काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले अनसन थालेकी छन् । जनमत पार्टीको ‘राष्ट्रिय धोती दिवस’ को र्यालीमा र्याली निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि अनितासहितका नेता कार्यकर्तालाई पक्राउ गरेको थियो । उनीहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।धोतीलाई राष्ट्रिय पोशाकको मान्यता दिन, पक्राउ परेकाहरूलाई छाड्नुपर्नेलगायतका माग राखेर मन्त्रीले अनसन थालेको जनमतका प्रवक्ता डा. […]
जनकपुरधाम । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंह आज धोती लगाएर मन्त्रालय पुगेका छन् । जनमत पार्टीले जनवरी १ मा विगतमा जस्तै आज ‘राष्ट्रीय धोती दिवस’ मनाएको छ । यो अवसरमा जनमतबाटै मधेशमा मन्त्री बनेका यादव र सिंह धोती लगाएर पहिलोपटक मन्त्रालय पुगे । मन्त्रीद्वय यादव […]
दिपेन्द्र कुमार यादव ,सिरहा । धोती दिवस मनाउन काठमाडौंको माइतीघर गएका मधेशीहरूलाई प्रहरीले हस्तक्षेप गर्दै पक्राउ गरेपछि सिरहामा राजमार्ग अवरुद्ध पारिएको छ । जनमत पार्टीका नेता कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका-८ स्थित कसहा चोकमा राजमार्गमै टायर बाली प्रदर्शन थालेका हुन् । ‘धोती दिवस’ लेखिएको ब्यानरसहित आज बिहान सेतो धोती लगाएर माइतीघरमा भेला भएका ५८ […]
काठमाडौं । प्रहरीले माइतीघरमण्डलबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई नियन्त्रणमा लिएको छ । राष्ट्रिय धोती दिवस मनाउन माइतीघरमण्डल गएका बेला प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पार्टीका अरु नेताहरुलाई पनि पक्राउ गरेको थियो । त्यसक्रममा सामान्य प्रशासन मन्त्री अनिता देवी पनि पक्राउ परेकी हुन् । प्रहरीले उनलाई नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा राखेको छ […]
जनकपुरधाम ।राष्ट्रिय धोती दिवसको अवसरमा काठमाडौंबाट जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतलगाइत पक्राउ परे मधेशीहरुको रिहाईको माग गर्दै जनकपुरमा प्रदर्शन गरेको छ। आज विहान काठमाडौंको माइतीघरमा सेतो धोती लगाएर पुगेका राष्ट्रिय अध्यक्ष डा.राउतसहित सयौं जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि जनकपुरधाममा पार्टीका नेताकार्यकर्ता प्रदर्शनमा उत्रिएका छ्न। पक्राउ परेकाहरुको रिहा गर,धोती हाम्रो- सान हो,डा.सीके राउत जिन्दावाद जस्ता नारा […]
सिरहा । मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवले सरकारी गाडीको चरम दुरुपयोग गरिरहेको पाइएको छ । नगरपालिकाको सरकारी रकमबाट किनिएको सरकारी गाडीलाई उनले निजी जसरी प्रयोग गरिरहेका छन् । आइतबार सरकारले तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ । मेयर यादव चढ्ने स १ झ ५२१ नम्बरको सरकारी गाडी भने चोहर्वास्थित सेना ब्यारेक अगाडी रहेको दारू […]
काठमाडौं । शुक्रबार वैदेशिक रोजगारीमा जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएका कारण युवाहरू आक्रोशित हुँदै आन्दोलनमा उत्रिए । ग्वार्कोस्थित ईपीएस कार्यालयमा जम्मा भएका युवाहरूले सडक अवरुद्ध पारे । त्यसक्रममा उनीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी रोके र आगजनी गरे । गाडी जलेको केही समयपछि प्रहरीको गोली चल्यो । […]
जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाले शुक्रबारबाट व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिनेभएको छ । नगरको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति लिन सकिने जनाइएको छ । नगरपालिकाका अनुसार शुक्रबारदेखि नगरको केन्द्रमा आवेदन गरी श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिन सकिनेछ । सरकारी व्यवस्थाअनुसार वैदेशिक रोजगारलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो र सहज बनाउन […]