१० भाद्र २०८२, बुधबार
27-08-2025 , Wed
×

मधेस

मधेस प्रदेशः सेफ्टी ट्याङकीमा डुबेर बालकको मृत्यु

सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका –८, रामपुरमा सेफ्टी ट्याङकीमा डुबेर एक बालकको मृत्यु भएको छ । सोमबार स्थानीय कमल राउतका अढाइ वर्षीय छोरा सोहन राउतको छिमेकी मानबहादुर कार्कीको ट्वाइलेटको सेफ्टी ट्याङकीमा डुबेर मृत्यु भएको हो । खेलिरहेका बालक जस्तापाताले छोपेर राखिएको सेफ्टी ट्याङकीको खाल्डोमा डुबेका थिए । बालक सोहनलाई तत्काल उपचारका लागि अमृत हेल्थ केयर बयलवास […]

जनकपुरधाम । भारतको उत्तर प्रदेशमा पर्ने अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली लिएर नजाने जानकी मन्दिरका मुख्य महन्त रामतपेश्वर दासले बताएका छन् । जानकी मन्दिरकै सहायक महन्त रामरोषण दासले दुई दिन अगाडी पत्रकार सम्मेलन गरी राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली लिएर जाने बताएका थिए । उनले कोसेली व्यवस्थापनका लागि ११ सय सदस्यीय समिति समेत […]

जनकपुरधाम । मधेस प्रदेशका बारा जिल्लाबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ट्याब्लेट र सुईसहित चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सिमरा र निजगढ बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरिएको हो। सिमराबाट पक्राउ परेकाहरुको साथबाट फेनरागन- २९६ पिस, डाईजेपाम- ३०३ पिस र बुप्रो नोर्फिन- ३०० पिस बरामद गरिएको छ। पक्राउ पर्नेमा कलैयाका ४३ […]

जनकपुरधाम । महोत्तरीको मटिहानी गान्धीगल्ली सीमा ईलाकामा सशस्त्र प्रहरीको टोलीले प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको मटिहानी २, बरदाहाका ५२ वर्षीय अनवर शेख छन् । उनलाई ईलाकामा बोर्डर आउट पोष्ट मटिहानीका सशस्त्र प्रहरी नायव निरीक्षक प्रेम बहादुर भुजेलको कमाण्डको टोलीले पक्राउ गरेको हो । शेखको साथबाट लागूऔषध डाईजापाम ईन्जेक्सन ५५६ […]

वीरगन्‍ज । वीरगन्‍ज नाकाबाट एक वर्षको अवधिमा २ सय ६० जनाको उद्धार भएको छ। माइती नेपालले दुई सय ५७ महिला र तीन जना बालकलाई उद्धार गरेको हो। उक्त अवधिमा उद्धार गरिएकामध्ये धेरैजसो मधेश प्रदेशको पर्सा, सर्लाही, धनुषा, महोत्तरी र कोशी प्रदेशको झापा जिल्लाका छन्। संस्थाको संरक्षणमा रहेकामध्ये ३८ मधेश प्रदेशका, ५८ बागमती प्रदेश, ३३ कोशी […]

रौतहट । रौतहटको गढिमाई नगरपालिकामा व्यापक अनियमितता भएको पाइएको छ । नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको मिलेमतोमा यहाँ बम्हलुट भएको पाइएको हो । नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ मा वडा व्यवस्थापनका लागि ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव र लेखा अधिकृत कामेश्वर […]

रौतहट । रौतहटको विभिन्न पालिकामा घर भई लामो समय देखि भारतको मुम्बई स्थित बालगृहमा रहेको ८ जना बालकलाई उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । स्थानीय दुर्गाभगवती गाउँपालिका, ईसानाथ र राजपुर नगरपालिका लगायत स्थानीय तहका ८ बालकहरूलाई शनिवार अभिभावकको जिम्मा लगाइएको हो । जिल्ला प्रहरी कार्यालय गौरमा प्रहरीको रोहवरमा बालकहरूलाई अभिभावकको जिम्मा लगाइएको हो lविगत […]

जनकपुरधाम ।मधेस प्रदेशको बारा जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रसौनी गाउँपालिका वडा नम्बर २ स्थित दुधौरा खोला पुलमा कलैयाबाट वीरगन्जतर्फ जादै गरेको म.प्र.०३–०३०–प ४३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । पुलको बाँया साइडको पिलरमा मोटरसाइकल ठोकिएपछि कलैया उपमहानगरपालिका वडा नम्बर १३ का कुन्दन मेहता खत्री र वडा नम्बर […]