२९ बैशाख २०८१, शनिबार
11-05-2024 , Sat
×

मधेस

प्रशासनको लापरवाहिका कारण नारायणी अस्पताल अस्तव्यस्त बन्दै

न्यूजमधेश डेस्क वीरगञ्ज ,३० माघ । अस्पताल प्रशासनको लापरवाहिका कारण अहिले वीरगञ्जस्थित नारायणी अस्पताल अस्तव्यस्त बन्दै गएको छ । अस्पतालमा रहेको सीटी स्क्यान, एक्सरे जस्ता सेवा व्यवस्थित नगर्दा उपचारका लागि अस्पताल आएका विरामी चर्को शुल्क तिरेर बाहिरबाट सेवा लिन बाध्य बनेका छन् । निजी क्षेत्रबाट सञ्चालित सीटी स्क्यान तथा एक्सरे सेन्टरबाट अस्पताल प्रशासनलाई कमिशन आउने […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२९ माघ । प्रदेश नं २ सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको सन्दर्भमा उमेरको हदलाई ६० वर्ष कायम गरेको छ । प्रदेशसभाबाट २०७७ कात्तिक ३ गते पारित भई २०७७ माघ १६ गते प्रदेश प्रमुख कार्यालयमा दर्ता भएको विधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम बुधबार प्रदेश प्रमुख तिलक परियारले प्रमाणीकरण […]

कमलेश ठाकुर जनकपुरधाम ,२६ माघ । ८ पुस २०७६ मा औरही गाउँपालिका–२ प्रवहा देउरी माविले एकजना कम्प्युटर विषयको शिक्षक माग गर्‍यो । विद्यालयको ‘लेटर प्याड’मा माग गरिए पनि पत्रपत्रिकामा विज्ञापन सार्वजनिक भएन । न कुनै माध्यमबाट सूचना सार्वजनिक गरियो । २८ पुस मा ‘गुपचुप’ तरिकाले वडाध्यक्ष अमितकुमार यादवले आफ्ना जेठा दाइ प्रविनकुमार यादवलाई नियुक्ति गरे […]

न्यूजमधेश डेस्क कलैया,२६ माघ । बारामा ४८ वर्षीया महिलाको घरभित्रै हत्या भएको छ । महागढीमाई नगरपालिका-१ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति हत्या भएको हो । प्रहरीका अनुसार कान्तिदेवीको गालामा धारिलो हतियार प्रहार भएको छ । जनकपुरस्थित प्रादेशिक प्रहरी कार्यालयबाट विशेष तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान अघि बढाइएको डिएसपी गौतम मिश्रले जानकारी दिए । आइतबार […]

न्यूजमधेश डेस्क सप्तरी ,२४ माघ । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले पर्यटन क्षेत्रको अवस्था सुधारका लागि प्रदेश सरकारले आवश्यक सबै सहयोग गर्ने बताएका छन् । कोरोनाका कारण संकटमा परेको पर्यटन क्षेत्र र व्यवसायलाई उकास्ने उद्देश्यका साथ प्रदेश २ स्तरीय अभियान कार्यक्रमको शुक्रबारदेखि सप्तरीमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘पर्यटन […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ माघ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दलितमाथिको विभेद अन्त्य नभएसम्म विकास र समृद्धिको परिकल्पना सम्भव नरहेको बताएका छन । समता फाउण्डेशनले आज जनकपुरधाममा आयोजना गरेको समाजिक न्यायका लागि सबलीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रदेशको समृद्धि र विकासका लागि पछि पारिएका समुदाय दलित, महिला, मुस्लिमलगायतको उन्नति र विकासका लागि […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२१ माघ । प्रदेशसभा २ को तेस्रो वार्षिकोत्सव समारोहमा सहभागी एक महिला सांसद कुर्सीमै बेहोस भएकी छन् । वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गरेकी महिला सांसद बेहोस भएकी हुन् । रक्तदान गरेर मञ्चीय कार्यक्रममा सहभागी भएकी सांसद किरण राय यादव कुर्सीमा बसेकै अवस्थामा एक्कासी बेहोस भएकी हुन् । उनी सत्तारुढ जनता समाजवादी […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१९ माघ।धनुषाको मिथिला नगरपालिका वडा नम्बर ७ स्थित ढल्केवरमा निर्माण भएको देशकै ठूलो र पहिलो ४ सय केभी ढल्केवर सबस्टेसन प्रधानमन्त्री केपि ओलि शर्माले उद्घाटन गरेको छ। सोमबार ढल्केवरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले १३ बिघा जमिनमा फैलिएको ४००/२२० केभी सबस्टेसनको उद्घाटन गरेका हुन् । नेपाल सरकार र विद्युत् प्राधिकरणको करिब २ अर्ब २० […]