२१ माघ २०८२, बुधबार
04-02-2026 , Wed
×

समाचार

सप्तरीमा पाँच सय बिघामा लगाइएको केराको बोट सुक्यो

राजविराज , ७ भदौ। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कङ्कालिनी भगवती मन्दिरदेखि पूर्व कोसी किनारमा किसानले लगाएको केराको बोट सुक्न थालेको छ । केराखेतीमा बाढी पसेर बोटै सुक्न थालेपछि उनीहरु चिन्तित बनेका छन् । स्थानीय किसान दिनेशकुमार राउतले निरन्तरको वर्षाले केरा बगान डुबानमा परेपछि बोटै सुक्न थालेको जानकारी दिनुभयो । असार साउनमा आएको बाढीले केराबारीमा […]

काठमाडौँ, ७ भदौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देश विकास गर्ने हो भने नेपालमा क्षमतावान र पढेलेखेका मान्छे राजनीतिमा आउनुपर्ने बताउनुभएको छ । आज काठमाडौँमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ को लोकार्पण समारोहमा बोल्दै उहाँले नेपालमा शक्ति राष्ट्रहरुले खेल्ने गरेको स्वीकार गर्दै देशमा क्षमतावान नेतृत्व भए कुनै समस्या […]

जनकपुरधाम, ७ भदौ। हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीमा नयाँ कमला पुल निर्माणको माग गर्दै चार दिनदेखि आमरण अनशनरत युवालाई मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अनशन तोडाउनुभएको छ । उहाँले अनशनकारीसँग वार्ताबाट चार बुँदै सहमति गर्दै जुस खुवाएर अनशन तोडाउनुभएको हो । हुलाकी सडकमा नयाँ कमला पुल निर्माण सङ्घर्ष समितिका संयोजक प्रविणकुमार […]

वीरगञ्ज, ४ भदौ । डिभिजन वन कार्यालय पर्साले अवैध रुपमा काठको चोरी तथा तस्करी गर्नेबाट दुई हजार २९१ क्युफिट काठ बरामद गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७९/८० देखि २०८०/८१ सम्मको दुई वर्षको अवधिमा सो परिमाणको काठ बरामद गरेको हो । डिभिजन वन कार्यालय पर्साका प्रमुख सुनिलकुमार कर्णले दुई आवमा अवैध रुपमा काठको चोरी तथा […]

महोत्तरी, ३ भदौ । शिव आराधना र भक्तिको साउने मेला आज सकिँदैछ । साउनको अन्तिम सोमबारको अवसरमा आज महोत्तरीसहितका मधेशका मिथिलाक्षेत्रका शिवालय श्रद्धालु भक्तजनले भरिभराउ छन् । सौरमास गणनाले गत शुक्रबार साउन सकिए पनि चन्द्रमास गणनाले आज साउन पूर्णिमा भएको हुँदा आज साउने मेला समापन गरिन्छ । चन्द्रमास गणनामा साउनको अन्तिम सोमबारका अवसरमा आज महोत्तरीको […]

काठमाडौं ,३ भदौ। मिटरब्याज पीडितको संघर्ष समितिमा रहेका सिरहाका रामकुमार यादवलाई अदालतले भ्रष्टाचारी ठहर गरेको पाइएको छ । विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गरेको पाइएको हो । यादवलाई पौने ३ वर्षअघि नै अदालतले गलत सिफारिस तथा गैरकानुनी हानी नोक्सान गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर गरेको थियो । उनी मिर्चैया नगरपालिका-७ को वडाध्यक्ष हुँदा यो […]

जनकपुरधाम, २ भदौ ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले तस्करी रोक्न सीमावर्ती क्षेत्रमा प्रदेश सरकारले सूचना प्रणाली स्थापना गर्न र तस्कर पक्राउ गर्न आफ्नै संयन्त्र बनाउन बाध्य हुनुपर्ने बेला आएको बताएका छन् । उनले सीमापारबाट गरीब जनताले नुनतेल ल्याउन सास्ती भोगिरहेका बेला तस्करहरूले रातारात गाडीका गाडी सामान भित्र्याइरहेको उल्लेख गर्दै त्यसकारणले राजस्व संकलन प्रभावित भइरहेको हुँदा […]

काठमाडौं ,१ भाद्र। नेपाली कांग्रेस मधेशका उपसभापतिद्वय चन्द्रशेखर यादव र वीरेन्द्रप्रसाद सिँहबीच पार्टीलाई विधि, विधान र प्रक्रियाबद्ध तरिकाले अघि बढाउने सहमति भएको छ । दुई उपसभापतिहरूबीच शनिबार काठमाडौँमा भएको भेटमा पार्टीको मधेश नेतृत्वमा केही समययता उत्पन्न अस्थिरता, विचलन र फिसलनविरुद्ध एक्यबद्ध भएर अघि बढ्नुपर्नेमा सहमति भएको हो । पार्टीका प्रदेश सभापति कृष्णा यादवले केही दिनअघि […]