०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

मधेस

कठोर शितलहरलाई छल्न सिरहामा ‘न्यानो पारौं’ अभियान

मनोज बनैता सिहरा,६ पुस।प्रदेश २ का उधोग, पर्यटन, वन तथा बातावरण राज्यमंत्री सुरेश मण्डलले सिरहामा ‘न्यानो पारौं’ अभियान शुरु गरेका छन । अभियानको शुरुवात गर्दै मन्त्री मण्डलले उक्त अभियानमा लागि पीडितलाई राहत दिन प्रदेशका सम्पूर्ण डिभिजन बन कार्यालयका अधिकारीसंग अनुरोध गरेका छन् । मन्त्री मन्डल आफु पनि सिरहाको विभिन्न ठाउमा पुगेर दाउरा बितरणमा सहयोग पुर्याएका […]

न्यूजमधेश समाचारदाता वीरगञ्ज,५ पुस। भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा अबैध मरिचसहित ट्रक पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ। प्रहरीले भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा ना २ ख ९८०२ नम्बरको मरिच लोड गरिएको ट्रक नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बाट उक्त ट्रकमा लोड गरिएको १ सय २० बोरामा […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम, ५ मंसिर।जलाउँदै गरेको शव प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको पचरौतामा शंकास्पद अवस्थामा जलाउन लागेको भन्दै शव प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले जल्दै गरेको शव फेला पार्दासम्म शरिरको अधिकांश भाग जलिसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जलिरहेको शव निभाएर मासु परीक्षणको लागि लगिएको प्रहरीले जनाएको छ । पचरौता नगरपालिका […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम, ३ पुस।उच्च अदालत जनकपुरकी न्यायाधिस सकुन्तला घिमिरेको अंगरक्षक प्रहरी जवान रनिता केवटको पेस्तोल लिएर भागेका प्रेमी सिबेन्द्र यादब पक्राउ परेका छन् । नवलपरासीको देउडा ६ घर भएका यादबलाई जनकपुरधाम उपमहानगरपालिका १५ बाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । उनले लिएर भागेको पेस्तोल र सात राउण्ड गोली पनि बरामद भएको डिएसपी रामेश्वर […]

न्यूजमधेश समाचारदाता सिरहा,३ पुस।केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट सिरहाको जनजीवन कष्टकर बनेको छ । शीतलहरबाट वृद्धवृद्धा, बालबालिका र श्रमिक सबैभन्दा बढी प्रभावित भएका छन् । बिहानैदेखि लाग्ने कुहिरोसहितको चिसो हावाका कारण बजार तथा सार्वजनिकस्थलमा चहलपहल कम हुने गरेको छ । बिहानै काममा जाने श्रमिक काममा जान सकिरहेका छैनन् । जाडोले काममा जान समस्या […]

न्यूजमधेश समचारदाता जनकपुरधाम, २ पुस । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक प्रहरी जवान घुससहित पक्राउ परेका छन् । घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएलगतै प्रहरी जवान सरोजकुमार यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । प्रहरी जवान यादब १५ हजार घुस लिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले पक्राउ […]

न्यूजमधेश समाचारदाता राजविराज ,२ पुस। विवाहको आश्वासन दिई १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पक्राउ गरेको छ । घरमा अन्य कोही नभएका बेला मङ्सिर १५ गते आरोपितले बलात्कार गरेको भन्दै पीडितकी आमाले दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । इलाका […]

न्यूजमधेश समाचारदाता विरगंज,१ पुस।अवैध रूपले पर्साको भेडाहा खोलाबाट बालुवा उत्खनन् गरी पैठारी गर्दै गरेको अवस्थामा प्रहरीले बालुवा भरिएको दुइटा ट्याक्टर र ट्याक्टर चालकलाई पक्राउ गरेको छ। पर्सा प्रहरी मातहतको प्रहरी टोलीले भेडाहा खोलाबाट अवैध रूपले उत्खनन् गरी पैठारी गर्दै गरेको अवस्थामा बालुवाले भरिएका दुइटा ट्याक्टर र चालकलाई पक्राउ गरेको हो। पर्सा प्रहरी मातहतको प्रहरी टोली […]