न्यूजमधेश सम्बादाता काठमाण्डू ,१८ चैत्र।पूर्वराजा ज्ञानेन्द्र शाहले कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउन बाध्यात्मक अनिवार्यता भएकाले यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई पनि नभएको बताउनुभएको छ । कोभिड–१९ का सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै उहाँले विश्वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिङ्गो मानव सम्यता र विकासलाई नै गम्भीर चुनौती दिएको उल्लेख […]
न्यूजमधेश सम्बादाता लाहन,१८ चैत्र । आगोमा जलेर सिरहाको गोलबजार नगरपालिकामा आज एक महिलाको मृत्यु भएको छ । गाउँकै मन्दिरमा बत्ती बाल्ने क्रममा दियोबाट सल्केको आगोमा जलेर सोमबार साँझ गम्भीर घाइते गोलबजार नगरपालिका–१ मुक्सार बरडाँडाकी ५७ वर्षीया देवसुनैरदेवी यादवको आज दिउँसो उपचारको मृत्यु भएको हो । शरीरको अधिकांश भाग जेलर गम्भीर घाइते यादवको स्थानीय भूमिजा हस्पिटल […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१८ चैत्र ।प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना सङ्क्रमण नियन्त्रणको लागि जस्तोसुकै कदम चाल्न सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि प्रदेशमा भए गरेका कामबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिन बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले अहिलेको अवस्थामा कुनै इन्तुकिन्तु नभई जनताको जनधनको सुरक्षामा सम्पूर्ण शक्ति लगाउन निर्देशन […]
न्यूजमधेश सम्बातादा राजविराज ,१८ चैत्र। औषधि किनेर सीमावर्ती क्षेत्र भारतबाट आइरहेको अवस्थामा सप्तरीका दुई युवकलाई निर्घात कुटपिट गर्ने सशस्त्र प्रहरीका जवानलाई कारबाही गरिएको छ । कुटपिटमा संलग्न एक जवानलाई निलम्बन गरिएको छ भने अर्का एक जनालाई कारबाहीका लागि सदरमुकाम राजविराज तानिएको छ । दुई युवकलाई बलान बिहुल गाउँपालिकास्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा निर्घात कुटपिट गर्नेमध्येका मनोज […]
सिमृन काफ्ले :आर्थिक वृद्घि र व्यापार विस्तार नै विकासको प्रमुख सूचक भनेर दावी गरिरहेका मुलुकमा कोरोना भाइरसको संक्रमणबाट भएको आकस्मिक मानवीय र आर्थिक क्षतिले मानव अस्तित्व कति कमजोर जगमा अडिएको रहेछ भन्ने जगजाहेर गरिदियो। मनिसले स्वास्थ्यलाई कुन हदको प्राथमिकतामा राख्नुपर्ने रहेछ, रोकथाम र जनस्वास्थ्य उपचारभन्दा कति बलवान हुँदोरहेछ भन्ने स्पष्ट बनाइदियो। स्वास्थ्यमा निजी क्षेत्रको गहिरो […]
न्यूजमधेश सम्बादाता कलैया,१७ चैत्र । जिल्ला प्रशासन कार्यालय र बारा उधोग बाणिज्य संघको पदाधिकारीहरु बिच सोमबार छलफल भएको छ । लकडाउनको समयमा खाद्यान सहज रुपले आपुर्ति गराउनका लागि बैठकमा निर्णय भएको बारा उधोग बाणिज्य संघका अध्यक्ष बिनोद साहले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितको अध्यक्षतामा सम्पन्न सो बैठकमा नेपाल प्रहरीका उपरिक्षक कृष्ण […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१७ चैत्र । कोरोना संक्रमणबाट बच्न सरकारले लक डाउन लगाएपछि चैती छठ पर्व प्रभावित भएको छ । जनकपुरधामसहित प्रदेश २ का जिल्लामा भव्यताका साथ यो पर्व मनाउने गरिन्छ । लक डाउनका कारण सार्वजनिक पोखरी र जलासयमा जान नपाएपछि श्रद्वालुहरुले आफ्नो आँगनमै चैती छठ पर्व मनाएका छन् । सोमबार चैती छठ पर्व अन्तर्गत अस्ताउँदो […]
न्यूजमधेश सम्बादाता काठमाण्डु ,१७ चैत्र । चिनियाँ वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्ध गरेको नयाँ खोज सफल भएको छ । वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्ध तयार पारेको नयाँ न्यानोमेट्रियलले कोरोना भाइरसलाई शोषण गर्ने र निस्क्रिय पार्ने दावी गरेका छन् । न्यानोमेट्रियलले कोरोना भाइरसलाई शोषण गर्ने र निस्क्रिय गर्छ । यसले कोरोना भाइरसलाई ९६.५ प्रतिशतदेखि ९९.९ प्रतिशतसम्म डिएक्टिभ पार्ने ग्लोबल टाइम्समा […]