०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

मधेस

बमकाण्डमा मृत्यु भएको परिवारलाई क्षतिपूर्ति दिन औषधि व्यवसायीको माग

न्यूजमधेश समाचारदाता जनकपुरधाम, १ पुस।धनुषाको महेन्द्रनगर बमकाण्डमा मृत्यु भएको परिवारलाई २५ लाखको दरले क्षतिपूर्ति उपलब्ध गराउन नेपाल औषधि व्यवसायी संघ धनुषाले माग गरेको छ । संघका पदाधिकारीले मंगलबार प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेतलमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । संघले बम विस्फोटमा घाइते भएकालाई राहतस्वरूप १ लाखका दरले उपलब्ध गराउन र सम्पूर्ण उपचार […]

न्यूजमधेश समाचारदाता गौर,१ पुस।प्रदेश २ का रौतहट जिल्लामा एक सामुदायिक विद्यालयमा तोडफोड भएको छ। रौतहटको गरुडा नगरपालिका वडा नं २ श्री माध्यमिक विद्यालय गेडही गुठ्ठिमा विद्यार्थीहरुद्वारा आइतबार तोडफोड गरेका हुन् । विद्यालयले वितरण गर्ने छात्रवृत्तिलगायत आर्थिक हिनामिना गरेको तथा कक्षाको रोल नम्बर तलमाथी गरेको बिषयलाई लिएर आक्रोशित विद्यार्थीहरुले तोडफोड गरेका हुन । सात कक्षादेखि नौ […]

न्यूजमधेश समाचारदाता काठमाडौं,३० मंसिर।प्रतिनिधिसभाका सांसदहरुलाई ६ करोड दिने बजेटको व्यवस्थालाई चुनौती दिँदै नेपाली कांग्रेसका तीन सांसद अदालत पुगेका छन् । यस आर्थिक वर्षको बजेटमा प्रतिनिधिसभाका प्रत्यक्षतर्फका सांसदहरुलाई ६ करोड दिने व्यवस्था गरिएको थियो । सर्वत्र आलो चना हुँदाहुँदै अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदलाई खुसी बनाउने ६ करोडको स्थायीय पूर्वाधार साझेदारी कार्यक्रम ल्याएका थिए । प्रतिनिधिसभामा […]

न्यूजमधेश समाचारदाता जमकपुरधाम,३० मंसिर। हुलाकी राजमार्ग अन्तर्गत धनुषाको देउरी पर्वहाको विचमा मोटरसाइकल दुर्घटना चलकको मृत्यु भएको छ। जनकपुरबाट पुर्व तर्फबाट जादै गरेको ज.९ प ८५६५ नम्बरको होन्डा साइन मोटरसाइकल औरही गाउपालिका २ देउरी पर्वहाको विचमा दुर्घटना भएको छ। दुर्घटनामा परि कनरपट्टी घर भएको अन्दाजी २५-३० वर्षीय बिनोद यादवको मृत्यु भएका प्रत्यक्षदर्शी रघुविर दासले जानकारी दिएको […]

संतोष रन्जितकार वीरगन्ज, ३० मंसिर।पर्सामा नेपाल निर्माण व्यवसायी संघको नेतृत्वसंग असन्तुष्ट निर्माण व्यवसायीहरुको समुहले आइतबार छुट्टै साधारण सभा सम्पन्न गरेको छ । संघका अध्यक्ष रमाकान्त चौरसिया र महासचिव सुरेश पटेलसंग असन्तुष्टहरुको समुहले आइतबार वीरगन्जको पदम पार्टी प्यालेशमा १६ औं साधारणसभा मनाएको हो । यसअघि शुक्रबार वीरगन्जमै संघको १६ औं साधारणसभा तथा ११ औं अधिवेशन आयोजना […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम,३०मंसिर।जनकपुरको संकटमोचन मन्दिर पछाडि सडक छेउँँमा फेल परेको कुकर बम डिस्पोज गर्न नेपाली सेनाको तयारी भइरहेको छ। आईतबार राति ९ बजेतिर सडक छेउको पर्खालमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले घेरा हालेर त्यहाँ आवत – जाबतमा रोक लगाइएको छ । शंकास्पद वस्तु बम नै हुन सक्ने आशंकापछि नेपाली सेनाको बम डिस्पोजल टोली डिस्पोज गर्न […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम,२९मंसिर।धनुषाको महेन्द्रनगर बम विष्फोटको घटनामा मृत्यू भएका मृत आत्माको चिर शान्तिको कामना गर्दै दिपप्रज्वलन गरिएको छ । आज जनकपुरको जनकचौक स्थित युथ एसोसिएसन अफ नेपाल (यान ) र जिल्ला युवा संजाल धनुषाको अगुवाइमा मृतआत्माको चिर शान्ति र घाइतेहरुको सिघ्र स्वाथ्यलाभको कामना गर्दै दिपप्रज्वलन गरिएको हो । जिल्ला युवा संजाल धनुषाका महासचिव कुलदिप साह,संजालका […]

न्यूजमधेश समचारदाता जनकपुरधाम,२९ मंसिर।मेची महाकाली रेलवे निर्माणका लागि आवश्यक रकम र दाता खोजी भईरहेको बेला यसका प्रक्रियागत कार्यहरु भने सम्पन्न गर्ने कार्यहरु भईरहेका छन् । यसैक्रममा मेची महाकाली रेलवे आयोजना अन्तर्गतको इनरुवा काकडभिट्ठा खण्ड र इटहरी विराटनगर रेलवे लिंक निर्माणका लागि इआई अर्थात वातावरणीय प्रभाव मुल्यांकनको सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । रेल विभागले विराटनगरमा […]