श्यामसुन्दर यादव राजविराज, १९ पुस । तत्कालिन नेपाल सदभावना पार्टीक संस्थापक मध्येका एक नेता गुणानन्द चौधरीको शनिवार निधन भएको छ । राजविराज नगरपालिका वडा नम्वर ३ निवासी चौधरीको ९६ बर्षको उमेरमा निधन भएको हो । राजबिराज नगरपञ्चायतका तत्कालीन उप–प्रधानपञ्च दास राष्ट्रिय जनता पार्टीका सदस्य थिए । स्वतन्त्रता सेनानी समेत रहेका उनी केही समयदेखि विरामी परेका […]
न्यूजमधेश समाचारदाता लाहन,१९ पुस।सार्वजनिक विदाको दिन सरकारी सवारी साधन चलाएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ । पुस १९ गते शनिबार सिरहा जिल्लाको विभिन्न स्थानहरुमा सार्वजनिक विदाको दिन सरकारी सवारी साधन चलाएको भन्दै नियन्त्रणमा लिएको हो । सार्वजनिक विदा शनिबारको दिन जिल्ला प्रशासन कार्यालयबाट सरकारी सवारी साधनहरु चलाउन वितरण गरिने ‘पास’ विना चलाईरहेको अवस्थामा ८ (आठ) […]
मनोज मोरबैता जनकपुरधाम,१९ पुस।जनमत पार्टीका जनवर्गीय संगठन अन्तर्गत विद्यार्थी जनमत संघ धनुषाको तदर्थ समिति गठन भएको छ। शनिबार जनमत पार्टी धनुषाको कार्यलयमा अभिमन्यु प्रसाद महतोको अध्यक्षतामा ३५ सदस्यीय विद्यार्थी जनमत संघ धनुषाको तदर्थ समिति गठन गरिएको छ। समितिको संयोजकमा विजय यादव र नवीन पण्डित रहेको छ। त्यसैगरी उपाध्यक्षमा ज्ञानेन्द्र कुमार दास , सचीवमा धिरज मण्डल […]
धीरज काेरी कपिलवस्तु ,१९ पुस।कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं.३ हाथाउसामा पूर्व निर्माण तालिम सम्पन्न भएको छ। शनिबार श्री हेमराज उच्च माध्यमिक विद्यालय हाथाउसामा जलस्रोत तथा सिँचाइ डिवीजन विकास कार्यालय कपिलवस्तुकाे अायोजनामा संचालन गरिएको थियो । उक्त तालिम मा प्राविधिक तथा शसक्तिकरण ,प्रेरक जस्ता कुरा मा जोड गरिएको थियाे।तालिममा उपभोक्ता समिति ,समाजसेवी जनप्रतिनिधि र वाणगंगा […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम, १९ पुस । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान लिनेगरी भएको बम विस्फोटको छानविन प्रहरी अधिकारीबाटै प्रभावित पार्ने प्रयास भइरहेको छ । उक्त घटनाका योजनाकार भनिएका आदम राइनलाई प्रहरी नायब निरीक्षक सन्तोष झाले पक्राउ गर्न सफल भए । तर उनलाई पक्राउ गरेको २४ घण्टा नबित्दै रातारात काजसरुवा वीरगन्ज […]
न्यूजमधेश समाचारदाता काठमाडौं ,१८पुस।सरकार र आन्दोलनरत सर्लाहीका उखु किसानबीच पाँचबुँदे सहमति भएको छ । उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा सरकारले तोकेको मूल्य दिनेसहित पाँचबुँदे सहमति भएको हो। यससँगै उखु किसानको आन्दोलन स्थगित छ । सहमतिअनुसार चिनी मिल सञ्चालकहरुले किसानको बक्यौता माघ ७ गतेभित्र उपलब्ध गराउन मन्त्रालयले समन्वय गर्नेछ । साथै भुक्तानीको समस्या हल गर्न […]
न्यूजमधेश समाचारदाता बिरगंज,१८ पुस । वीरगंज महानगरपालिकाकाे वडा न. ४ बिर्ता स्थित रहेकाे बाल सुधार गृहमा कम्बल बितरण गरिएकाे छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया -२ को आयोजनामा शुक्रबार एक सय ७ थान कम्बल वितरण गरिएकाे हाे । सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष ग्यासुदिन ठकुराईको […]
न्यूजमधेश समाचारदाता मलगंवा ,१८ पुस। सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ३ का प्राथमिक बिद्यालय मोहनपुरका ८० जना छात्रछात्रालाई बिहीवार न्यानो कपडा बितरण गरिएको छ। द बर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेनका संचालक वसन्त थोकर तामाबले बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेका हुन् । बिद्यालयद्वारा आयोजित एक कार्यक्रमका बिच संचालक तामाब र समाजसेवी युवा नेता […]