०२ जेठ २०८२, शुक्रबार
16-05-2025 , Fri
×

समाचार

जलेश्वर अस्पतालमा भेन्टिलेटर जडान

न्यूजमधेश सम्बादाता महोत्तरी,३२ श्रावण। कोरोना विशेष अस्पताल जलेश्वरमा पाँच थान भेन्टिलेटर जडान गरिएको छ । प्रदेश २ मा कोरोना सङ्क्रमणबाट थप जोखिम हुन नदिन महोत्तरीको सदरमुकाम जलेश्वरस्थित कोरोना विशेष अस्पतालमा भेन्टिलेटर जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले जानकारी दिनुभयो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा कोभिड अस्पतालमा भेन्टिलेटरसहितको आइसीयु सेवा सञ्चालनमा […]

दुर्गा देवकोटा टीकापुर, ३२ श्रावण । लामो समयदेखि तरकारी खेती गर्दै आउनुभएका कैलालीको टीकापुर–बनगाँउका किसान खुशीराम चौधरीले गत जेठ मसान्तमा १० कठ्ठाजमिनमा लौका रोप्नुभयोे । लौकाको लहरा झाँगिदै गई फुलसँगै फल लाग्ने तयारीमा थियो । सोही लौकाबारी यही साउन १४ गते आएको बाढीले डुबान भयो । निरन्तर साउन महिनाभरी वर्षा भइरहेपछि फल्न थालेको लौकाबारी सबै […]

न्यूजमधेश सम्बादाता काठमाडौँ, ३२ श्रावण ।लक्ष्मीनारायण स्मृति मेमोरियल ट्रष्टले राष्ट्रिय भलिबल टोलीका खेलाडी प्रत्येकको रु एक लाख बराबरको कोरोना बीमा गरेको छ । ट्रष्टले कूल ३६ भलिबल खेलाडीको कोरोना बीमा गरेको हो । ट्रष्टले गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद साग मा सहभागी महिला तथा पुरुष राष्ट्रिय टोलीका सबै खेलाडीको कोरोना बीमा […]

न्यूजमधेश सम्बादाता रौतहट,३२ श्रावण । प्रदेश २ का रौतहट जिल्लामा एक दलित युवकको धारिलो हतियारले हत्या गरिएको छ । स्थानीय गरुडा नगरपालिका–८ जिंगडिया गाउँका १७ वर्षीय निरञ्जन राम चमारको गए राति हत्या गरिएको प्रहरीले जनाएको छ । आज बिहान ६ बजे स्थानीयवासीले खबर गरेपछि जिंगडिया भन्दा करीब तीन सय मिटर पर वर्षाको पानीमा शव बरामद […]

न्यूजमधेश सम्बादाता भरतपुर ,३२ श्रावण । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले आज एक सूचना जारी गर्दै अस्पतालका कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भएकाले सेवा बन्द गरिएको जानकारी दिनुभयो । अस्पतालका कर्मचारी, भर्ना भएका बिरामी र सङ्क्रमितसँग सम्पर्कमा आएकाको कोभिड–१९ परीक्षण गर्नुपर्ने […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,३२ श्रावण । जिल्ला प्रशासन कार्यालयले धनुषामा एक साताका लागि लकडाउन थपेको छ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेकाले आज राति १२ः०० बजेपछि लकडाउनको अवधि सकिन लागेपछि पुनः भदौ ७ गतेसम्मका लागि लकडाउन अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाल सरकारले जारी […]

न्यूजमधेश सम्बादाता बाँके,३१ श्रावण । लगातारको वर्षाले कर्णाली नदीको बहाव बर्दियातिर फर्किएपछि राजापुर नगरपालिकाका तटीयक्षेत्र बाढीको उच्च जोखिममा परेको छ । कर्णाली नदीमा जलस्तर बढ्न थालेपछि राजापुर—३ तिघ्रामा कर्णाली नदीले कटान शुरु गरेका कारण यस क्षेत्र र आसपासका गाउँ उच्च जोखिममा परेको हो । गाउँलाई डुबानबाट जोगाउन नदी कटान रोक्नका लागि यहाँका सयाँै स्थानीयवासीले जनश्रमदान […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,३१ श्रावण । संचारकर्मी सन्तोष यादब र सिबेन्द्र रोहितामाथि प्रहरीले कुटपिट गरेको प्रहरीमाथि कारबाहीको माग गर्दै युवाहरुले जनकपुरमा प्रदर्शन गरेको छ । प्रदर्शनमा उत्रेका युवाहरुले पत्रकार कुट्ने प्रहरीमाथि कारबाही गर, प्रेस स्वतन्त्रता कायम गर, गुण्डागर्दी चल्दैन, सिडिओ र एसपी मुर्दावाद जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । प्रदर्शन रोक्न ठूलो […]