित सरदार र इटहरी– १२ का ३२ वर्षीय शान्ताकुमारी चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ कार्तिक । धार्मिक एवं पुरातात्विक सम्पदा कपिलेश्वर मन्दिरको संरक्षण र अभिलेख उपलब्धको खाँचो आँैल्याइएको छ । कपिलेश्वर मन्दिर युवा समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो खाँचो औँल्याउँदै पुरातत्व विभागले अभिलेखलाई अलपत्र पारेकाले अन्योलको अवस्था रहेको जानकारी दिइयो । पुरातत्व विभागबाट बेलाबेलामा आएको अध्ययन, अनुसन्धान टोली यहाँको विभिन्न मूर्ति र अभिलेख […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२० कार्तिक ।नेपाल विद्यार्थी फोरम लोकतान्त्रिकको ११औं स्थापना दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम गरिएको छ। बिहिवार नेपाल विद्यार्थी फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य पुरशोतम यादवको अध्यक्षतामा नेपाल विद्यार्थी फोरम लोकतान्त्रिकको ११औं स्थापना दिवसको अवसरमा जनकपुरको रेल्वे स्टेसनमा दिप प्रज्वलन कार्यक्रम गरेको हो । सो कार्यक्रममा धनुषा जिल्ला सदस्य विद्यार्थी नेता दिपु कुमार गोइत ,पंकज […]

न्यूजमधेश सम्बादाता महोत्तरी,१७ कार्तिक । प्रत्येक वर्ष तिहार पर्वअघि प्रदेश २ को मिथिला क्षेत्रका कुम्हाल माटोसँग खेल्न अभ्यस्त हुन्छन् । तिहार ९दीपावली० र छठ पर्वका पूजा र व्रत विधिमा माटाका नयाँ भाँडाको प्रयोग गरिने परम्पराले कुम्हाल ९तराईमा माटाका भाँडा बनाउने पेशाका खास जाति समुदाय० अहिले माटोसँग खेल्न अभ्यस्त देखिएका हुन् । महोत्तरीसहितका प्रदेश २ का […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ कार्तिक । जनकपुरधाम उपमहानगरपालिका–७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने १० वर्षीया एक बालिकालाई बन्धक बनाई करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सबैला नगरपालिका घर भई जनकपुरधाममा डेरा गरी बस्ने राम्रोसँग बोल्न नसक्ने फरक क्षमता भएकी बालिकालाई बन्धक बनाई करणी गर्ने भारत विहार सीतामढी जिल्ला […]

न्यूजमधेश सम्बादाता झापा ,१६ कार्तिक । जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ९ की १७ वर्षीया विद्यार्थी अरिस्ता परियारको मिर्गौला रोगका कारण मृत्यु भएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण मिर्गौला प्रत्यारोपणमा सघाउन स्थानीय वडाध्यक्षको संयोजकत्वमा बचाउ समिति गठन गरी सहयोग सङ्कलन भइरहेका बेला उनको आज बिहान मृत्यु भएको हो । गत शनिबार स्वास्थ्य […]

न्यूजमधेश डेस्क सिरहा ,१६ कार्तिक । अवैध यौनजन्य कार्यमा संलग्न रहेको आरोपमा सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ६ स्थित एक होटल सञ्चालकसहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले विकास होटल एण्ड लजका सञ्चालक रामसुन्दर साह र अन्य दुई महिलालाई पक्राउ गरेको हो । बाहिरबाट होटलमा महिलालाई बोलाएर […]

न्यूजमधेश डेस्क सिरहा ,१६ कार्तिक ।बोक्सी भन्दै छोराले कुटपिट गर्दा सिरहाको कर्जन्हा नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ । छोराको कुटाइबाट घाइते ७५ वर्षीया सुदामादेवी साह सोनारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गत मङ्गलवार कान्छो छोरा रामअवतार साहको कुटपिटबाट घाँटीमा गम्भीर चोट लागेर घाइते सुदामादेवीको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको […]