०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

समाचार

काेराेनामुक्त भएर घर फर्किए बाँकेका एक युवक

न्यूजमधेश सम्बादाता बाँके,१२ जेठ । बाँकेमा एक युवक काेराेनामुक्त भएर घर फर्किएका छन्। खजुरास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका-८ का १८ वर्षीय युवक पूर्णरूपमा स्वस्थ भई घर फर्किएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार खजुरास्थित कोरोना विशेष अस्पतालमा उपचारपछि स्वस्थ भएर घर फर्किनेको संख्या अब २२ पुगेको […]

न्यूजमधेश सम्बादाता राजविराज ,१२ जेठ । सप्तरीको बोदेबरसाइन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंहले कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित भएर इद मनाउन मुस्लिम समुदायलाई अपिल गर्नुभएको छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इदउल फित्रको अवसरमा आज न्यूजमधेश संग कुरा गर्दै उहाँले यस वर्ष विश्वभर फैलिएको कोभिड–१९ का कारण यी चाडपर्व खुला र भव्यरुपमा आयोजना गरी मनाउन […]

न्यूजमधेश सम्बादाता महोत्तरी ,१२ जेठ । जिल्लाको रामगोपालपुर नगरपालिका –७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । प्रहरी लागुऔषध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,११ जेठ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एकै परिवारका १८ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार एकै परिवारका १८ जना कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट आइतबार राति डिस्चार्ज भएका हुन् । उनीहरुमध्ये एक जना गत बैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,११ जेठ । देशलाई समृद्ध बनाउन तथा डिप्लोमा इन्जिनियरहरूको हकहित सुरक्षित गर्न डा.सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन डिप्लोमा ईन्जिनियर जनमत संघ ई. मुकेश मैरता नेतृत्वमा २०७ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरिएको छ । भिडियो कन्फरेन्स मार्फत् ई. दीपक कुमार साहको अध्यक्षतामा गत बुधवार विभिन्न जिल्लाका डिप्लोमा ईन्जिनियरहरूसँग बैठक गरी […]

मनोज मोरबैता जनकपुरधाम,११ जेठ।मुस्लिम समुदायको महा चाड पर्व ईदका अवसरमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले शुभकामना व्यक्त गरेका छन् । डा राउतले ईद – उल – फितरको शुभकामना दिदै उनले सम्पुर्ण मुस्लिम समुदायको ईच्छा पूरा होस् ।उनिहरुको जिवनमा खुशी आउस र धार्मिकता र सत्यको बाटोमा हिडिरहनु भने व्यक्त गरेका छन् । त्यसैगरी गैर […]

न्यूजधेश सम्बादाता परासी ,१० जेठ । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–५ का तत्कालीन वडा सचिव गोविन्द कहारसहित दुई जना लिखतसम्बन्धी कसुर(किर्ते) गरेका अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । सोही मुद्दाका अर्का प्रतिवादी वडाध्यक्ष ओमप्रकाश गुप्ता भने फरार रहेको जिल्ला अदालतले जनाएको छ । विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि दिने क्रममा मूल प्रमाणपत्र र मूल […]

न्यूजमधेश सम्बादाता चितवन,१० जेठ । सामुदायिक वनमा घाँस काट्ने क्रममा पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको जानकारीअनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं १३ निवासी १५ वर्षीय सरोज विक रहेका छन् । प्रहरीका अनुसार घाँस काट्न जाँदा विक बाटुली पोखरी सामुदायिक वनमा रुखबाट लडेका थिए । रुखबाट लडेर घाइते विकको […]