०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

समाचार

सीके राउतले आज भृकुटीमण्डपबाट ‘नौलो गणतन्त्र’को आन्दोलनको उद्घोष गर्दै

जनकपुरधाम । डा‍. सीके राउत नेतृत्वको जनमत पार्टीले ‘नौलो गणतन्त्र’ आन्दोलनको उद्घोष गर्ने भएका छन् । जनमतले काठमाडौंको भृकुटीमण्डपमा आज उद्घोष सभा राखेको हो । सभाको सम्बोधन अध्यक्ष डा‍ राउत र सो पार्टीका नेताहरूले गर्ने बुझिएको छ । सोमवार मधेशका प्रायः गाउँबाट जनमतका नेता कार्यकर्ताहरू नाइट बसमार्फत काठमाडौं हिँडेका थिए । उनीहरू आज काठमाडौं पुगेका […]

कास्की । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था ल्याउनुपर्ने बताएका छन्। मधेश-कास्की सम्पर्क समाज पोखराको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले समाजवाद उन्मुख भनेर संविधानमा व्यवस्था गरिए पनि राजनीतिक प्रणालीका कारण स्थायित्व कायम हुन नसकेको बताए ।‘वर्तमान संवैधानिक व्यवस्थाबाट मुलुकले राजनीतिक स्थिरता पाउने देखिँदैन ।’ स्थायी सरकारका लागि […]

काठमाडौं । मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । साथै चालु आर्थिक वर्षको १० महिनामा रु ९८ अर्ब ऋण थपिएको छ । यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो । “चालु आर्थिक वर्ष २०८०/८१ को सुरुमा कूल सार्वजनिक ऋण रु […]

जनकपुरधाम । सरकारी, गैरसरकारी संस्थाको जागिर छाडेर पाँच जना युवा मिलेर एउटा मात्र गाई किनेर सुरु गरेको व्यवसायबाट अहिले करोडौँको कारोबार भइरहेको छ । यसरी जागिर छोडेर तत्काल बेरोजगार भएका युवाले गाई किन्दा घरपरिवारबाट असहयोग मात्र होइन सबैले पागल भइस् भन्थे । तर पनि दह्रो विश्वास, दृढ सङ्कल्पका साथ २०६९ मा ७२ हजार रुपियाँमा किनेको गाईको नाम […]

जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा आफ्नो अधिकार प्राप्तिका लागि दर्जनौं महिलाहरु पार्टी प्रवेश गरेकी छिन् । शहिदनगर नगरपालिका-५ हरबरामा आयोजित एक कार्यक्रमबीच नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) की नगर सदस्य शिला देवी मण्डल ,नेकपा एमालेकी अमृती कुमारी मण्डल ,दुलारी देवी शर्मा,आशा मण्डलले प्रवेश गरेको विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादवले बताए । […]

जनकपुरधाम । नागरिकता कीर्ते सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्षमा आज वरिष्ठ अधिवक्ताहरू जनकपुरधाम आएका छन् । धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुसन्धान गर्न तीन दिनको म्याद दिएको थियो । आज प्रहरीले पुनः म्याद थप्न सिरोहियालाई अदालत ल्याएपछि उनको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ताहरू जनकपुरधाम आएका हुन् । वरिष्ठ अधिवक्ता शम्भु […]

जनकपुरधाम । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले आज फेरि म्याद थपको लागि अदालतमा पेश गर्न लागेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेको सिरोहियालाई पुनः म्याद थपको लागि जिल्ला अदालत धनुषामा पेश गर्न लागेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । जिल्ला अदालत धनुषाले अनुसन्धानको […]

जनकपुरधाम ।धनुषाको कमला नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि सयौं जना नेताकार्यकर्ता जनमत पार्टी प्रवेश गर्नुभएको छ। अबराम मण्डलको अध्यक्षतामा कमला नगरपालिका-९ मा आयोजित पार्टी प्रवेश कार्यक्रम जनमत पार्टीका नेता दिनेश साहको प्रमुख आतिथ्यमा विभिन्न पार्टीका एक सय भन्दाबढी नेताकार्यकर्ताहरु जनमत प्रवेश गर्नुभयो। उहाँहरुलाई जनमत पार्टीकी केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डल र कार्यक्रमका प्रमुख अतिथि समेत […]