काठमाडौं । वैज्ञानिकका रुपमा काम गरिसकेका दुवै जना दाजु डा. जयकान्त राउत कृषि (च्याउ विज्ञान)मा चिवा विश्वविद्यालय, जापान र भाइ डा. सीके (चन्द्रकान्त) राउत क्याम्ब्रिज विश्वविद्यालय इंग्लयाण्डबाट इन्फरमेशन इन्जिनियरिङमा विद्यावारिधि (पिएचडि) गरेका हुन् । एउटा परिष्कृत एवं समृद्ध समाज निर्माणको साझा सपनासहित विदेशबाट दाजुभाइ सन् २०११मा आफ्नो गाउँ फर्के तर दुवैजनाले आ–आफ्नो सपना पूरा गर्ने […]
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा विभिन्न पार्टीका एक दर्जनभन्दा बढी नेताकार्यकर्ताहरुले जनमत पार्टी प्रवेश गरेका छन् । मंगलबार जनकपुरधाम उपमहानगरपालिका-१८ मा जनमत पार्टीका नेता दिनेश साहको प्रमुख आतिथ्यमा भएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी एक दर्जनभन्दा बढी नेताकार्यकर्ताहरु जनमत प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि रहेका नेता साहले टीका र अबिर लगाएर पार्टीमा स्वागत […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको बैंक खातामा डेढ करोड रुपैयाँ रहेको पाइएको छ । मंगलबार सार्वजनिक सम्पत्ति विवरणमा उल्लेख भए अनुसार मन्त्री श्रेष्ठका श्रीमान पोल्याण्डका नागरिकको खातामा भएको रकमसमेत जोड्दा साढे ४ करोड रुपैयाँ पुग्छ । सम्पत्ति विवरणका अनुसार मन्त्री श्रेष्ठको एनआईसी एसिया बैंकको खातामा १ करोड १५ लाख रुपैयाँ छ । […]
काठमाडौं। एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई रु पाँच लाखमा बिक्री गरेको पाइएको छ। प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार नुवाकोटको किस्पाङ घर भई हाल चीनमै बस्ने ४३ वर्षकी मनमाया घलेले रु पाँच लाख लिएर चिनियाँ नागरिकसँग नक्कली बिहे गराई पीडित महिलालाई चीन पुर्याएर वेश्यावृत्तिमा लगाएको भेटिएको हो। पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धान […]
जनकपुरधाम ।पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीति परिस्थितिका कारण मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् । आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले सङ्घीय सरकारको स्वरूपमा भएको परिवर्तनअनुसार मधेस प्रदेशमा पनि सरकार परिवर्तन हुने बताए। मुलुक सङ्घीय संरचनामा रहेकाले केन्द्रीय संरचनाअनुसार नै प्रदेश सरकारको संरचना बाध्य […]
काठमाडौं। सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरू भएकाे छ। सहकारीको अर्बौं रकम हिनामिना प्रकरणको छानविन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको जारी बैठकमा समितिको कार्यादेश (टिओआर) का विषयमा छलफल भइहरेकाे छ। यसअघिका बैठक समितिको टिओआरका विषयमा सहमतिमा पुग्न सकेका थिएनन्। बचतकर्ताको […]
जलेश्वर । भङ्गहा-जनकपुर-जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो । महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेल सेवा प्रारम्भ भएको हो । नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेल सेवा बन्द […]
पर्सा ।वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। महानगरले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा तीन करोड १८ लाख ९८ हजार २९ रुपैयाँ बढी सङ्कलन गरेको हो। महानगरले गत आवको १० महिनामा रु ३६ करोड ६१ लाख ३६ […]