३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

समाचार

‘पत्रकारमाथि आक्रमण गर्ने दोषीमाथि कारबाही होस्’

न्यूजमधेश सम्बादाता टीकापुर,२८ श्रावण । नेपाल पत्रकार महासङ्घका सभासद् एवं कैलालीको टीकापुरस्थित कान्तिपुर संवाददाता गणेश चौधरीलाई समाचार सङ्कलनका क्रममा आक्रमण गरी घाइते बनाएको घटनामा संलग्न व्यक्तिहरुमाथि कानूनी कारबाही गर्न माग गरेको छ । साउन २६ गते कैलालीको जानकी गाउँपालिका–६ जगतपुरमा समाचार सङ्कलनका क्रममा रहेका पत्रकार चौधरीमाथि सोही ठाउँका दिनेश कडायत, दिनेश शाह, शिरिष शाह, सुरेन्द्र […]

न्यूजमधेश सम्बादाता कञ्चनपुर,२८ श्रावण । महाकाली नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि अढाई करोड खर्च भएको छ । महाकालीमा रु दुई करोड ४० लाख ७७ हजार रकम खर्च गरिएको हो । महाकाली नगरपालिकामा सबैभन्दा बढी राहत वितरणमा खर्च भएको देखिएको छ । कार्यालयले सार्वजनिक गरेको खर्च विवरणअनुसार राहतमा रु ४३ लाख २७ हजार खर्च भएको […]

न्यूजमधेश डेस्क सप्तरी ,२८ श्रावण । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–६ मा आज भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४च ८४८३ नंको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको स७प ८९३२ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा बालिकासहित चार जना […]

न्यूजमधेश डेस्क काठमाडौं,२८ श्रावण ।राष्ट्रिय गौरवको रुपमा रहेको हुलाकी राजमार्गमा गत आर्थिक वर्षमा लक्ष्यभन्दा १५८ किलोमिटर कम सडक मात्रै कालोपत्र भएको छ । आयोजनाले ३५० किमी सडक कालोपत्र गर्ने लक्ष्य लिएको थियो । तराई मधेशको समृद्धिसँग जोडेर हेर्ने गरिएको सो आयोजनामा कोभिड–१९ का कारण अपेक्षित रुपमा निर्माण हुन नसकेकाले भौतिक प्रगति कम देखिएको छ । […]

न्यूजमधेश डेस्क काठमाडौँ ,२८ श्रावण । ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा टेकुकी एक महिलाको मृत्यु भएपछि टेकु क्षेत्र सिल गरिएको छ । मंगलबार राति सवा १ बजे उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि टेकुको मुख्य सडकबाहेकको क्षेत्रमा शिल गरिएको काठमाडौँ महानगरपालिका – १२ का वडाअध्यक्ष विकास डंगोलले जानकारी दिए । टेकुस्थित चल्खुकी ७८ […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२८ श्रावण । समाजसेवी कृष्ण गिरीको मृत्युको खवरले जनकपुरमा शोक छाएको छ । कोरोना सङ्क्रमण देखिएपछि साउन ५ गते विमान चार्टर गरेर उहाँलाई काठमाडौंस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उहाँको ७३ वर्षको उमेरमा गएराति निधन भएको परिवारले जनाएको छ । उहाँको दुई छोरा र एक श्रीमती छन् । नेपाल […]

न्यूजमधेश सम्बादाता दाङ ,२८ श्रावण । जिल्लामा कोरोनाको महामारीका कारण बन्द भएका होटल व्यवसाय यही साउन १५ देखि सञ्चालनमा आएका छन् । बन्दाबन्दीको चार महिनापछि होटेल त सञ्चालनमा आए तर व्यवसाय फस्टाउन सकेको छैन । व्यवसाय फस्टाउन नसक्दा होटेलमा श्रमिकको रोजीरोटीको अझै कुनै टुङ्गो छैन । व्यवसाय तत्काल फस्टाउने अवस्था नभएपछि होटेलमा आधा जनशक्तिले मात्रै […]

न्यूजमधेश सम्बादाता काठमाडौँ, २८ श्रावण । नेपाललगायत विश्वमा आज अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ । नेपालमा पनि ‘विश्व अभियानका लागि युवा सहभागिता रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने नाराका साथ यो दिवस मनाउन थालिएको छ । यस वर्ष कोरोना भाइरसका कारणले दिवस भर्चुअल रूपमा कार्यक्रम गरी मनाउन थालिएको हो । […]