ईश्वरपुर । सर्लाही मुक्त हरवाचरवाको न्यायिक पु्नःस्र्थापना हाम्रो सरोकार । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार भन्ने मुल नाराका साथ जिल्ला हरवाचरवा अधिकार मञ्च सर्लाहीको दोश्रो जिल्ला सम्मेलन ईश्वरपुरमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय दलित नेटवर्क नेपालका केन्द्रीय अध्यक्ष एवं उच्च स्तरीय भूमि आयोगका पुर्वसदस्य गणेश बिश्वकर्माले मुक्त हरवाचरवाको नेपाल […]
विराटनगर । प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूपदार्थ गाँजासहित एक जना युवकलाई विराटनगरमा पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१८ स्थित खेतमा लुकाएर राखेको अवस्थामा ४५ किलो गाँजा बरामद गरेको हो । प्लाष्टिकमा पोका पारेर खेतमा परालले छोपेर राखेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको हो ।गाँजा लुकाएर राखेको आरोपमा विराटनगर–१८ का १९ वर्षीय नन्दु यादवलाई पक्राउ गरिएको […]
जनकपुरधाम । मैथिली भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवद्र्धनका लागि जनकपुरधाममा जनकपुर साहित्यकला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०८० हुने भएको भएको छ । मैथिली विकास कोषको बुधबारको बैठकले आउँदो माघ १८ गतेदेखि २२ गतेसम्म हुने जनकपुर साहित्यकला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव आयोजना गर्ने निर्णय गरेको हो । महोत्सव जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला […]
काठमाडौं । भारतीय विदेश मन्त्री एस.जयशंकरले आफू नेपाल भ्रमणमा आउँदा हर्षित भएको बताएका छन् । आज बिहान नेपाल आइ पुगेका मन्त्री जयशंकरले आफ्नो एक्समा लेखेका छन्, ‘सन् २०२४ को मेरो पहिलो भ्रमणको रूपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु ।’ उनले आगामी दुई दिनसम्म चल्ने विविध कार्यक्रमका लागि आफू उत्साहित रहेको बताएका छन् । परराष्ट्र […]
जनकपुरधाम । जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (उपहार) पठाइएको छ । आगामी माग ८ गते भगवान रामको जन्मभूमि अध्योध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’का लागि जनकपुरधाम-अयोध्याधाम यात्रासहित आज बिहान यहाँबाट भार पठाइएको हो । जानकी मन्दिर प्राङ्गणमा आज आयोजित विशेष समारोहमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सांसद एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र […]
सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले एक वर्षपछि अनुदानबापतको रकम प्राप्त गरेका छन् । जिल्लाका उखु उत्पादक किसानको खातामा अनुदानबापतको रकम प्राप्त भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो । जिल्लाका उखु उत्पादक किसानले पटक–पटक आन्दोलन गरेपछि सरकारले अनुदानवापतको रु २९ करोड २५ लाख ५२ हजार सात सय ४९ खातामा पठाएको मिलगेट […]
जनकपुरधाम । मधेस प्रदेशका रौतहटको पूर्विभेग गढीमाई नगरपालिका ६ धरमपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधवार भएको दुर्घटनामा घाइते भएका चालक माधव नारायण नगरपालिका ३ का २२ वर्षीय रञ्जित कुमार पण्डितको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । बागमती पुलस्थित भित्र सडक खण्डमा नदीबाट बालुवा लोड गरेर धर्मपुरतर्फ आउँदै गरेको […]
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भैरहवामा भेटवार्ता भएको छ । पूर्व राजाले भेट्न चाहेको सन्देश पठाएपछि राप्रपा नेताहरु मंगलबार भैरहवा पुगेका थिए । बुधबार भएको भेटमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँगै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशम्शेर राणा र सांसद दिपक सिंह सहभागी थिए ।