जनकपुरधाम ।राष्ट्रिय धोती दिवसको अवसरमा काठमाडौंबाट जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतलगाइत पक्राउ परे मधेशीहरुको रिहाईको माग गर्दै जनकपुरमा प्रदर्शन गरेको छ। आज विहान काठमाडौंको माइतीघरमा सेतो धोती लगाएर पुगेका राष्ट्रिय अध्यक्ष डा.राउतसहित सयौं जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि जनकपुरधाममा पार्टीका नेताकार्यकर्ता प्रदर्शनमा उत्रिएका छ्न। पक्राउ परेकाहरुको रिहा गर,धोती हाम्रो- सान हो,डा.सीके राउत जिन्दावाद जस्ता नारा […]
सिरहा । मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवले सरकारी गाडीको चरम दुरुपयोग गरिरहेको पाइएको छ । नगरपालिकाको सरकारी रकमबाट किनिएको सरकारी गाडीलाई उनले निजी जसरी प्रयोग गरिरहेका छन् । आइतबार सरकारले तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ । मेयर यादव चढ्ने स १ झ ५२१ नम्बरको सरकारी गाडी भने चोहर्वास्थित सेना ब्यारेक अगाडी रहेको दारू […]
काठमाडौं । शुक्रबार वैदेशिक रोजगारीमा जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएका कारण युवाहरू आक्रोशित हुँदै आन्दोलनमा उत्रिए । ग्वार्कोस्थित ईपीएस कार्यालयमा जम्मा भएका युवाहरूले सडक अवरुद्ध पारे । त्यसक्रममा उनीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी रोके र आगजनी गरे । गाडी जलेको केही समयपछि प्रहरीको गोली चल्यो । […]
जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाले शुक्रबारबाट व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिनेभएको छ । नगरको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति लिन सकिने जनाइएको छ । नगरपालिकाका अनुसार शुक्रबारदेखि नगरको केन्द्रमा आवेदन गरी श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिन सकिनेछ । सरकारी व्यवस्थाअनुसार वैदेशिक रोजगारलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो र सहज बनाउन […]
काठमाडौं ।जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले यो भ्रष्ट सरकारले रोजगारी नदिई उल्टै छातीमा गोली ठोकेको बताएका छन् । ईपीएस विवादमा शुक्रबार प्रहरीको दमनबाट दुई जनाको युवाको मृत्यु भएको विषयलाई जोडेर राउतले यस्तो भनेका हुन् । उनी शनिबार दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहलाई श्रद्धाञ्जलि दिन अस्पताल पुगेका थिए । अस्पताल पुगेपछि उनले सामाजिक सञ्जालमा […]
जनकपुरधाम । सिरहाको कर्जन्हा नगरपालिका १ स्थित चुरे वन क्षेत्रभित्रको कमला नदी दोहन गरेको आरोपमा त्यहाँका वडाध्यक्ष फणीन्द्र प्रसाद पोखरेल पनि पक्राउ परेका छन् । वडाध्यक्ष पोखरेललाई डिभिजन वन कार्यालय लहानले शुक्रवार साँझ पक्राउ गरेको हो । चुरे तथा वन क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्न ऐन र कानुन विपरीत सिफारिस गरेको आरोपमा वडाध्यक्ष पोखरेललाई […]
दैलेख ।दैलेखको महाबु गाउँपालिका घर भई नयाँ बजारमा व्यवसाय गर्दै आएको भक्तबहादुर राउतको परिवार दुई वर्षअघिसम्म सामान्य दिनचर्यामा थियो । व्यवसाय राम्रै चलेको थियो, परिवारमा खुसी थियो । एकाएक भक्तबहादुर क्यान्सरले थलिए । सास हुन्जेल आस हुन्छ भनेझैँ परिवारका सदस्यले हरसम्भव प्रयास गरे । तर, गत वर्षको १२ मंसिरमा भक्तबहादुरले धर्ती छाडे । न धन रह्यो, न जन । बाबु बितेपछि […]
काठमाडौं। ललितपुरको बालकुमारी सडक क्षेत्रमा रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षामा आवेदन दिएका युवाहरुले गरेको आन्दोलनको क्रममा घाइते भएका दुई जना युवाको उपचारको क्रममा मृत्यु भएको घटनामा राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर चासो लिएको छ। इपिएस परीक्षाका सबैतर्फको छनोट प्रक्रियामा सहभागी हुन पाउनुपर्ने माग राखी प्रदर्शनमा उत्रिएका युवाहरुमाथि प्रहरीले बल प्रयोग गर्दा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भएको, […]