०२ जेठ २०८२, शुक्रबार
16-05-2025 , Fri
×

समाचार

क्रिकेट खेलबाट सन्यास लिने क्रिकेटर धोनीको घोषणा

न्यूजमधेश डेस्क जनकपुरधाम ,३१ श्रावण। भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले सन्यासको घोषणा गरेका छन्। पूर्वकप्तान धोनीले शनिबार बेलुका सामाजिक सञ्जाल इन्टाग्राममा स्टाटस लेख्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको बताएका छन्। भारतका लागि विश्वकप, टी ट्वान्टी विश्वकप र च्याम्पियन्स ट्रफि जस्तो विश्वका तीन ठूला उपाधि जिताउन मद्दत गरेका धोनीले सन्यास घोषणा गरेका छन्। उनले लेखेका […]

न्यूजमधेश सम्बादाता इनरुवा,३१ श्रावण । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा  नम्बर ७ का एक युवकको हत्या भएको छ। बिहीबारदेखि हराइरहेका २१ वर्षीय गुनराज यादव शव आज फेला परेको हो। बिहीबारै धारिलो हतियार प्रयोग गरी यादवको हत्या गरेर सुनसरी खोलामा फ्याँकिएको र आज शव बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यादवलाई हत्या गरेर हातखुट्टा डोरीले […]

न्यूजमधेश सम्बादाता झापा ,३१ श्रावण । कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिएसँगै झापाका चार स्थानीय तहले बन्दाबन्दी घोषणा गरेका छन् । जिल्लामा समुदायमा रहेका ५१ जना कोरोना सङ्क्रमित भएपछि पालिकाहरु धमाधम बन्द हुन थालेका हुन् । बन्दाबन्दी घोषणा गर्नेमा दमक र मेचीनगर नगरपालिका तथा कमल र बुद्धशान्ति गाउँपालिका छन् । चारवटै पालिकाले एक हप्ताका लागि बन्दाबन्दी […]

न्यूजमधेश सम्बादाता महोत्तरी,३१ श्रावण । महोत्तरीमा एउटै वडामा १६ जनालाई विषालु सर्पले टोकेपछि स्थानीयवासी त्रसित भएका छन् । महोत्तरीको भङ्गहा नगरपालिका वडा नम्बर–५ राजपुरमा पाँच घण्टाको अन्तरालमा १६ जनालाई सर्पले टोकेपछि स्थानीवासी त्रसित भएका हुन् । धानखेतमा काम गरिरहेका बेला बिहीबार ४५ वर्षीया जैमुन खातुनलाई विषालु सर्पले टोकेपछि उनको मृत्यु भएको थियो । शुक्रबार साँझ […]

न्यूजमधेश सम्बादाता रौतहट ,३१ श्रावन। रौतहटको समुदायमा कोरोना संक्रमितको संख्या बढ्न थालेपपछि विशेष सुबिधाका लागि जिल्लामै पिसिआर मेसिन संचालन हुने र प्रत्येक स्थानीयतहमा कम्तीमा १ सय बेडको क्वारेन्टिन बनाउने निर्णय गरीएको छ । संक्रमितको सम्पर्कमा आएकाहरुको संख्या बढ्दै गएको अवस्थामा संकलन हुने थ्रोट स्वाबको परिक्षणका लागि जिल्ला अस्पताल गौरमा केहीसमय भित्रै पिसिआर मेसिन संचालन हुन […]

मनोज बनैता सिरहा, ३१ श्रावण । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ तथा मनकामना ड्राईभिङ्ग सेन्टर लाहानको सहयोग तथा संयोजनमा दलित समुदायका ५ जनालाई निशुल्क ड्राईभिङ्ग तालिम दिएको छ । स्वरोजगारलाई बढावा दिने लक्ष्यको साथ शुरु गरिएको उक्त शिप मुलक तालिममा ईटहर्वा ५ का संजीव सदाय, सखुवानन्कारकट्टी ५ का जित नारायण पासवान, ईटहर्वा २ का […]

न्यूजमधेश डेस्क काठमाडौँ,३२ श्रावण । आज अगस्ट १५ अर्थात ब्रिटिश साम्राज्यबाट भारत स्वतन्त्र भएको दिन । ब्रिटिश उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतमा हरेक वर्ष अगस्ट १५ मा विशेष कार्यक्रम गर्दै आइए पनि यस वर्ष भने कोरोना महामारीका कारण भौतिक दूरी कायम गरेर कार्यक्रम राखिएको थियो । भारतको लालकिल्लामा पुगेर भारतीय स्वतन्त्रता दिवसको समारोहलाई सम्बोधन […]

न्यूजमधेश सम्बादाता काठमाडौं,३१ श्रावण ।भारतको ७४औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली आज भारतीय समकक्षी मोदी र त्यहाँका जनतालाई शुभकामना दिएका हुन्। प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वतन्त्रता दिवसको बधाई तथा शुभकामना दिएका छन्। ‘भारतीय जनताको प्रगति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्। १५ अगस्ट […]