०४ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

समाचार

सिरहामा तरुण दलको अराजनीतिक गतिविधि, कांग्रेस नेता भन्छन् – अरविन्द मण्डल सभापति होइनन्

सिरहा । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल सिरहाले जिल्लामा अराजनीतिक गतिविधि गरिरहेको देखिएको छ । संगठनको आडमा यसले पछिल्लो समय विवादित गतिविधि गरिरहेको पाइएको हो । राजनीतिक संगठनले सुशासन र विधिको शासनको वकालत गर्नुपर्ने हो । तर, जिल्लाको संस्थापन पक्षका कांग्रेस नेता कुनै गलत काममा मुछिए, कांग्रेस निकट कार्यकर्ता कुनै गलत काम गरे तरुण […]

सिरहा । कारागार कार्यालय सिरहामा गत बुधबार विवाद भयो । विवादले झडपको रूप लिँदा २० जना बढी घाइते भए । घाइतेमध्ये ३ जनालाई उपचारका लागि बाहिर ल्याइयो । जसमध्ये १ एक गम्भीर घाइते छन् । उनको विराटनगरमा उपचार भइरहेको छ । उनलाई २५ वटा टाका लागेको छ भने बाँकी २ जनाको सिरहा अस्पतालमा उपचार भइरहेको […]

राजविराज ।मधेस प्रदेशका सप्तरी जिल्लाबाट स्रोत नखुलेको पाँच लाख ३० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक प्रहरीको फन्दामा परेका छ्न। शनिबार जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलन गरी राजगढ गाउँपालिका–२ झौराचोकबाट प्रहरीले नियन्त्रणमा लिएको भारत मधुवनी भरफोर ग्राम पञ्चायत–३ सुब्बाटोलका २५ वर्षीय सञ्जयकुमार यादवलाई नगदसहित सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले […]

जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको सहिदनगर नगरपालिका -३ मा दोस्रो वडा अधिवेशन सप्पन्न भएको छ। शुक्रबार यदुकुहा बजारमा आयोजित दोस्रो वडा अधिवेशन कार्यक्रम जनमत पार्टी धनुषा इन्चार्ज सुरेन्द्र मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएका हुन।सो अधिवेशनबाट कपिल देव साहको नेतृत्वमा २१ सदस्यीय वडा समिति गठन गरिएको हो। वडा समितिका उपाध्यक्षमा राजाराम साह,महिला उपाध्यक्षमा कौशिला […]

काठमाडौं । बरहथवा घटनाको छानबिनका लागि गृहमन्त्रालयले तीन सदस्यीय समिति बनाएको छ । मृतकको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने र छानबिनका लागि समिति बनाउने निर्णय गृह मन्त्रालयले गरेको सचिव नारायणप्रसाद भट्टराईले बताए । समितिको संयोजकमा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम रहेका छन् । सदस्यहरूमा प्रहरी महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान […]

कमला (धनुषा ) । मधेस सरकारका शिक्षा तथा सांस्कृतिक मन्त्री महेश प्रसाद यादवले कमला नदिमा निर्माणधिन झोलुङ्गे पुलको अवलोकन गरेका छ्न। शुक्रबार सिरहाको सिरहा नगरपालिका १३, मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका ६, कठाललाई जोड्न निर्माण भइरहेको सो झोलुङ्गे पुलको मन्त्री यादवले अवलोकन गरेका हुन। अवलोकन पश्चात् मन्त्री यादवले मधेस प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुल बनेपछि यस […]

जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकामा अबस्था तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यूपछि त्यहाँको अवस्था सुनसान छ । तर प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव अझै सडकमै छ । प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गर्ने/नगर्ने विषयमा जनप्रतिनिधिबीच विवाद चर्केपछि नेकपा एमाले बाहेकका ५ दलले आन्दोलन सुरु गरेको थियो । आन्दोलनकारीले तोडफोड […]

सर्लाही । सर्लाहीको बरहथवामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको छ। बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्नेसम्बन्धी विषयलाई लिएर विवाद भएर झडप हुँदा एक जनाको मृत्यु र प्रहरीसहित ८ जना घाइते भएपछि कर्फ्यू जारी गरिएको हो। बरहथवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा […]