भरतपुर । प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक चितवनस्थित सौराहामा घुम्न आउने चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको छ । बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएका छन् । सौराहास्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले अङ्ग्रेजी नयाँ वर्षसँगै चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको बताए । यो अवस्था रहिरह्यो भने चिनियाँ पर्यटकको सङ्ख्या […]
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं धनुषा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामकृष्ण यादवको पनि अन्य सांसदको जस्तै संसद्मा बोलेका विषय कार्यान्वयन नहुने गरेको गुनासो छ । पार्टी र संसदीय क्षेत्रमा लामो अनुभव सँगालेका उनले संसद्को शून्य, विशेष र आकस्मिक समयमा जनताका आवाज उठाउने काममात्र भएको तर कार्यान्वयन पक्ष फितलो रहेको उल्लेख […]
बारा ।बाराको पथलैयामा अस्थायी रुट इजाजत शाखा (पटके सेन्टर) संचालनमा आएको छ । पटके सवारीको अनुमति लिन वीरगंज र हेटौडा जानुपर्ने अवस्थालाई अन्त्य गर्दै बारा जिल्ला स्थित यातायात व्यवस्था कार्यालयले पुस १६ गतेदेखि पथलैयामा अस्थायी रुट इजाजत शाखा (पटके सेन्टर) संचालनमा ल्याएको हो । पथलैयामा संचालनमा आएको पटके सेन्टरलाई उद्घाटन गर्दै मधेश प्रदेश सरकारको श्रम […]
जनकपुरधाम । जनकपुरधाममा माघ दोस्रो सात्तादेखि दोस्रो अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । जनकपुर स्पोर्टस् क्लव र नेपाल भिजनको आयोजनामा माघ १२ गतेदेखि बाह्रविघा मैदानमा प्रतियोगिता हुन लागेको हो । अन्तर्राष्ट्रिय मान्यता अनुसार प्रतियोगिता हुने संयोजक अम्भुप्रसाद साहले जानकारी दिए । उनका अनुसार यस प्रतियोगितामा धनुषा जिल्लाको सरकारी तथा नीजि विद्यालयहरुको सहभागिता रहनेछन् […]
जनकपुरधाम । मधेस प्रदेशका जिल्लाहरुमा केहि दिनदेखि लागू औषधसहित ओसारपसार गर्नेहरु धमाधम पक्राउ परिरहेका छ।प्रहरीले सर्लाहीको ब्रम्हपुरी गाउँपालिका- ५ बाट ठूलो परिमाणमा लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार सँझ प्रदेश-२-०३-००७ प ८४०७ नम्बरको मोटरसाइकलमा चढेर भारतबाट लागू औषध लिएर आउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी […]
दिपेन्द्र कुमार यादव , जनकपुरधाम । सिरहामा जनमत पार्टीका नेताकार्यकर्ताहरु रिहाई भएको छ।‘धोती दिवस’ मनाउने क्रममा काठमाडौंमा पक्राउ परेका नेता कार्यकर्तालाई रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका जनमत पार्टीका १३ नेता कार्यकर्ता सिरहाको गोलबजार बाट पक्राउ परेका थिए । सिरहाको गोलबजारस्थित पूर्व-पश्चिम राजमार्गमा प्रदर्शन गर्ने क्रममा प्रहरीले जनमत पार्टीका १३ नेता कार्यकर्तालाई पक्राउ गरेको थियो । […]
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं हिरासतमा पुगेर छुटाएका छन् । आज माइतीघर सांस्कृतिक प्रदर्शन गर्न खोज्दा पार्टी अध्यक्ष डा.सीके राउत,संघीय मामिला तथा समान्य प्रशासन मन्त्री अनिता देवी साह,उपभोक्ता समितिका सभापति अब्दुल खानसहित ५३ जना नेताकार्यकर्ताहरु पक्राउ परेका थिए। गृहमन्त्रीको रोहबरमा हिरासतमुक्त भएपछि पत्रकारहरुसँग कुरा गर्दै राउतले राज्यले आफूहरुमाथि विभेद […]
जनकपुरधाम । ‘धोती दिवस’ मनाउने क्रममा काठमाडौंमा पक्राउ परेका नेता कार्यकर्तालाई रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका जनमत पार्टीका १३ नेता कार्यकर्ता पक्राउ परेका छन् । सिरहाको गोलबजारस्थित पूर्व-पश्चिम राजमार्गमा प्रदर्शन गर्ने क्रममा प्रहरीले जनमत पार्टीका १३ नेता कार्यकर्तालाई पक्राउ परेको हो । पक्राउ पर्नेमा मधेशका पूर्वराज्यमन्त्री तथा सांसद संजय यादव, सांसद त्रिभुवन साह,सांसद भाग्यश्री चौधरी, […]