न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१६ जेठ । भारतमा रहेका नेपालीलाई ल्याउन भन्दै गत जेठ ४ गतेदेखि खुल्ला गरिएका सीमा नकाकाहरु बन्द गरिएको छ । धनुषाका समेत जटही र खजुरी नाका बन्द भएको छ । सरकारको यो निर्णयसँगै प्रदेश २ का सात वटा सिमा नाकाबाट मात्रै नेपाली आउने भएका छन् । प्रदेशको सप्तरीस्थित कुनौली नाका, सिरहास्थित ठाडी […]
न्यूजमधेश सम्बादाता कैलाली ,१६ जेठ । कैलालीको त्रिनगर नाकाबाट बिहिबार ठूलो सङ्ख्यामा नेपालीको उद्धार गरिएको छ । स्थानीय प्रशासनको समन्वयमा भारतमा अलपत्र परेका चार हजार ७९६ जना नेपालीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । उद्धार गरिएका कसैको पनि कोरोना सङ्क्रमणको परीक्षण हुन नसकेको प्रहरी नायब उपरीक्षक बस्नेतले […]
न्यूजमधेश सम्बादाता राजविराज,१५ जेठ । सप्तरीको रुपनी गाउँपालिका–२ पौवामा एक बालकको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । घर नजिकै खेलिरहेका सियाराम मण्डलका १६ महिने छोरा आयुष मण्डलको आज डुबेर मृत्यु भएको हो । खाल्डोमा लडेर अचेत भएका बालकलाई उपचारका लागि नजिकैको युनिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा बालकको मृत्यु भएको परिवारका […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१५ जेठ । कोरोना भाईरस संक्रमण परीक्षण गर्नको लागि जनकपुरधाम उपमहानगरपालिकाले पीसीआर मेसिन खरिद गर्ने भएको छ । बुधबार बसेको विपद् व्यवस्थापन समतिको बैठकले कोरोना भाइरस परीक्षण गर्नको लागि पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको हो । समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख लाल किशोर साहको अध्यक्षतामा बसेको बैठकले पीसीआर मेसिन खरिद, कर्मचारीलाई […]
रंजित चौरसिया वीरगंज, १५ जेठ ।पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नं. ४ का गरिब तथा अतिबिपन्न घरपरिवारलाई मिथिला वाईल्ड लाइफ ट्रष्ट धनुषाधामद्वारा राहत वितरण गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट बच्नका लागि नेपाल सरकारले लकडाउन गरेको छ । लकडाउनमा दैनिक मजदुरी गरी खाने गरिब, अतिबिपन्न परिवार पूर्ण रुपले नराम्ररी प्रभावित भएको […]
सोलिन्द्र चौधरी काठमाण्डू ,१५ जेठ । चालू आर्थिक वर्षको तुलनामा आगामी आवको बजेट रु ५८ अर्ब ३२ करोड ७१ लाखले घटेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आवका लागि आज सङ्घीय संसद्मा पेश गर्नुभएको बजेट रु १४ खर्ब ७४ अर्ब ६४ करोडको रहेको छ । चालू आवका लागि गत जेठ १५ गते प्रस्तुत गरिएको […]
न्यूजमधेश सम्बादाता काठमाण्डू ,१५ जेठ। सरकारले आगामी आर्थिक वर्षदेखि ‘नेशनल पेमेन्ट गेटवे’ सञ्चालनमा ल्याई नेपालभित्रका सबै प्रकारका भुक्तानी फरफारक हुने व्यवस्था मिलाउने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आवको बजेट वक्तव्यमा विद्युतीय भुक्तानी कारोबारको लागत घटाउँदै नगदरहित कारोबारलाई प्रोत्साहन गरिने उल्लेख छ । मन्त्री खतिवडाले विद्युत्, […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१५ जेठ । जनमत पार्टीका राष्ट्रीय अध्यक्ष डा सीके राउतले आज १३औं गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गदै डा राउतले भने गणतन्त्र मधेशको रगतमै रहेको बताए । उनले दिदै भने २७०० वर्ष अगाडी जतिबेला अधिकांश विश्वलाई गणतन्त्र भन्ने थाहा पनि थिएन । […]