न्यूजमधेश सम्बादाता तुलसीपुर ,२० चैत्र । दाङमा आगलागीबाट तीन घर जलेर नष्ट भएका छन् । गढवा गाउँपालिका वडा नं ६ मनिकापुुरमा आज अपराह्न करिब ४ः०० बजेतिर आगलागी हुँदा तीन घर, दुई गोठ, एक घुम्ती पसल र दुई भान्साघर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । स्थानीय विष्णुु रानाको घर तथा भान्साघर, भक्तबहादुुर […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२० चैत्र।भगवान रामको ससुराली जनकपुरधामको जानकी मन्दिरमा जन्मोत्सव (रामनवमी )को सबै तयारी पुरा भइसकेकोछ ।‘भगवानको जन्मोत्सव विधिबिधान पूर्वक मनाइनेछ’जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए उनले भने, श्रद्धालु भक्तजनहरुको सहभागिता बिना नै सबै आयोजन हुने भएको छ। मर्यादा पुरुषोत्तम भगवान रामको जन्मोत्सव(रामनवमी) पर्वलाई जानकी मन्दिरले बिधिपूर्वक मनाउने भएकोछ ।विहिवार भगवान रामको […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१९ चैत्र । कोरोनाको आशंकमा प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएका दुई व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालको आइसोलेशनमा भर्ना भएका दुबै व्यक्तिको रिपोर्ट नेगेटिभ आएको अस्पतालका ल्याब विभागकी प्याथोलोजिस्ट डा. स्वेना ठाकुरले जानकारी दिइन् । उनका अनुसार भारतबाट केहि दिन अगाडि आएका ती दुई व्यक्तिमा रुघाखोकी र ज्वरो देखिएपछि अस्पतालमा भर्ना […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१९ चैत्र। प्रदेश २ सरकारले स्थापना गरेको विश्वव्यापी रुपमा फैलिएको कोरोना भारइस सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल बैंक लिमिटेडले रु पाँच लाखको सहयोग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतलाई आज जनकपुरस्थित बैंकका प्रतिनिधिले रु पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् । यसअघि सो कोषमा सिद्धार्थ बैंक, कृषि विकास बैंक र […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१९ चैत्र ।विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि सरकारले लगाएको लकडाउनको समयमा दिनकमाउने रात खाने अति विपन्न परिवारलाई स्थानीय विद्यार्थीले राहत वितरण गरेको छ। मंगलबार सिरहाको सुखिपुर नगरपालिका वडा नं.८ मा स्थानीय विधार्थी नेता नितेश कुमार यादबको अगुवाइमा अति विपन्न ५ घरपरिवारलाई राहत वितरण गरेको छ। विद्यार्थी नेता यादवका अनुसार विद्यार्थीहरुको […]
न्यूजमधेश सम्बादाता गौर,१९ चैत्र। लागु औषध मुद्दामा रौतहटको इशनाथ नगरपालिकाको मेयर र निजका भाईलाई पक्राउ गर्न मकवानपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत मकवानपुरले मुलुकी फौजदारी कार्य विधि संहिता २०७४ को दफा ९ को उपदफा ३ बमोजिम रौतहटको इशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता र निजका भाई एम्बुलेन्स संचालन समितिको अध्यक्ष मोहन […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१९ चैत्र ।संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश २ सरकारलाई कोरोना भाइरसबिरुद्वका पाँच किसिमको सामग्री पठाएको छ । मन्त्रालयले उपलब्ध गराएको सामग्री मंगलबार ट्रक मार्फत् जनकपुरधाम आइपुगेको छ । मन्त्रालयले प्रदेश २ लाई १० हजार थान मेडिकेटेड मास्क, ४ सय थान एन–९५ मास्क, २० हजार थान पंजा र १ हजार थान […]
न्यूजमधेश सम्बादाता काठमाण्डू ,१८ चैत्र ।सरकारले लकडाउनको समयमा जो जहाँ छ, त्यहीँ व्यवस्थापन गर्ने र सीमानाका भने नखोल्ने भएको छ ।भारतबाट नेपाल फर्कन चाहनेसमेत उतै बस्नुपर्ने र नेपालमा रहेका भारतीय नागरिकसमेत भारत फर्कन नपाउने भएका छन् । कोरोनाको सङ्क्रमण फैलन सक्ने त्रासका बीचमा दुई देशको सीमानाका बन्द भएको बेला नेपाल फर्कन खोजेका नेपाली नागरिकको सङ्ख्या […]