०३ आषाढ २०८२, बुधबार
18-06-2025 , Wed
×

मधेस

थमन विक हत्याकान्डमा जन्मकैद सजाय पाएका मोहन ठाकुर जेल चलान

जलेश्वर । आठ वर्षअघि भएको मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा गएको मंसिर २८ गते जन्मकैद सजाय पाएका महोत्तरीका मोहन ठाकुर जेल चलान भएका छन्। लेनदेन मुद्दामा सिन्धुली कारागारमा सजाय भुक्तान गरिरहेका जलेश्वर नगरपालिका- ९ निवासी ठाकुर विक हत्यामा दोषी ठहर भएपछि पुनः जेल चलान भएका हुन्। उनलाई यही […]

जनकपुरधाम । चिसो बढेपछि मधेशमा जनजीवन प्रभावित बनेको छ। हुस्सु र कुहिरोसँगै शीत लहरले तराईमा चिसो बढेको हो । दिनभरि लाग्ने हुस्सु र कुहिरोका कारण घाम लाग्न छोडेको छ । चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने वर्ग बढी प्रभावित भएका छन् । आज पनि बिहानैदेखि तराईका अधिकांश ठाउँमा हुस्सु र कुहिरो लागेको […]

जनकपुरधाम । विगत ६ महिनादेखि लथालिङ्ग बनेका धनुषाको जनकनन्दिनी गाउँपालिका लयमा फर्किन लागेको छ । निमित कार्यालय प्रमुखको भरमा चल्दै आएको सो पालिकामा मंसिर २४ गते प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका सर्वजित झाले कार्यालयमा लयमा ल्याएका छन् । असार मसान्त सकेपछि चालु आर्थिक वर्षमा कर्मचारीको तलव भत्ता, सामाजिक सुरक्षा भत्ता समेत वितरण गरिएको थिएन् । […]

जनकपुरधाम ।मधेश प्रदेशमा जनमत पार्टीबाट एक जनाले राष्ट्रिय सभा सदस्यमा मनोनयन दर्ता गरेका छन् । प्रस्तावक मधेश प्रदेश सांसद शम्भु साह र प्रदेश सांसद संजय यादव समर्थक रहेर धनुषाका रामशंकर महासेठले अन्य समूहबाट उम्मेदवारी दर्ता गराएका छन् । जनकपुरधामस्थित रहेको निर्वाचन आयोगमा पुगेर आज राष्ट्रिय सभा सदस्यको लागि महासेठले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन। उम्मेदवारी […]

राजविराज ।मधेस प्रदेशका सप्तरी जिल्लाबाट स्रोत नखुलेको पाँच लाख ३० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक प्रहरीको फन्दामा परेका छ्न। शनिबार जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलन गरी राजगढ गाउँपालिका–२ झौराचोकबाट प्रहरीले नियन्त्रणमा लिएको भारत मधुवनी भरफोर ग्राम पञ्चायत–३ सुब्बाटोलका २५ वर्षीय सञ्जयकुमार यादवलाई नगदसहित सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले […]

जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकामा अबस्था तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यूपछि त्यहाँको अवस्था सुनसान छ । तर प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव अझै सडकमै छ । प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गर्ने/नगर्ने विषयमा जनप्रतिनिधिबीच विवाद चर्केपछि नेकपा एमाले बाहेकका ५ दलले आन्दोलन सुरु गरेको थियो । आन्दोलनकारीले तोडफोड […]

सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले एक वर्षपछि अनुदानबापतको रकम प्राप्त गरेका छन् । जिल्लाका उखु उत्पादक किसानको खातामा अनुदानबापतको रकम प्राप्त भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो । जिल्लाका उखु उत्पादक किसानले पटक–पटक आन्दोलन गरेपछि सरकारले अनुदानवापतको रु २९ करोड २५ लाख ५२ हजार सात सय ४९ खातामा पठाएको मिलगेट […]

जनकपुरधाम । मधेस प्रदेशका रौतहटको पूर्विभेग गढीमाई नगरपालिका ६ धरमपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधवार भएको दुर्घटनामा घाइते भएका चालक माधव नारायण नगरपालिका ३ का २२ वर्षीय रञ्जित कुमार पण्डितको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । बागमती पुलस्थित भित्र सडक खण्डमा नदीबाट बालुवा लोड गरेर धर्मपुरतर्फ आउँदै गरेको […]