०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

मधेस

केन्द्रीय राजनीतिको असर प्रदेश २ मा, विपक्षी गठबन्धनको वैकल्पिक सरकार बनाउने पहल

न्यूजमधेश डेस्क काठमाडौं,२१ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) दुई चिरा परेपछि केन्द्रकोे प्रभाव प्रदेश २ मा पनि देखिने भएको छ। प्रदेश २ मा सबैभन्दा बलियो शक्ति रहेको जसपाको उपेन्द्र यादव पक्षले सत्ता समीकरणमा कांग्रेसको साथ खोजेपछि वैकल्पिक सरकार बन्ने सम्भावना देखिएको हो। जसपा अध्यक्ष यादवले कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई भेटेर सत्ता सहकार्यको प्रस्ताव गरेका […]

नानीमैया कटवाल सप्तरी,२१ जेष्ठ । अपहरणको खबर पाएलगत्तै सक्रिय बनेको प्रहरीले १५ मिनेटमा अपहरित बालिकाको सकुशल उद्धार गरेको छ । राजविराजबाट अपहरित १४ वर्षीया बालिकालाई रुपनी पुग्नु अगावै इलाका प्रहरी कार्यालयले सकुशल उद्धार गरेको हो । प्रहरीले अपहरणमा आरोपित राजविराज–२ घर भई सुनसरीको भण्टाबारीमा मदिरा पसल सञ्चालक ३५ वर्षीय नबिन देवलाई समेत पक्राउ गरेको छ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२१ जेष्ठ । शुक्रबार सामाजिक सञ्जालमा भाइरल एउटा भिडियोमा एक युवकलाई डोरीले बाँधेर कुटपिट गरिरहेका छन् । एक पुरुषले उनलाई लठ्ठीले खुटटामा र शरीरमा पिटिरहेको अरु धेरै मानिसले हेरिरहेका छन् । कुटाइ खाने युवक प्रदेश २ का रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवान हुन् । कक्षा ११ मा पढ्ने उनलाई बाँधेर कुटपिट […]

अजय साह जनकपुरधाम,२१ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) व्यावहारिक रूपमा विभाजित भइसकेको छ तर कानुनी र औपचारिक फुटको घोषणा हुन बाँकी छ। जसपाको औपचारिक विभाजन भएमा प्रदेश २ मा सत्ता समीकरण परिवर्तन हुनसक्ने तीव्र सम्भावना पनि बढेको छ भने मुख्यमन्त्री राउत नेतृत्वको सरकार ढाल्नेसमेत प्रयास सुरु भएको छ। प्रदेश २ मा तत्कालीन समाजवादी पार्टी […]

न्यूजमधेश डेस्क बारा,२० जेष्ठ । प्रदेश २ का बारा जिल्लाको पथलैया स्थित व्यस्त चोकको सडकमा रहने दर्जनौ छाडा चौपायालाई व्यवस्थापन गर्न ट्राफिक प्रहरी र स्थानीय सरकारले लापरवाही गर्दा दैनिक सडक दुर्घटना र जोखिम व्यापक बनेको छ । स्थानीयले छाडा छोडेको चौपायाका कारण व्यस्त सडक जाम हुने, साना सवारी दुर्घटना पर्ने, मानवीय क्षति भैरहदा समेत बेवास्था […]

न्यूजमधेश डेस्क रौतहट ,१८ जेष्ठ । सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हेडक्वाटर हजमिनिया, रौतहटले आर्थिक वर्ष २०७७÷०७८ मा भन्सार छली नेपाल भित्र्याइएको पौने छ करोड रुपैयाँभन्दा बढीको माल सामान नियन्त्रणमा लिएर कारबाही गरेको छ । भारतबाट अवैध रुपले नेपाल ल्याइएका मोरसाइकल र चारपाङ्गे्र गरी एक सय ४ वटा सवारी साधनलाई कारबाही गर्दा रु […]

न्यूजमधेश डेस्क सिरहा ,१८ जेष्ठ । सिरहाको लहान नगरपालिकास्थित उत्तरी क्षेत्रका दलित बस्तीमा पछिल्लो दुई सातादेखि रुघाखोकी र ज्वरोको प्रकोप देखिएपनि बिरामी परीक्षण नगराइ गाउँमै बस्दा सङ्क्रमण थप फैलिने जोखिम बढेको छ । ज्वरो र रुघाखोकीले थलिए पनि स्वास्थ्य चौकीमा जचाँउन जाँदा कोरोना सङ्क्रमण हुन सक्ने त्रासले बिरामी गाउँमै बसिरहेको स्थानीयहरुले बताएका छन् । स्वास्थ्य […]

न्यूजमधेश डेस्क सिरहा ,१७ जेष्ठ । प्रहरी आचरण विपरित कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षकसहित तीनजना प्रहरी कर्मचारीलाई निलम्बन गरी कारबाही अघि बढाएको छ । निषेधाज्ञाको समयमा लहान नगरपालिका–२३ गढिया चोकस्थित पूजा मदिरा पसलमा होहोल्ला गर्ने व्यक्तिलाई पक्राउ गर्न गएका बेला सो मदिरा पसलबाट प्रहरीले मदिरा चोरेको भन्दै सामाजिक सञ्जालमा फोटो […]