न्यूजमधेश सम्बादाता काठमाडौैं ,३ भदौ। कोरोना भाइरसको महामारी चलेसँगै विश्व मास्कमय बनेको छ । धेरै मुलुकमा सरकारले नै मास्क अनिवार्य गरेको छ भने कतिपय मुलुकमा नागरिक नै सचेत भएर मास्क लगाउन थालेका छन् । नेपालमा सरकारले मास्क नलगाइ हिँड्नेलाई संक्रामक रोग ऐनको व्यवस्था अनुसार १०० रुपैयाँ कारबाही गर्ने गरेको छ । तर मास्क कस्तो लगाउने […]
न्यूजमधेश सम्बादाता काठमाडौं,२ भदौ ।राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।उनको १ सय १ वर्षको उमेरमा निधन भएको हो । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिपारिक स्रोतले जनाएको छ ।स्वासप्रश्वासमा समस्या देखिएपछि विगत ४ महिनादेखि अक्सिजन दिएर उनको घरमै उपचार गरिएको थियो । घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ […]
न्यूजमधेश डेस्क सिरहा ,२ भदौ । गर्भवतीको हत्या गरेको आरोपमा सिरहा प्रहरीले पति र सासूलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उहाँका २० वर्षीय पति धीरज दास र सासू ३५ वर्षीया राजकुमारी दासलाई प्रहरीले पक्राउ गरेको हो । करिब तीन महिनाकी गर्भवती छोरीलाई गत साउन २७ गते कुटपिट […]
न्यूजमधेश डेस्क काठमाडौं ,१ भाद्र । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । कोभिड १९ का कारण परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएको हो । बोर्ड बैठकले विद्यालयहरुले पठाएको नतिजाको मूल्यांकनको प्रमाणिकरण गरेपछि नतिजा […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१ भाद्र । प्रदेश नं २ का प्रदेशप्रमुख तिलक परियारले ‘प्रदेश सञ्चार विधेयक’ फिर्ता पठाउनु भएको छ । प्रदेशसभाबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएका सो विधेयकमा प्राविधिक त्रुटि र अधिकांश शब्द समायोजन नमिलेको कारणले फिर्ता पठाइएको प्रदेश प्रमुखका स्वकीय सचिव पद्म विश्वकर्माले जानकारी गराउनुभएको छ । विधेयकको विभिन्न दफा उपदफामा देखिएका त्रुटिलाई […]
न्यूजमधेश सम्बादाता महोत्तरी,१ भाद्र । नेपालबाट भारततर्फ चोरी निकासी गर्न लागिएका अवस्थामा महोत्तरी प्रहरीले आज २०० किलो मटर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वर नगरपालिका –३ स्थित भारतीय सीमा नजीकै प्रहरीले सात बोरामा राखिएको मटर बरामद गरेको हो । नेपालबाट भारततर्फ टाउकामा बोकेर लैजाँदै गरिएको मटर […]
न्यूजमधेश सम्बादाता कैलाली ,१ भाद्र । कैलालीका विभिन्न स्थानबाट अवैध काठसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका– ११ बेलाबाट नन्दलाल रानाको घरबाट सालका विभिन्न साइजका २५१ थान झ्यालका पल्ला, दुई थान तयारी ढोका र चार थान झ्यालका फ्रेमसहित उहाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो […]
न्यूजमधेश डेस्क सिरहा ,१ भाद्र। कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जिल्ला सङ्कट व्यवस्थापन समिति सिरहाले जिल्लाको १७ वटै स्थानीय तहमा आज बिहानदेखि भाद्र १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सिरहाको १७ वटै स्थानीय तहले […]