जनकपुरधाम । जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (उपहार) पठाइएको छ । आगामी माग ८ गते भगवान रामको जन्मभूमि अध्योध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’का लागि जनकपुरधाम-अयोध्याधाम यात्रासहित आज बिहान यहाँबाट भार पठाइएको हो । जानकी मन्दिर प्राङ्गणमा आज आयोजित विशेष समारोहमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सांसद एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र […]
सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले एक वर्षपछि अनुदानबापतको रकम प्राप्त गरेका छन् । जिल्लाका उखु उत्पादक किसानको खातामा अनुदानबापतको रकम प्राप्त भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो । जिल्लाका उखु उत्पादक किसानले पटक–पटक आन्दोलन गरेपछि सरकारले अनुदानवापतको रु २९ करोड २५ लाख ५२ हजार सात सय ४९ खातामा पठाएको मिलगेट […]
जनकपुरधाम । मधेस प्रदेशका रौतहटको पूर्विभेग गढीमाई नगरपालिका ६ धरमपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधवार भएको दुर्घटनामा घाइते भएका चालक माधव नारायण नगरपालिका ३ का २२ वर्षीय रञ्जित कुमार पण्डितको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । बागमती पुलस्थित भित्र सडक खण्डमा नदीबाट बालुवा लोड गरेर धर्मपुरतर्फ आउँदै गरेको […]
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भैरहवामा भेटवार्ता भएको छ । पूर्व राजाले भेट्न चाहेको सन्देश पठाएपछि राप्रपा नेताहरु मंगलबार भैरहवा पुगेका थिए । बुधबार भएको भेटमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँगै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशम्शेर राणा र सांसद दिपक सिंह सहभागी थिए ।
भरतपुर । प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक चितवनस्थित सौराहामा घुम्न आउने चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको छ । बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएका छन् । सौराहास्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले अङ्ग्रेजी नयाँ वर्षसँगै चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको बताए । यो अवस्था रहिरह्यो भने चिनियाँ पर्यटकको सङ्ख्या […]
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं धनुषा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामकृष्ण यादवको पनि अन्य सांसदको जस्तै संसद्मा बोलेका विषय कार्यान्वयन नहुने गरेको गुनासो छ । पार्टी र संसदीय क्षेत्रमा लामो अनुभव सँगालेका उनले संसद्को शून्य, विशेष र आकस्मिक समयमा जनताका आवाज उठाउने काममात्र भएको तर कार्यान्वयन पक्ष फितलो रहेको उल्लेख […]
बारा ।बाराको पथलैयामा अस्थायी रुट इजाजत शाखा (पटके सेन्टर) संचालनमा आएको छ । पटके सवारीको अनुमति लिन वीरगंज र हेटौडा जानुपर्ने अवस्थालाई अन्त्य गर्दै बारा जिल्ला स्थित यातायात व्यवस्था कार्यालयले पुस १६ गतेदेखि पथलैयामा अस्थायी रुट इजाजत शाखा (पटके सेन्टर) संचालनमा ल्याएको हो । पथलैयामा संचालनमा आएको पटके सेन्टरलाई उद्घाटन गर्दै मधेश प्रदेश सरकारको श्रम […]
जनकपुरधाम । जनकपुरधाममा माघ दोस्रो सात्तादेखि दोस्रो अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । जनकपुर स्पोर्टस् क्लव र नेपाल भिजनको आयोजनामा माघ १२ गतेदेखि बाह्रविघा मैदानमा प्रतियोगिता हुन लागेको हो । अन्तर्राष्ट्रिय मान्यता अनुसार प्रतियोगिता हुने संयोजक अम्भुप्रसाद साहले जानकारी दिए । उनका अनुसार यस प्रतियोगितामा धनुषा जिल्लाको सरकारी तथा नीजि विद्यालयहरुको सहभागिता रहनेछन् […]